31.9 C
Makwānpur
Homeमुख्य समाचारबढ्दो सुक्खाले बढाउ“दै ड“ढेलोको जोखिम

बढ्दो सुक्खाले बढाउ“दै ड“ढेलोको जोखिम

मनिता राना

हेटौंडा/मकवानपुरलगायत विभिन्न स्थानमा लामो समयदेखि पानी पर्न सकिरहेको छैन । पानी नपरी जाडो सुरु भएको थियो भने हाल पनि पानी नपरी गर्मी सुरु हुन थालिसकेको छ । कम पानी पर्नाले धुलोधु“वा बढ्दो छ भने मौसम परिर्वतन भएकै कारण मानिसहरुमा रुघाखोकीजस्ता स्वास्थ्यमा समस्याहरु देखिन थालेका छन् । पानी कम पर्नाले जमिन सुक्खा हुने र वनजंगलमा वनस्पति सुक्न थालेका छन् । नेपालको सन्दर्भमा ड“ढेलो लाग्ने कुनै प्राकृतिक कारण नभए पनि मानवीय लापरबाहीले वनमा आगो लाग्ने गरेको छ ।

नया“ घा“स पलाउने मान्यता र खेतबारिको सरसफाइका लागि आगो लगाउ“दा अनियन्त्रित भइ ड“ढेलो लाग्ने गरेको पाइन्छ । वनक्षेत्रमा घर भएका व्यक्तिहरुले खाना पकाएपछि आगो ननिभाउने, भोज गएका व्यक्तिले आगो ननिभाउने र रमाइलोका लागि वनमा आगो लगाउने गर्नाले ड“ढेलोको जोखिम हुन्छ । चुरोटका ठुटाहरु ननिभाइ जथाभावी फाल्दा पनि आगलागी हुने गरेको छ । कतिपय ठाउ“मा सामुदायिक वनका पदाधिकारीस“गको रिसले कार्यकाल कमजोर बनाउने उद्धेश्यले आगो लगाउने गरेको पाइन्छ ।

गत वर्षभन्दा यस वर्ष पानी कम परेकाले ड“ढेलोको जोखिम उच्च रहेको डिभिजन वन कार्यालयका हेटौंडाका सूचना अधिकारी वन अधिकृत दीपक अधिकारीले जानकारी दिए । ॅविगतका वर्षभन्दा यस वर्ष पानी कम परेका कारण ड“ढेलो लाग्ने जोखिम उच्च छ,’ उनले भने–गत वर्ष ६ सय ८५ हेक्टर क्षेत्रफलमा ड“ढेलो लागेको थियो ।

ड“ढेलोबाट हुने जोखिम न्यूनीकरणका लागि माघ २९ गते सरोकारवालास“ग बैठक बसेको र बैठकमा उच्च जोखिम देखिएका सामुदायिक वनमा अग्निरेखा बनाउने निर्णय भएको उनले जानकारी दिए । अग्निरेखाले भावी दिनमा ड“ढेलोबाट हुने क्षति कम हुने उनले बताए । ॅहाल सामुदायिक वनमा अग्निरेखा बनाउने कार्य भइरहेको छ,’ वन अधिकृत अधिकारीले भने–डिभिजन वन कार्यालय हेटौंडाअन्तर्गत् ८ वटा सबडिभिजन वन कार्यालयमार्फत् काम भइरहेको छ ।

प्रत्येक सामुदायिक वनमा फागुनदेखि जेठसम्म ४ महिनाका लागि ३/४ जनाको संख्यामा अग्निनियन्त्रण टोली खटाइएको उनको भनाइ छ । टोलीका सदस्य, अग्निनियन्त्रक, वनहेरालु र कार्मचारीलाई वन डिभिजन कार्यालयले १० लाखको विमा गरेको उनले बताए । डिभिजन वन कार्यालयले अग्निनियन्त्रण गर्ने सामग्री खरिद गरेको र सामुदयिक वन उपभोक्ता समूहलाई पनि खरिद गर्न लगाएको उनले बताए । आगलागी तथा ड“ढेलोका घटना, काठ तथा वन्यजन्तु चोरीतस्करी, उद्धार र डिभिजन वन कार्यालयस“ग सम्बन्धित गुनासोका लागि टोल फ्री नम्बर १८१०५०००१९३ मा सम्पर्क गर्न सकिने उनले जानकारी दिए । ड“ढेलोबाट हुने जोखिम न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको उनले बताए । चैत १ गतेदेखि एक साता ड“ढेलो सचेतना सप्ताह हुने उनले बताए ।

