26.1 C
Makwānpur
Homeमुख्य समाचारदिवस मनाएर घरखर्च चल्दैन, खान पाइँदैनँ

दिवस मनाएर घरखर्च चल्दैन, खान पाइँदैनँ

हेटौंडा/बागमती प्रदेश–००३–००१ ख २८३४ नम्बर बस चलाउँदै आएका दाङ घोराही उपमहानगरपालिका–२ का २८ वर्षीय अरविन्द चौधरीलाई मजदुर दिवस भन्ने थाहा भए पनि मनाउने फुर्सद् छैन । अठार वर्षदेखि सवारीचालक उनलाई दिवस, नारा र नेताका भाषणभन्दा आफ्‌नै काम प्यारो लाग्छ । आफ्‌नो परिश्रममा विश्वास गर्ने उनी कामअनुसार पारिश्रमिक नपाउँदा भने दुःखी देखिछा् । ॅरातभर गाडी चलाएर यात्रा गर्‍यो, शरीरले न आराम पाउँछ, न कमाइ सोचेजस्तो छ । मासिक १२ हजार तलब र एक पटकको यात्राको पाँच हजार आउँछ । सबै गरेर ३० हजारजति कमाइ हुन्छ । दैनिक आवश्यकता, छोराछोरीको पढाइ, औषधिलगायत खर्चमा सबै सकिन्छ । काम गरुञ्जेल वर्तमान आवश्यकता टरेको छ, भविष्यमा काम गर्न नसक्दा के गर्ने, के खाने भन्ने चिन्ताले सताउँछ,’ चौधरीले भने ।
सरकारले गरेको लामो दुरीका सवारीसाधनमा दुई चालक राख्नुपर्ने अनिवार्य व्यवस्थाले यात्रामा केही सहज भए पनि पारिश्रमिक बाँडिएको चौधरीले बताए । ॅपहिला एक्लै हुँदा रातभर आँखा दुख्ने गरी गाडी चलाउनुपर्थ्यो । स्वास्थ्य र दुर्घटनाको जोखिम थियो । हाल दुई जना हुँदा सुरक्षा बढेको छ तर पारिश्रमिक आधाले घटेको छ,’ उनले भने । काठमाडौं घट्टेकुलामा जुत्ताचप्पल बनाउने काम गर्दै आएका राम नेपालीलाई पनि श्रमिक दिवसले छोएको छैन । उनी भन्छन्‌–दिवस मनाएर घरखर्च चल्दैन, खान पाइँदैन । श्रमिक दिवसबारे आफूलाई जानकारी नभएको बताउँदै उनले वास्तविक श्रमिकलाई शान्तिपूर्ण वातावरणमा काम गर्ने अवस्था सुनिश्चित हुनुपर्ने माग गरे ।
गोरखा वारपाक सुलीकोट गाउँपालिका–६ घर भइ हाल काठमाडौं अनामनगर–२९ बस्ने ५४ वर्षीय भोजबहादुर बडु सात वर्षदेखि कमलपोखरीस्थित द फ्याक्ट्री ट्रिम्स टीएफटीमा विद्युत्, सीसीटीभी, इन्टरनेटलगायत मर्मतसम्भारका क्षेत्रमा काम गर्दै आएका छन् । यसअघि उनी कमलपोखरीस्थित सनराइज विल्डिङमा वायरिङसम्बन्धि काम गर्थे । ज्यानको जोखिम बढेपछि उनले उक्त काम छाडेर घरघरमा विद्युत् जडानसम्बन्धि काम पनि गरेको अनुभव सुनाए । ॅसनराइज कम्पनीले काम छाड्ने बेला तीन महिनाको तलब उपलब्ध गराएको थियो । त्यसबाहेक कुनै सेवासुबिधा नभएपछि काम छाडेको ह’ । टीएफटीमा हाल पार्टटाइम काम गर्छु । मासिक २२ हजार तलब छ । सामाजिक सुरक्षा कोष, सञ्चय कोषलगायत केही सुबिधा छैन । सम्भावित दुर्घटनाबाट सुरक्षित रहन काम गर्ने बेला पञ्जा, हेलमेट, चप्पललगायत अत्यावश्यक सामग्री उपलब्ध गराइएको छ,‘ बडुले भने । उपचार खर्च भने उपलब्ध भइरहेको उनले बताए ।
दैनिक ज्यालादारीमा काम गर्ने, बस्ने, खानेको टुंगो नभएका श्रमिकका लागि सरकारले विशेष योजना ल्याएर सुबिधा दिनुपर्नेमा बडुले जोड दिए । ॅराज्यले श्रमिकको न्यूनतम् पारिश्रमिक तोकेर कार्यान्वयन भए/नभएको अनुगमन गर्नुपर्छ । स्थायी लेखा नम्बर अनिवार्य गरिएको छ, सो कार्यान्वयनको अवस्था, श्रमिक र कामदारबीच श्रम सम्झौता नवीकरणलगायत पक्षको मूल्यांकन गरी प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्छ । सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्छ । यसो गरे श्रमिकको भविष्यको चिन्ता केही हदसम्म कम हुने थियो,’ उनले भने ।
