19 C
Makwānpur
Homeमुख्य समाचारअनुदानमा नयाँ कार्यविधि स्थानीय तहलाई ७ प्रकारमा वर्गीकरण

अनुदानमा नयाँ कार्यविधि स्थानीय तहलाई ७ प्रकारमा वर्गीकरण

सुनिता बिष्ट
हेटौंडा/बागमती प्रदेश सरकारले स्थानीय तहहरुलाई वितरण गर्ने समपूरक अनुदानको कार्यविधि तयार गरेको छ । प्रदेश वित्तीय हस्तान्तरण ऐन, २०७५ को दफा ६ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी समपूरक अनुदान प्रदान गर्न बागमती प्रदेश सरकारले प्रदेश समपूरक अनुदानसम्बन्धि कार्यविधि तयार गरेको हो । प्रदेशका १ सय १९ स्थानीय तहमध्ये कार्यविधिअनुसार‘क’ वर्गमा ५,‘ख’ वर्गमा १९,‘ग’ वर्गमा २७, वर्गमा २३,‘ङ’ वर्गमा २०,‘च’ वर्गमा १३ र‘छ’ वर्गमा १२ स्थानीय तह छन् । २०७७ सालको कार्यविधि खारेज गरेर बनाइएको नयाँ कार्यविधिअनुसार प्रदेशका स्थानीय तहहरुलाई समपूरक अनुदान प्राप्त गर्न योजनाहरुको प्रस्तावना पेश गर्न प्रदेश सरकारले चैत २१ गते सूचना जारी गरेको छ । विशेष अनुदानको कार्यविधि भने २०७७ कै लागु हुने बताइएको छ ।
नयाँ कार्यविधिअनुसार प्रदेशका १ सय १९ स्थानीय तहलाई ७ किसिममा वर्गीकरण गरिएको छ । प्रदेश सरकारले समपूरक अनुदानबाट पालिकाहरुमा योजना सञ्चालनका लागि वर्गीकरणअनुसार बजेट साझेदारीको अनुपात कार्यविधिमा तोकेको छ ।
कुन स्थानीय तह कुन वर्गमा ? कार्यविधिअनुसार‘क’ वर्गमा काभ्रेको महाभारत गाउ“पालिका, धादिङको रुविभ्याली गाउँपालिका, रसुवाको नांैकुण्ड गाउँपालिका, रामेछापको उमाकुण्ड गाउँपालिका र दोरम्बा गाउँपालिका गरी ५ स्थानीय तह छन् । उक्त वर्गमा पर्ने स्थानीय तहले आफ्‌नो २० प्रतिशत्‌मात्र लागत साझेदारीमा समपूरक अनुदान कार्यान्वयन गर्नसक्ने छन् । यी स्थानीय तहहरुका लागि ८० प्रतिशत् अनुदान प्रदेश सरकारले उपलब्ध गराउने प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारको कार्यविधिअनुसार १९ स्थानीय तहलाई‘ख’ वर्गमा वर्गीकरण गरिएको छ । जसमा सिन्धुलीको फिक्कल गाउँपालिका, हरिहरपुरगढी गाउ“पालिका र घ्याङ्लेक गाउँपालिका, सिन्धुपाल्चोकको पा“चपोखरी थाङ्पाल गाउँपालिका र जुगल गाउँपालिका, मकवानपुरको कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिका, दोलखाको गौरीशंकर गाउँपालिका, बिगु गाउँपालिका र मेलुङ गाउँपालिका, रसुवाको आमाछोदिङ्मो गाउँपालिका, रामेछापको सुनापति गाउँपालिका, लिखु तामाकोशी गाउँपालिका र खाँडादेवी गाउँपालिका छन् ।
धादिङको नेत्रावती डबजोङ गाउँपालिका र खनियाँबास गाउँपालिका, काभ्रेको तेमाल गाउँपालिका, चौंरीदेउराली गाउँपालिका र खानीखोला गाउँपालिकालाई पनि‘ख’ वर्गका वर्गीकरण गरिएको छ । यस वर्गमा पर्ने स्थानीय तहले ३० प्रतिशत् स्थानीय तहको र ७० प्रतिशत् प्रदेश सरकारको अनुदानबाट योजना सञ्चालन गर्नेछन् । २७ स्थानीय तहहरुलाई प्रदेश सरकारले‘ग’ वर्गमा वर्गीकरण गरेको छ । जसमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, भीमफेदी गाउँपालिका र बागमती गाउँपालिका छन् भने धादिङको गंगाजमुना गाउँपालिका, नुवाकोटको म्यागङ गाउँपालिका, दुप्चेश्वर गाउँपालिका, तारकेश्वर गाउँपालिका, तादी गाउँपालिका, सूर्यगढी गाउँपालिका र शिवपुरी गाउँपालिका छन् ।
सिन्धुलीको मरिण गाउँपालिका, गोलञ्जोर गाउँपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई‘ग’वर्गमा वर्गीकरण गरिएको हो भने सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका, हेलम्बु गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, लिसंखुपाखर गाउँपालिका पनि‘ग’ वर्गमा परेका छन् । दोलखाको कालीञ्चोक गाउँपालिका र सैलुङ गाउँपालिका पनि छन् ।‘ग’ वर्गमा पर्ने अन्य स्थानीय तहहरुमा रामेछापको रामेछाप नगरपालिका र गोकुलगंगा गाउँपालिका, ललितपुरको कोञ्जोसोम गाउँपालिका, बागमती गाउँपालिका र महाकांल गाउँपालिका, काभ्रेको भुम्लु गाउँपालिका, रसुवाको उत्तरगया गाउँपालिका छन् ।‘ग’ वर्गमा पर्ने स्थानीय तहहरुले प्रदेश सरकारबाट ६० र पालिकाको ४० प्रतिशत् समपूरक अनुदानमा योजना सञ्चालन गर्नेछन् ।