ड“ढेलो अन्य आगलागीभन्दा भिन्न प्रकृतिको हुने गर्दछ, जसको कारण यसको विशाल आकार, यसको उद्गमस्थानदेखि आगो फैलिने गति र यसको दिशा परिवर्तन वा खाली ठाउ“ जस्तै सडक, नदी आदिलाई उछिनेर अगाडि बढ्नसक्ने क्षमता हो । नेपाल विश्वको दोस्रो र दक्षिण एसियाको पहिलो बढी वनसम्पदा भइको देश हो । ॅहरियो वन नेपालको धन’ निकै पहिलेदेखि चलिआएको निकै प्रचलित उखान हो । नेपालमा रहेको वन विश्वव्यापी वातावरण सन्तुलन कायम गर्नका लागि महत्वपूर्ण सावित भएको छ । वन आमनागरिकको जीविकोपार्जन गर्न महत्वपूर्ण आधार बनेको छ । वनजंगलले जैविक विविधता कायम राख्न महत्वपूर्ण भूमिका खेलेको हुन्छ । वातावरण सन्तुलन कायम राख्न मद्धत गर्दछ । स्वच्छ हावा रुखबाट सिर्जना हुने गर्दछ । दैनिक जीवनयापनमा सहयोगी जस्तै घा“स, दाउरा, स्याउला संकलन गर्न, वनमा पाइने फलफुल, जडीबुटी संकलन गरी सोको उपभोग गर्ने तथा बेचबिखनवाट आम्दानी सिर्जना गर्न सकिन्छ ।

वनमा पाइने जडिबुटी औषधिको महत्वपूर्ण स्रोत हो । यसबाट घरेलु, आयुर्वेदिक, ऐलोपेथिकलगायत औषधि निर्माण गर्न सकिन्छ । काठदाउरा इन्धनको स्रोत पनि हो । वनजंगलले सम्भावित पहिरो रोकथाम गर्न, भूक्षयबाट जोगाउन, अतिवृष्टि, अनावृष्टि, खण्डवृष्टिबाट बचाउन पनि वनले मद्धत गर्दछ । नियमित वर्षा कायम राख्न पनि मद्धत गर्दछ । विभिन्न भौतिक संरचना निर्माण गर्न आवश्यक काठ वनजगंलबाट आपूर्ति गर्न सकिन्छ । वनमा हुने काठदाउरा बिक्रीबाट राजस्व संकलन गर्न तथा केही आर्थिक क्रियाकलाप बढाउन तथा रोजगारी सिर्जना गर्न सकिन्छ ।

वनड“ढेलोका कारण
हाल गर्मी मौसम बढिरहेको छ । वनजंगलमा रहेका रुखको पात सुकेर खस्ने तथा नया“ पालुवा पलाउने समय भएको छ । भुर्इंमा रहेको घा“स पनि पानीको अभावका कारण सुक्दै गएको देखिन्छ । जसको कारण जंगलमा क“ही कतैबाट सानो आगोको स्रोत प्राप्त हुनासाथ जंगलमा आगलागी हुनजान्छ । सुरुमा सानो रुप लिने आगोले ठूलो क्षति पुर्‍याउ“दछ । सानो मानवीय त्रुटिका कारणले वनजंगलमा ठूलो क्षति भएको देखिन्छ । हाल वनजंगलमा लाग्ने ड“ढेलोका प्रमुख कारण छन् ।

