बसन्त भण्डारी
हेटौंडा/सोमबार दिउ“सो म हेटौंडाको यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरमा पुगें । उद्धेश्य थियो— सवारीचालक अनुमतपत्र (लाइसेन्स) को वर्ग थप गर्ने । सरकारी प्रक्रियाअनुसार ट्रायल पास गरेपछिमात्र वर्ग थप गर्न सकिन्छ । तर, कार्यालय पुग्नासाथ एउटा अनौठो दृष्य देखें—गेटबाहिर ट्रायल दिने सेवाग्राहीको भिड थियो । तर, भित्र एक बेग्लै खेल चलिरहेको रहेछ ।
गेटमा एक सुरक्षागार्डका रुपमा बसेका थिए । मेरो भित्र छिर्ने पालो आयो । भित्र छिर्नेबित्तिकै एक अपरिचित व्यक्ति मसहित ४ जना बसिरहेको नजिक आए । जबकि, सेवाग्राही र उनीहरुकै कर्मचारीबाहेक अरुलाई गेटभित्र पस्न दिइएको थिएन । ॅपास भइन्छ की सेटिङ गर्ने,’ उनले सोधे । म चकित परें । सेटिङ ? ॅ२५ हजार दिनुस्, फेल भए पनि लाइसेन्स आउ“छ,’ उनले सहज भने । मैले केही प्रतिक्रिया नजनाइ एकछिन चुपचाप उनलाई हेरें । एकछिन सोचें र मैले सोधें–अनि कसरी यस्तो हुन्छ, नक्कली त हु“दैन ? उनले हा“स्दै भने–सबै थाहा हुन्छ, पास भइन्छ । तपाईं फेल हुने कुरै छैन । बस्, पैसा चाहिन्छ । ट्रायलअघि नै पैसा बुझाउनुपर्छ । यो सुनेर म झन् अचम्ममा परें । सरकारले तोकेको कानुनी प्रक्रिया पुर्याएर ट्रायल दिनेहरु संघर्ष गरिरहेका बेला पैसा तिर्न सक्नेका लागि भने अलग्गै बाटो रहेछ । लाइसेन्स पास गर्ने छुट्टै ॅरेटलिस्ट’ छ भन्ने कुरा खुलेआम सुनियो ।
कसरी बाडिन्छ पैसा ?
मैले ती व्यक्तिस“ग गम्भीर भएर सोधें–यो पैसा ककल्लाई जान्छ ? तपाईंले कति पाउनुहुन्छ ? उनले भने–एक जनाबाट १ हजार ३ सय ५० रुपिया“ मलाई आउ“छ । बा“की सबै भित्रका ट्राफिक र यातायातका मान्छेहरु बा“ड्छन् । यो सुनेर झन् अचम्म लाग्यो । मतलब, यो सेटिङ एउटा व्यक्तिले मात्र चलाइरहेको होइन, पूरै प्रणाली नै यसमा जोडिएको छ । मैले पुनः सोधें–यदि म ट्रायल नै नदिइ लाइसेन्स निकाल्न चाहन्छु भने पनि सम्भव छ ?
उनले सहज भने–त्यही त हो नि, फेल भए पनि आउ“छ । अनि ट्रायल दिनैनपर्ने भन्ने हु“दैन । मैले फेरि सोधें– अनि कसरी यस्तो हुन्छ, नक्कली त हु“दैन ? उनले भने–ट्रायल पास गरेको केही दिनमै नागरिक एपमा देखाउ“छ । कसरी नक्कली हुनु । त्यहा“ फेल लेख्ने ठाउ“मा पास लेखिदिन्छन् अनि फाइलमा समेत पास लेखेको हुन्छ । म झन् आश्चर्यमा परें । ट्रायल दिनेहरु घाममा घामखाइ लाइनमा बसिरहेका छन् । पैसा तिरेर जानेहरुले फेल भए पनि लाइसेन्स पाउनेवाला छन् । मैले नियालेर हेरें—बाहिर कयौं सेवाग्राही पालो कुर्दै बसेका थिए । कोही विगतमा फेल भएर रिट्रायल, कोही लाइसेन्स पाउने आशमा पहिलो पटक आएका । तर, पैसा तिरेर आउनेहरु भने फेल भए नि लाइसेन्स आउ“छ । अर्का एक जना सेवाग्राही, जो मेरो छेऊमै थिए, उनले भने–ट्रायलमा उकालोमा चढ्दा ब्याक भयो भने सीधै फेल गरिदिन्छन् । ट्राफिकले हेर्दै पास नगर्ने जस्तो गर्छ । उनले थपे–यहा“ सेटिङ गर्नेहरुलाई ट्राफिकले चिन्छ, तिनलाई त केही नहेरी पास गरिन्छ ।
ओपन सेक्रेट
मस“गै रहेका अन्य सेवाग्राहीले गेटबाहिर भनिरहेका थिए–यहा“ (उक्त सेन्टर) मा गाडी सिक्न आएपछि सीधै २५ हजार दिए पास गर्दिन्छौं भनेर भन्छ । हेटौंडाको यातायात कार्यालयमा लाइसेन्स बिक्रीको यस्तो धन्दा नया“ भने होइन । विगतमा पनि यहा“ अनियमितता, सेटिङ र घुसखोरीका गम्भीर आरोपहरु लाग्दै आएका छन् । तर, सम्बन्धित निकायले हालसम्म कुनै प्रभावकारी सुधार गर्न सकेको देखि“दैन । सेवाग्राहीको गुनासोअनुसार यहा“ ट्रायल दिनेहरुको तुलनामा पैसा तिरेर पास गरिनेहरुको संख्या उल्लेखनीय छ । यो सेटिङ खुलेआम चले पनि निगरानी गर्ने निकाय मौन बसेका छन् । नेपालमा ट्राफिक व्यवस्थापन सुधार गर्न सरकार विभिन्न नियम ल्याउ“छ, ट्रायल प्रक्रिया कठिन बनाउ“छ । तर, यस्तो सेटिङ हु“दा सडकमा अयोग्य चालकहरु निस्किरहेका छन्, जसले दुर्घटनाको सम्भावना बढाउ“छ ।
हुन त म पनि ट्रायलमा फेल भएर बाहिर निस्किए“ । रिभर्स सकिएपछि निस्किने बेला ट्राफिकले नबोलाइ निस्किएको भन्दै फेल गराइयो । ७० अंक ल्याए पास हुने व्यवस्थामा समेत मलाई एक गल्तीले फेल गरियो । म केही नबोली चुपचाप बाहिरिए“ । सोमबार विहान एक जनाको सल्लाहमा ट्राफिकको सेटिङबारे बुझ्न फोन गरेको थिए“ । ॅआउनुस्, सहयोग गर्छौं,’ भनेका थिए । तर, मैले पैसा दिने कुरा गरिन“ । पछि जब फेल भएर निस्किए“, फेरि फोन गर्दा एक ट्राफिकले सहज भने–तपाईंले त राम्रो चलाउनु भएको थियो । तर, निस्किने बेला ध्यान दिनुपर्थ्यो । अर्को प्रयासमा पक्कै पास हुन्छ बसन्तजी । यसले ट्राफिक सीधै बार्गेनिङ (सेटिङ) नगरे पनि लाइसेन्स बेच्ने खुलेआम भित्रको टिमबाट यो ॅओपन सेक्रेट’ भइरहेको देखिन्छ । पछिल्लो तथ्यांक भन्छ–नेपालमा दैनिक ६२ दुर्घटना, ७ जनाको मृत्यु भइरहेको छ । कारण यो पनि हो कि । अब सोच्ने बेला आएको छ ।