हेटौंडा/धर्तीपुत्र’ मानिएका उनीहरुकै नाममा एक टुक्रा पनि जग्गा छैन । जिल्ला वन कार्यालय मकवानपुरले भने यहा“का विपन्न बनकरिया समुदायलाई जीवन धान्न २० वर्षका लागि कबुलियती वन उपलब्ध गराएको थियो । सोको म्याद अब करिब १ वर्षमात्र बा“की छ ।
उक्त समुदायको स्वामित्वमा जग्गा नहु“दा उनीहरु जनता आवास कार्यक्रमबाट पनि वञ्चित छन् । आफूले लामो समयदेखि खनजोत गर्दै आएको जमिन र टाउको लुकाउने छाप्रोमा उनीहरुको स्वामित्व छैन । चैते धान रोप्दै गर्दा भेटिएकी सन्तोषी वनकरियालाई रोपिरहेको धान भिœयाउ“दाको खुशीभन्दा पनि धान रोपिरहेको जमिनको स्वामित्व स्थायीरुपमा हस्तान्तरण नभएको चिन्ता लाग्ने गरेको छ । आफू वनमा जन्मेको भए पनि बालापन बिताएको बस्तीको जमिन आफूहरुका लागि तत्कालीन अवस्थामा बीस वर्षलाई दिइएको र उक्त समय सकिन लागेका कारण आफू चिन्तित भएको उनको भनाइ छ । उनी जेटीए अध्ययन गरेर गाउ“मा नै सेवा गरिरहेकी छन् ।
उनका अनुसार समुदायलाई २०६२ मा तत्कालीन जिविसले सामुदायिक वनछेऊमा २० वर्षका लागि जग्गा दिएर बस्ती बसाएको करिब १९ वर्ष भएको छ । उक्त समुदायले १८ वर्षअघिसम्म खेती गर्न जानेन । उनका अनुसार तत्कालीन समयमा गिठ्ठा, भ्याकुर, च्याउ, खनायो, कुरिलो र माछा मारेर खाएर जीवन धान्ने गरिन्थ्यो । हाल भने केही प्रगति देखिएर खेतीपाती र पशुपालन गर्ने गरेका छन् ।
वनकरिया समुदायको नाममा एक धुर पनि जमिन छैन । आफूहरु बसोबास गर्दै आएको जमिन आफ्नो नाममा उपलब्ध गराइदिन आग्रह गर्ने समुदायकी अगुवा सन्तोषीले आफूहरुको माग सरकारले पूरा गर्ने आश राख्छिन् । उनीहरुले एकसूत्रीय मागलाई संघीय, स्थानीय सरकारलाई समेत ज्ञापनपत्रमार्फत् बुझाइसकेका छन् । ॅहाल बसेको ठाउ“ नपाए फेरि जंगलमै जानुपर्ने हुन्छ,’ उनको चिन्ता छ । ॅसरकारले हालसम्म हामीलाई स्थायी बसोबासको व्यवस्था गरेको छैन,’ सन्तोषीले भनिन्–एक वर्षपछि फेरि हाम्रो बास जंगलमै हुने अवस्था छ ।
डा. बाबुराम भट्टराई प्रधानमन्त्री हु“दा उक्त बस्तीमा रात बिताएका थिए । मकवानपुरको मनहरी–४, ट्वांग्रास्थित वनकरियाको छाप्रोमा उनको परिवार राति बसेको थियो । ॅजनताको घरमा प्रधानमन्त्री’ कार्यक्रमअन्तर्गत् तत्कालीन प्रधानमन्त्री डा. भट्टराई सानो सोमलाल बनकरियाको छाप्रोमा एक रात बसेका थिए । भट्टराई प्रधानमन्त्री हु“दा २०६९ माघ २६ गते तत्कालीन हा“डीखोला गाविसको ट्वांग्रामा रहेको वनकरियाको छाप्रोमा बसेका हुन् । वनकरियालाई कबुलियती वन ४० वर्षका लागि उपलब्ध गराउने आश्वासन उनले दिएका थिए । तर, वनकरियालाई उक्त स्थान छाड्न पर्सा निकुञ्जले दबाब दिइरहेको छ भने बाढीले वनकरिया बस्तीलाई निकै क्षति गर्ने गरेको छ ।
हेटौंडाबाट करिब १५ किलोमिटर दुरीमा पर्ने वनकरियाको घरमा डा. भट्टराई बास बसे । डा. भट्टराईले नेपालको मौलिक जातिका रुपमा रहेका वनकरिया समुदायको विकासका लागि सरकारले सेवासुबिधा उपलब्ध गराउने प्रतिवद्धता जनाएर फर्किएका थिए । उनी फर्किएपछि यस विषयमा न कुनै निर्णय भयो न त कुनै छलफल नै । अल्पसंख्यक समुदायको रुपमा रहेका वनकरियाहरु अझै पनि जंगली कन्दमूल खाएर जीविका चलाउने गर्छन् । ताजा तरकारी उत्पादनका लागि देशमै ख्याति कमाएको गाउ“मा पुगेका डा. भट्टराईले लोपोन्मुख विपन्न परिवारले खाने जंगली कन्दमूल खाएर रात बिताए । ट्वांग्रा पुगेका डा. भट्टराईले कन्दमूल गिठ्ठा र भ्याकुरका विभिन्न परिकार चाखेका थिए ।
पहाडी ढिस्कोबाट नजिक नदीउकास क्षेत्रमा बसाईं सरेका १३ घरपरिवारका बृद्धबृद्धा लालाबालासहित जाडो नभनी प्रधानमन्त्रीकहा“ आफ्नो दुःखेसो पोख्न आएका थिए । सोमबहादुर वनकरियाले आफूहरुले ६ महिना खानै नपाउने गुनासो पोखेका थिए । दुई खोलामाझ बस्ती रहेकोले वर्षामा त्रास रहनेप्रति उनले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए । उनले स्थानीयस“ग करिब डेढ घण्टा भलाकुसारी गरेका थिए । मकवानपुरआसपास बसोबास गर्ने वनकरिया जातिलाई केही समाजशास्त्रीले चेपाङ जातिकै रुपमा हेर्ने गरे पनि २०५९ सालको सूचीकरणले चेपाङभन्दा वनकरियालाई अलग्गै सूचीमा समेटेको छ । गाउ“मा बस्नुअघि उनीहरु चुरेघा“चमा बस्दथे भने उनीहरुलाई वनकरियाको नाममा नागरिकता प्रदान गरिएको छ । गणतन्त्र स्थापनापछि नेपाल सरकारले वनकरियासहित १० लोपोन्मुख जातिलाई मासिक ५ सय रुपिया“ भत्ता उपलब्ध गराउ“दै आएको छ ।