प्रदेश सरकारले बनाएको कार्यविधिअनुसार प्रदेशका २३ स्थानीय तह‘घ’ वर्गमा परेका छन् । जसमा दोलखाको तामाकोशी गाउ“पालिका, बैतेश्वर गाउँपालिका र जिरी नगरपालिका, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका, इन्द्रावती गाउँपालिका, बाह्रबीसे नगरपालिका र सुनकोशी गाउँपालिका छन् भने काभ्रेको नमोबुद्ध नगरपालिका, बेथानचोक गाउँपालिका र रोशी गाउँपालिका छन् । धादिङको गजुरी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, सिद्धलेक गाउँपालिका र ज्वालामुखी गाउँपालिकालाई‘घ’ वर्गमा वर्गीकरण गरिएको छ ।
नुवाकोटको बेलकोटगढी नगरपालिका, किस्पाङ गाउँपालिका, लिखु गाउँपालिका र पञ्चकन्या गाउँपालिका, रसुवाको कालिका गाउँपालिका, मकवानपुरको बकैया गाउँपालिका र मकवानपुरगढी गाउ“पालिकालाई सरकारले‘घ’ वर्गमा वर्गीकरण गरेको हो ।‘घ’ वर्गमा पर्ने स्थानीय तहहरुले समपूरक अनुदानको बजेटमा प्रदेश र स्थानीय सरकारको ५०/५० प्रतिशत् लागत सहभागितामा योजना कार्यान्वयन गर्नेछन् ।
प्रदेश सरकारको प्रदेश समपूरक अनुदान कार्यविधिअनुसार बागमतीका २० स्थानीय तहलाई‘ङ’ वर्गमा वर्गीकरण गरिएको छ । जसमा धादिङको बेनीघाट रोराङ गाउँपालिका, नीलकण्ठ नगरपालिका, धुनीबेसी नगरपालिका, गल्छी गाउँपालिका र थाक्रे गाउ“पालिका छन् भने सिन्धुलीको दुधौली नगरपालिका र कमलामाई नगरपालिका ॅङ’ वर्गमा छन् । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका, मेलम्ची नगरपालिका, काभ्रेको धुलिखेल नगरपालिका, मण्डनदेउपुर नगरपालिका, दोलखाको भीमेश्वर नगरपालिका, मकवानपुरको थाहा नगरपालिका र मनहरी गाउश्ँपालिका, चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, राप्ती नगरपालिका र माडी नगरपालिकालाई‘ङ’ वर्गमा वर्गीकरण गरिएको हो ।
काठमाडौंको शंखरापुर नगरपालिका र नुवाकोटको ककनी गाउँपालिका पनि‘ङ’ वर्गमा परेका छन् । उक्त वर्गमा पर्ने स्थानीय तहहरुले स्थानीय तहको ६० र प्रदेश सरकारको ४० प्रतिशत् लागत सहभागितामा योजना कार्यान्वयन गर्नेछन् । प्रदेश सरकारको समपूरक अनुदान कार्यविधिमा बागमतीका १३ स्थानीय तह‘च’ वर्गमा परेका छन् । जसमा चितवनको रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका छन् भने काभ्रेको पाँचखाल नगरपालिका, पनौती नगरपालिका र बनेपा नगरपालिका छन् ।  काठमाडौंको दक्षिणकाली नगरपालिका, गोकर्णेश्वर नगरपालिका, कीर्तिपुर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका, भक्तपुरको चाँगुनारायण नगरपालिका, मध्यपुरथिमी नगरपालिका, ललितपुरको गोदावरी नगरपालिका र नुवाकोटको विदुर नगरपालिका छन् ।
कार्यविधिअनुसार‘छ वर्गमा १२ स्थानीय तह छन् । जसमा काठमाडौंको तारकेश्वर नगरपालिका, नागार्जुन नगरपालिका, काठमाडौं महानगरपालिका, भक्तपुरको भक्तपुर नगरपालिका, चितवनको भरतपुर महानगरपालिका, ललितपुरको ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिका, मकवानपुरको हेटौंडा उपमहानगरपालिका । भक्तपुरको सूर्यविनायक नगरपालिका, काठमाडौंको टोखा नगरपालिका, चन्द्रागिरि नगरपालिका र बुढानीलकण्ठ नगरपालिका छन् । उक्त वर्गमा पर्ने स्थानीय तहहरुको ८० प्रतिशत् र प्रदेश सरकारले उपलब्ध गराउने २० प्रतिशत् लागत सहभागिता रहने छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here