काठमाडौंको चन्द्रगिरि–१८, नैकापका ३९ वर्षीय सुरेन बस्नेत १० वर्षदेखि विद्युत्‌का तार, सडकबत्ती जडान तथा मर्मतलगायत काम गर्दै आएका छन् । हाल उनी व्यक्तिगत् सम्पर्कका आधारमा घरघरमा गएर काम गरिरहेका छन् । यसअघि उनले अल्ट्रा ग्रुप अफ कम्पनीमा सात वर्ष काम, त्यसपछि इलेक्ट्रोनिक तथा इलेक्ट्रिकल पसल सञ्चालन गरेका थिए । कोभिड महामारीको समयमा बिक्री नहु’दा भाडा तिर्नेसम्मको आम्दानी नभएपछि पसललाई निरन्तरता दिन नसकेको बस्नेतले बताए । पसल बन्द भएपछि चिनजानका आधारमा काम गरेर घरखर्च, दुई छोरीको पढाइ खर्चलगायत व्यवस्था गरिरहेको उनले बताए । कामको सिलसिलामा कुनै जोखिम भए त्यसको सुनिश्चित नभएपछि खर्च जुटाउनुपर्ने बाध्यताले जोखिमयुक्त काम गरिरहेको उनको भनाइ छ ।
‘कम्पनीले तलबको १० प्रतिशत् सञ्चयकोषको सुबिधा दिएको थियो । सामाजिक सुरक्षा तथा कामका क्रममा हुने जोखिमको कुनै प्रावधान नबनाइएपछि काम छाडेर पसल सञ्चालन गरेको थिए’ । हाल पसल पनि बन्द छ । फोन सम्पर्कका आधारमा विद्युत्‌सम्बन्धि सबै मर्मत, सोलार वाटर हिटर जडान, सडकबत्ती जडान तथा मर्मतलगायत काम गर्दै आएको छु,’ बस्नेतले भने । उनका अनुसार हाल मासिक ३० देखि ४० हजारसम्म आम्दानी हुन्छ ।  यस वर्ष दिवस’आन्तरिक रोजगारी र सामाजिक सुरक्षा हाम्रो अभियान, सामाजिक न्यायसहितको समृद्ध राष्ट्र निर्माण’ भन्ने नारासाथ विविध कार्यक्रम गरी मनाइएको छ । नेपालसहित विश्वभर श्रमको सम्मान र श्रमिकको सुरक्षास’ग सम्बन्धित भएर विविध कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइरह‘दा कतिपय वास्तविक श्रमिक भने यसबारे अनविज्ञ रहे । कामको चाप, दैनिकी गुजाराका लागि आम्दानी गर्नुपर्नेलगायत कारण उनीहरुलाई दिवसले छुन सकेन ।
नेपालमा क्रियाशील ट्रेड युनियन महासंघहरुका नीति, कार्यक्रम, विचार र मान्यता फरक भए पनि श्रमिकका आवश्यकता र समस्याहरु समान र साझा हुने भएकाले श्रमजीवि वर्गको हक हितको संरक्षण र सम्वद्र्धन गर्न जेटीयुसीसी स्थापना गरिएको थियो । तत्काल क्रियाशील सात ट्रेड युनियन महासंघ संस्थापक २०६५ कात्तिकमा काठमाडौंमा सम्पन्न पहिलो राष्ट्रिय ट्रेड युनियन सम्मेलनबाट संयुक्त ट्रेड युनियन समन्वय केन्द्र स्थापना गरी साझा कार्यक्रम गर्ने सहमति भएको थियो । पछिल्लो समय प्रविधि विकासले श्रमिकको रोजगारी संकटमा पर्ने आवस्था आएको छ ।
अनौपचारिक श्रमिकको कार्यक्षेत्र बढी जोखिममा रहेकाले स्थानीय तहमा त्यस्ता श्रमिकलाई दर्ता गर्ने, सामाजिक सुरक्षामा सूचीकृत गर्ने, स्थानीय निकायबाट सेवासुबिधा प्राप्त गर्ने विवरण प्राप्त गर्नेलगायत क्षेत्रमा ज्याला निर्धारणलगायत क्षेत्रमा सबै महासंघस’गको समन्वयमा अभियान सञ्चालन गरी काम गरिरहेको छ । चार लाख ५३ हजार सूचीकृत श्रमिकमध्ये करिब १८ प्रतिशत् अनौपचारिक श्रमिक छन् । सूचीकृतमध्ये नौं प्रतिशत्‌मात्र संगठित श्रमिक रहेका र नौं प्रतिशत्‌मध्ये पनि करिब ९० प्रतिशत् औपचारिक क्षेत्रका श्रमिक छन् । अन्य क्षेत्रका श्रमिक संगठित हुन सकेका छैनन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here