26.1 C
Makwānpur
Homeमुख्य समाचारमकवानपुरे समाजद्वारा आश्रमलाई सहयोग

मकवानपुरे समाजद्वारा आश्रमलाई सहयोग

हेटौंडा/मकवानपुरे समाज काठमाडौंले हेटौंडा उपमहानगरपालिका वडा नम्बर १४ मयुरधापमा रहेको अनाथ अपाङ्ग बाल पुनर्स्थापना केन्द्रलाई शैक्षिक सामाग्री सहयोग गरेको छ । बिहीबार एक कार्यक्रमकाबिच आश्रमका अध्यक्ष रामहरि कोईरालालाई समाजका अध्यक्ष अरुण गुरुङले रकम हस्तान्तरण गरेका हुन् । समाजले आश्रममा रहेका बालबालिकालाई स्कूल डे्रस, स्टेशनरी र झोलालगायतका सामाग्रीहरु वितरण गरेका थिए ।

अध्यक्ष गुरुङले समाजले आयोजना गरेको पिकनिक कार्यक्रममा बचेको केही रकम र केही मकवानपुरेहरुले आफ्‌नै स्थानका अनाथ बालबालिकाको शिक्षा क्षेत्रमा सहयोग गर्न भन्दै प्राप्त सहयोग रकम हस्तँन्तरण गरेको बताए । सहयोग संकलनका क्रममा मकवानपुरे उद्योगपति तथा समाजका सल्लाहकार शिव घिमिरेको बिशेष सहयोग रहेको अध्यक्ष गुरुङले जानकारी गराए । कार्यक्रममा समाजका सदस्यहरु पवित्रा दाहाल, मञ्जु जोशी, सरिता कार्की, उत्तम थापा, राजकुमार जोशी, बिजय कोईराला र समाजसेवी बिजेन्द्र अग्रवालको उपस्थितिमा कार्यक्रम भएको थियो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here