हेटौंडा/हेटौंडा उपमहानगरपालिकाका संस्थागत् विद्यालयका किशोरीहरुसँग संवाद भएको छ ।बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने नारासाथ आयोजक उपमहानगरपालिका महिला, बालबालिका तथा समावेशीकरण महाशाखाको आयोजनामा कार्यक्रम भएको हो । उपमहानगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उपमहानगरस्तरीय बालसमूह सञ्जाल कोषाध्यक्ष आदित्य पराजुलीको सभाध्यक्षता थियो । मकवानपुरमा रहेका विभिन्न निजी विद्यालयका करिब एक सय ५० किशोरीको उपस्थितिमा कार्यक्रम भएको थियो । हेटौंडा उपमहानगर महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णु लामिछानेले किशोरीले ध्यान दिनुपर्ने कुरा बारे प्रस्तुतिकरण दिएकी थिइन् ।
प्रमुख अतिथि लामाले अब छोरीले देश हाँक्ने बताउँदै ॅमाइरेडँ नामक पुस्तकबाट रजस्वलासम्बन्धि अंश वाचनसहित छोरीहरु किशोरावस्थामा सक्षम भइसकेको महसुस भएको बताइन् । रजस्वलाका विषयमा अभिभावकसँग कार्यक्रम गर्ने उनको प्रतिबद्धता छ । उनले रजस्वलासम्बन्धि कुराकानी गर्न अभिभावकलाई आग्रह गरिन् । ॅसबभन्दा पहिले उनलाई किशोर अवस्थाबारे सिकाउनुपर्छ । उनलाई यसबारे गलत जानकारी त छैन भन्ने कुरामा सचेत हुनुपर्छ,’ उनले भनिन्–आफूलाई असहज लाग्ने कुरा घुमाइफिराइ गर्ने धेरैको बानी हुन्छ ।
तर, रजस्वलाबारे आफ्नी छोरीलाई सम्झाउँदा यस्तो गर्न हुँदैन । निकै सरल शब्दमा, उनले बुझ्ने गरी भन्नुपर्छ । मेन्स्टुअल साइकिल महिलाको जीवनको जरुरी पक्ष हो, कुनै किशोरी पछि आमा बन्न सक्छिन् कि सक्दिनन् भन्ने कुरा यसबाट थाहा हुन्छ भनेर सम्झाउनुपर्छ । उनले आफ्नो अनुभव शेयर गर्न पनि भनिन् । ॅखासगरि आमाले छोरीसँग आफ्ना अनुभव सुनाउन सक्छिन् । आफ्नो पिरियड्स कहिले सुरु भयो, त्यस बेला कस्तो अनुभव भएको थियो आदि । ॅयसबाट छोरीले निकै सहज महसुस गर्नेछिन्,’ उनले भनिन् । विज्ञहरुका अनुसार छोरी १० वर्ष पूरा भइन् भने उनलाई रजस्वला (पिरियड्स) बारे जानकारी दिने यो नै सही समय हो ।
किनकि, १० वर्षको उमेरपछि केटीहरुमा किशोर अवस्था सुरुवात हुन्छ । यस्तोमा एक्कासि पिरियड हँदा उनी डराउन सक्छिन् । तर, अधिकांश आमाबुबाले आफ्नी छोरीसँग यसबारे कुराकानी गर्न चाहँदैनन् । हालै भएको नयाँ अनुसन्धानअनुसार मानिस यस विषयमा आफ्नी छोरीसँग कुरा गर्न असहज महसुस गर्छन् । अध्ययनमा ८९ देखि १६ वर्ष उमेर समूहका बालिकाका १ हजार आमाबुबालाई समेटिएको थियो । मेन्स्टुअल प्रोडक्ट मेकर अलवेजद्वारा गरिएको अध्ययनअनुसार छोरीलाई आगामी समयका लागि तयार गरियो भने सबै कुरा सजिलै रहने छ । उनको आत्मविश्वासको स्तर पनि उस्तै रहनेछ । विज्ञले सुझाएअनुसार १० वर्ष पूरा भएकी छोरीलाई सहयोग गर्न सकिन्छ ।
किशोरीका लागि नगरपालिकाले केकस्ता कार्यक्रम गरेको छ, कसरी सहभागी हुन सकिन्छं, किशोरीमात्र सतर्क हुने कि किशोरलाई पनि किशोरीको सम्मान गर्न सिकाउने, नगरका किशोरी ढुक्कसँग हिँड्नसक्ने शान्तिपूर्ण वातावरण विकास, प्याडको व्यवस्था, किशोरीहरु आमा बन्ने कुरा कसरी रोकिन्छ, आफ्नै घरमा पनि किशोरी सुरक्षित नभएको अबस्थामा नगरपालिकाले के गर्छ जस्ता जिज्ञासा किशोरीहरुले राखेका थिए । कार्यक्रममा हेटौंडा–२ का वडा अध्यक्ष विष्णुगोपाल महर्जन, जिल्ला समन्वय अधिकारी शान्ति बिश्वकर्मा, बिना थिङ, अधिकृत गोपिनी गौतमलगायत विद्यालयका शिक्षकको सहभागिता थियो ।
किशोरी संवाद कार्यक्रममा सामुदायिक विद्यालय ४ वटा र निजी विद्यालयबाट ९ जना बोलाइएकोमा सामुदायिक विद्यालयबाट आधुनिक विद्यालयको मात्र उपस्थिति थियो । निजी सबै विद्यालयबाट उपस्थित हुँदा सामुदायिक ४ वटाबाट बोलाउँदा पनि उपस्थित गराउन नसकिएको जानकारी दिइएको छ । बालजागृति मावि, शिक्षा विकास शिशु सदन, नवोदय शिशु सदन, व्रह्मदिक, जीएस निकेतन, सिद्धार्थ शिशु सदन, जेनिथ, तासिरका विद्यार्थीको उपस्थिति थियो ।