27.9 C
Makwānpur
Homeमुख्य समाचार‘बागमतीको बजेट’ फागुनमा ३ अर्ब खर्च, ४ अर्ब आम्दानी

‘बागमतीको बजेट’ फागुनमा ३ अर्ब खर्च, ४ अर्ब आम्दानी

सुनिता बिष्ट

हेटौंडा/बागमती प्रदेश सरकारले १ महिना अवधिमा ३ अर्ब बजेट खर्च गरेको छ । माघ मसान्तसम्म १३ अर्ब बजेट खर्च गरेको प्रदेश सरकारले फागुनमा ३ अर्ब भन्दा बढी खर्च गरेको हो । प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशका १४ मन्त्रालय र मातहत कार्यालयहरुले फागुनमा ३ अर्ब ३२ करोड ७३ लाख ४९ हजार बजेट खर्च गरेका हुन् । यस अवधिमा प्रदेश सरकारको खर्च भन्दा आम्दानी बढी भएको तथ्यांक छ ।

माघसम्म १९ अर्ब ८३ करोड ६३ लाख ५७ हजार राजस्व संकलन भएकोमा फागुनमा ४ अर्ब ७७ करोड २ लाख ८८ हजार राजस्व संकलन भएको आर्थिक मामिला मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०८१/०८२ को ८ महिना अवधिमा कुल २४ अर्ब ६० करोड ६६ लाख ४५ हजार राजस्व संकलन भएको हो । प्रदेश सरकारले आफ्‌नै स्रोतबाट २ अर्ब ३७ करोड ८५ लाख ८८ हजारमात्र राजस्व संकलन गर्न सकेको छ । बा“डफा“टबाट १३ अर्ब ९० करोड २७ लाख ६५ हजार राजस्व प्राप्त गरेको मन्त्रालयले जनाएको छ । चालु आवको ८ महिना अवधिमा प्रदेश सरकारको कोषको २५ प्रतिशत्‌मात्र बजेट खर्च भएको छ । कुल ६४ अर्ब ५४ करोड ४ लाख बजेट ल्याएको बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ८ महिनामा १६ अर्ब ५३ करोड ४३ लाख ९२ हजार बजेट खर्च गरेको छ । चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुनसम्म कुल बजेटको २५.६२ प्रतिशत् खर्च गरेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत इन्द्रराज सत्यालले जानकारी दिए ।

उनका अनुसार पु“जीगत् बजेट १९.९४ प्रतिशत् अर्थात् ७ अर्ब ३९ करोड ९३ लाख ५५ हजार भएको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३७ अर्ब ९ करोड ८४ लाख ९९ हजारको पु“जीगत् बजेट ल्याएको थियो । चालुतर्फ विनियोजित २५ अर्ब ९४ करोड १९ लाख ३२ हजारमा फागुनसम्म ३५.२२ प्रतिशत् अर्थात् ९ अर्ब १३ करोड ५० लाख ३६ हजार खर्च भएको सत्यालले बताए । आर्थिक मामिला मन्त्रालयको तथ्यांक हेर्दा बागमती प्रदेशको पु“जीगत् खर्च निकै कमजोर देखिन्छ । जसका कारण प्रदेशमा विकासनिर्माण तथा योजना कार्यान्वयनसमेत निराशाजनक छ भन्ने पुष्टि गर्छ । ७ महिना अवधिमा २० प्रतिशत् पनि बजेट खर्चिन नसक्नुमा सरकार पक्षको कमजोरी देखिन्छ ।

कुन मन्त्रालयको खर्च कति ?
१४ मन्त्रालय रहेको बागमतीमा खर्च प्रतिशत्‌को हिसाबले सबभन्दा बढी बजेट खर्च गर्नेमा स्वास्थ्य मन्त्रालय छ । ४ अर्ब ८० करोड ५ लाख १ विनियोजन भएको मन्त्रालयले फागुनसम्म १ अर्ब ४७ करोड ८८ लाख ७१ हजार अर्थात् ३६.२४ प्रतिशत् बजेट खर्च गरेको छ भने सबभन्दा कम खर्च गर्नेमा स“स्कृति तथा पर्यटन मन्त्रालय छ । कुल २ अर्ब ५१ करोड ४३ लाख ८८ हजार बजेट रहेको उक्त मन्त्रालयले चालु आवको ८ महिना अवधिमा २४ करोड ६० लाख ८२ हजार अर्थात् ९.७९ प्रतिशत्‌मात्र बजेट खर्च गरेको हो । जम्मा ५४ करोड १३ लाख ७ हजार बजेट विनियोजन भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले १७ करोड ८६ लाख ५० हजार अर्थात् ३३ प्रतिशत् बजेट खर्च गरेको हो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ८ महिना अवधिमा २१.०२ प्रतिशत् अर्थात् ४ अर्ब ८५ करोड २१ लाख ४५ हजार मात्र खर्च गरेको छ । उक्त मन्त्रालयका लागि चालु आर्थिक वर्षमा २२ अर्ब ७९ करोड ७७ लाख २९ हजार बजेट विनियोजन गरिएको थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लागि विनियोजन भएको ५० करोड ६४ लाख ३७ हजार बजेटमा फागुनसम्म ११ करोड ६५ लाख ६७ हजार अर्थात् २३.०२ प्रतिशत् बजेट खर्च गरेको आर्थिक मामिला मन्त्रालयले जनाएको छ । आर्थिक मामिला मन्त्रालयले विनियोजित २४ कारोड २० लाख ९ मा उक्त अवधिसम्म २६.३६ प्रतिशत् अर्थात् ६ करोड ३३ लाख १७ हजार खर्च गरेको छ ।

खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालयले १ अर्ब ८८ करोड ८४ लाख ८२ हजार अर्थात् २७.९ प्रतिशत् बजेट खर्च गरेको छ । मन्त्रालयका लागि ६ अर्ब ९६ करोड ६६ लाख २२ हजार बजेट विनियोजन गरिएको थियो । ३ अर्ब २१ करोड ३२ लाख ८७ हजार बजेट विनियोजन भएको वन तथा वातावरण मन्त्रालयले ८२ करोड ९४ लाख ६५ हजार अर्थात् २५.८१ प्रतिशत्, २ अर्ब ६२ करोड ४८ लाख ५१ हजार बजेट पाएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले ४८ करोड १९ लाख २८ हजार अर्थात् १८.३६ प्रतिशत् बजेट खर्च गरेको मन्त्रालयको तथ्यांक छ ।

३ अर्ब ९० करोड ७४ लाख ८२ हजार बजेट विनियोजन भएको सामाजिक विकास मन्त्रालयले फागुनसम्म २८.६३ प्रतिशत् अर्थात् १ अर्ब ११ करोड ८५ लाख ८० हजार बजेट खर्च गरेको छ । ८० करोड ३८ लाख २७ हजार बजेट विनियोजन भएको युवा तथा खेलकुद मन्त्रालयले २२ करोड ९ लाख ६२ हजार अर्थात् २७.३९ प्रतिशत्, ९३ करोड ९२ लाख ३७ हजार बजेट विनियोजन भएको श्रम, रोजगार तथा यातायात मन्त्रालयले २३ करोड १२ लाख २० हजार अर्थात् २४.६२ प्रतिशत् बजेट खर्च गरेको प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्यांक छ । ७३ करोड २१ लाख ७७ हजार बजेट विनियोजन भएको उद्योग, भूमि तथा प्रशासन मन्त्रालयले १६ करोड २० लाख १ हजार अर्थात् २१.८८ प्रतिशत् बजेट खर्च गरेको मन्त्रालयको तथ्यांक छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here