31.9 C
Makwānpur
Homeमुख्य समाचारयुवा सुधार्न सफल पुनर्स्थापनागृह

युवा सुधार्न सफल पुनर्स्थापनागृह

मञ्जिता मैनाली
हेटौंडा/कुनै पनि रासायनिक पदार्थ, जसको सेवन मानिसको केन्द्रीय स्नायु प्रणालीमा असर गरी सेवनकर्ताको भावना सोचाइ तथा शारीरिक अवस्थामा परिवर्तन ल्याउ“छ भने यसलाई लागुऔषध भनिन्छ । यसले मानसिक चेतना, अनुभूति र मनोभावनालाई प्रभावित पारेर बुझ्ने, सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउ“छ । युवालाई राज्यको कर्णाधारका रुपमा लिइन्छ । स्वस्थ्य युवा देशका कर्णाधार हुन्छन् । तर, देश विकासका आधार शक्ति नै जोखिम तथा धरापमा परेर राज्यले ठूलो संकट बेहोर्नुपर्ने हुन्छ । सुईद्वारा लागुऔषध प्रयोग गर्ने गरिएको छ । सानो उमेरका प्रयोगकर्ता विपन्न तथा ग्रामीण बस्तीमा रहेको पाइन्छ ।

लागुऔषधको जोखिम जुनसुकै उमेर, लिंग, वर्ग र पेशा समूहको व्यक्तिलाई पर्न सक्दछ । तर, केही कारण छन्, जसले गर्दा लागुऔषधको जोखिम बढाउन मद्धत गर्दछ । लागुऔषध प्रयोग गर्ने साथीको संगत, फेसन, मिडिया, बढ्दो सामाजिक कुरीति, विवाह, व्रतबन्ध, अन्नप्राशन तथा विभिन्न शुभकार्यमा मादकपदार्थ तथा सुर्तीजन्य पदार्थ प्रयोग बढ्दै जानु र विभिन्न धार्मिक कार्यमा गा“जा, भाङ र धतुरो प्रयोगलाई सामान्य परम्पराका रुपमा लिनु, चुरोट तथा मदिराको विज्ञापनमा प्रसिद्ध कलाकारलाई प्रयोग गरिनु र त्यसको नक्कल गर्ने बानीले पनि लागुऔषधको शिकार हुने सम्भावना प्रवल रहेको पाइन्छ ।

समयसापेक्षढंगले नेपालमा युवाहरु लागुऔषध प्रयोगकर्ता डरलाग्दोरुपमा बढ्दै गएको पाइन्छ । लागुऔषध प्रयोग गर्नेमा पुरुष र महिलाको संख्या उत्तिकै देखिन्छ । लागुऔषध प्रयोगकर्ता आफूलाई सहयोग गर्ने समूह निर्माण गर्दै उपचारको पह“ुचसम्म पुग्न सक्छन् । लागुऔषध प्रयोगकर्ता भनेर आफन्त तथा चिन्ने/जान्नेले देख्दा आफूलाई हेर्ने दृष्टि गलत हुने डरले कतिपय खुल्दैनन् । त्यसकारण उनीहरु बढी जोखिममा परिरहेको अवस्था छ । लागुऔषध प्रयोगकर्ता संगठित भएर आपसमा विचार, अनुभव आदानप्रदान गरी आफूलाई सबल र संगठित बनाउने वातावरण पाए उठ्न सक्षम हुने कुरामा दुईमत छैन ।

महिला हुन् वा पुरुष, लागुऔषध प्रयोगकर्ता पनि यसै समाजका सदस्य हुन् । सबै मान्छेको सोच्ने शक्ति र जिउने तरिका एउटै हु“दैन । र, कोही पनि मान्छे जान्दाजान्दै वा बुझ्दाबुझ्दै लागुऔषधको दलदलमा फस्दैन । विविध कारण र परिस्थितिले लागुऔषधमा फसेर उन्मुक्ति नपाइरहेकाको उद्धार र सहयोग गर्नु मानवीय धर्म मानिन्छ । पछिल्लो समय मकवानपुरमा लागुऔषध प्रयोगकताको संख्या बढ्दै गएको छ । लागुऔषधको दलदलमा अधिक युवाहरु फसिरहेका देखिन्छन् ।