वनजंगलको छेउछाउमा घर हुने बसोबास गर्ने व्यक्तिले आफ्‌नो घरवरिपरि वनजंगल पातलो बनाउने बा“दर, ढेंडुबाट अन्न बाली क्षति पुर्‍याउन सक्ने हु“दा हिउ“दमा नजिकको वनजंगलमा आगो लगाउने चलन छ । जंगलमा बस्ने चराचुरुंगी तथा कीरा फट्याग्राबाट अन्न बालीमा हुने क्षति कम गर्ने भएकाले स्थानीयले नजिकको वनजंगलमा ड“ढेलो लगाउने गरेको देखिन्छ । बाक्लो बा“सको झ्याङमा हावाहुरी लाग्दा हुने घर्षणबाट पनि बा“सको झ्याङमा आगो सल्की अन्यत्र फैलनसक्छ । जंगलमा आगो लगाउ“दा पुरानो घा“स नष्ट हुने र नया“ पलाउने आश पनि स्थानीयमा देखिन्छ । वनमा वस्तु चराउन जने व्यक्ति तथा पतकर संकलन गर्न जाने व्यक्तिको सानो भुल जस्तै आगोस“ग जिस्कने बानी, चुरोट सल्काइ बेवास्ता गरी सलाईको का“टी तथा चुरोट जंगलमा ननीभाइ फाल्ने कारण वनमा ड“ढेलो फैलन गएको देखिन्छ ।

कुनै ठाउ“मा बिजुलीको पोलका रुपमा रुखलाई प्रयोग गरिएको पनि देखिन्छ । यसरी प्रयोग गरिने तार सर्ट हु“दा कहिले रुख तथा वनजंगलमा क्षति पुगेको देखिन्छ र सोबाट आगो सल्किन सक्दछ । हिउ“दको समयमा पर्ने चट्याङका कारण अग्ला ठूला रुखमा क्षति पुग्ने गरेको पनि देखिन्छ । नजिकको वनजंगलमा फालिएको आगो निभाउन स्थानीयले प्रयास गरेको देखि“दैन । स्थानीयले आफ्‌नो समुदायवरिपरि सल्केको आगो धेरै नफैल“दै ड“ढेलो निभाउन प्रयास गरेको देखि“दैन । सामुदायिक वनका जिम्मेवार पदाधिकारीहरु पनि ड“ढेलो निभाउन त्यति उत्साहित भएको देखि“दैन ।

वनजंगलमा ड“ढेलो लगाउने व्यक्तिलाई प्रचलित कानुनबमोजिम पहिचान गरी कानुनी दायरामा ल्याउन नसक्नु, पहिलेपहिले प्रत्येक टोलटोलमा पोखरी खनिएका हुन्थे । सार्वजनिक जग्गा, वनजंगल, बस्तु चराउने स्थलमा सार्वजनिक पोखरी, तलाउ, कुण्ड बनाइएको हुन्थे जसबाट वनजंगलमा लाग्ने सानातिना ड“ढेलो निभाउन सहयोग पुगेको देखिन्थ्यो । त्यस्तो पोखरी, तलाउ, कुण्डको पानि वनजंगल ड“ढेलोबाट जोगाउन सकिन्थ्यो । हाल त्यस्ता पोखरी, तलाउ, कुण्ड लोप ह“ुदै गएको देखिन्छ । जसका कारण केही हदसम्म ड“ढेलो फैलिन मद्धत पुगेको देखिन्छ ।

हाम्रो दैनिक जीवनमा गरिने सानो खेला“चीले वर्र्षौंदेखि हुर्काएको वनजंगल नोक्सानी भएको देखिन्छ । वनजंगलमा हुने ड“ढेलोका कारण जीवजन्तु, पशुपक्षीको आहार नष्ट हुन्छ । बस्ने बास नासिन्छ, कति त जलेर मर्दछन् । पानीका मुहान सुक्न जान्छन् । वायु प्रदुषणले विभिन्न रोग आदि निम्ताउ“छ ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here