लहलहै र बाध्यतामा परेर लागुऔषधको दलदलमा भासिन पुगेका उनीहरु उम्किन सकेका छैनन् । पढेलेखेका, उच्च घरानाका पनि कुलतमा फसेको पाइएको छ । लागुऔषध प्रयोगकर्ता मात्र नभइ कारोबारमा युवाहरु उत्तिकै लागिरहेका छन् । सेवन नगर्नेहरु पनि छिटो पैसा कमाउने लोभले कारोबारमा लागेको पाइएको छ । लागुऔषध ओसारपसार गरिदिने वा सम्पर्कस्थल बनेर कारोबारमा सघाउने गरेको पाइन्छ ।

मकवानपुरमा लागुऔषधको दलदलमा फसेकाहरुको उपचारका लागि २०७३ सालमा स्थापना भएको सिआन पुनर्स्थापना केन्द्र सञ्चालित छ भने कति युवाहरुलाई सुधार्न सफलसमेत भएको छ । सुध्रिनेको संख्या भन्दा बिग्रनेको संख्या बढ्दै गएको पछिल्लो तथ्यांकले देखाउ“छ । नियन्त्रणबाहिर गएपछि लागुऔषधको विकराल अवस्थालाई मध्यनजर गर्दै हेटौंडा–९, लामसुरेहाइटमा लागुऔषध तथा मादकपदार्थ पुरुष पुनर्स्थापनागृहले जोखिम मोलेर युवाको लागि काम गर्दै आएको छ ।

सिआन पुनर्स्थापनागृहमा हाल ४७ जना उपचाररत् तथा परामर्श लिरहेका छन् । २ हजार भन्दामाथि पुनर्स्थापित भइसकेको सिआन पुनर्स्थापनागृह सञ्चालक सौजन डीसीले जानकारी दिए । लागुऔषध, मादकपदार्थ, मानसिक समस्याको आवासीय उपचार तथा परामर्श सेवा दिइने गृहमा ९ जना युवाले रोजगारी पाएको उनले जानकारी दिए । उपचाररत् पुरुषहरुलाई उपचारस“गै विभिन्न प्रकारका तालिमसमेत दिने गरिएको उनले बताए । मकवानपुरमा लागुऔषध प्रयोगकर्ताका सुधारगृह थुप्रै छन् । लागुऔषध प्रयोगकर्ताका सुधार गृहहरुलाई रोजगारस“ग
जोड्न विभिन्न तालिमसमेत दिइएको डीसीले जानकारी दिए । यसै वर्ष गृह मन्त्रालय लागुऔषध नियन्त्रण शाखाद्वारा नगद एक लाखसहित पुनर्स्थापना केन्द्र सम्मानित भएको छ ।

पुनर्स्थापना केन्द्रबाट फर्कका व्यक्तिहरु प्रायः समाजमा अस्वीकार र भेदभावको सामना गर्नुपर्छ । यो उनीहरुको सामाजिक समावेशीकरणमा ठूलो अवरोध हुनसक्छ । केही अवस्थामा पुनर्स्थापित व्यक्तिको परिवार र समुदायले तिनीहरुलाई सहकार्य र समर्थन नगर्ने स्थिति देखिन्छ, जसले उनीहरुको मानसिक र सामाजिक पुनर्स्थापना प्रक्रियामा कठिनाइ पुर्‍याउन सक्छ । समाजमा काम, शिक्षा र अन्य अवसर अभावले तिनीहरुलाई समाजमा पुनएकीकृत गर्नमा समस्या उत्पन्न गर्दछ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here