हेटौंडा/मकवानपुरको इन्द्रसरोवर गाउ“पालिका–३, सिस्नेरीस्थित अदुवाबारीका ६४ वर्षका मीनबहादुर भ्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमाया भ्लोनलाई छोराको हत्या आरोपमा मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी निगरानीमा रहेका उनीहरुलाई बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा ल्याइएको हो । मकवानपुर प्रहरीको हिरासतमा राखेर भ्लोन दम्पत्तिमाथि अनुसन्धान थालिने मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए । उनीहरुमाथि ३१ वर्षीय छोरा भरतकुमार भ्लोनलाई कुटपिट गरी हत्या गरेको आरोप लागेको छ ।
पारिवारिक विवादमा कुटाकुट हु“दा तीन जना घाइते भएका थिए । जसमध्ये भरतकुमारको अवस्था गम्भीर थियो । उनको उपचारको क्रममा शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको हो । हत्या आरोप खेपेका भ्लोन दम्पत्ति भने हेटौंडा अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचार गराउनका लागि भक्तपुर लगिएको थियो ।
भक्तपुर प्रहरीको निगरानीमा रहेर उपचार गराएका उनीहरुलाई मकवानपुर प्रहरीमा ल्याइएको हो । ॅकुटपिटकै कारण मृत्यु भएको भन्ने आरोप छ । छानबिन गरेर ज्यानसम्बन्धि कसुरमा मुद्धा चल्छ,’ डीएसपी अर्यालले भने–पहिला हामी उहा“हरुको स्वास्थ्य स्थिति हेर्छौं । त्यसपछि मात्र अनुसन्धान प्रक्रिया अघि बढ्छ ।
कुटपिटमा मीनबहादुर र देवीकुमारी पनि घाइते भएका थिए । भरतकुमार र बाबु–आमाबीच सम्पत्ति भागबण्डाको विषयमा प्रायः घरझगडा पर्दै आएको थियो । उक्त दिन पनि सोही विषयमा विवाद हु“दा कुटाकुट भएको थियो । मीनबहादुर र देवीकुमारीले छोरा भरतकुमारलाई थाममा बा“धेर कुटपिट गरेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
झगडा भएको थाहा पाएपछि छिमेकीले इलाका प्रहरी कार्यालय सिस्नेरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा भरतकुमार अचेत अवस्थामा थिए भने भ्लोन दम्पत्ति घाइते अवस्थामा भेटिएपछि प्रहरीकै गाडीमा राखेर उनीहरु तीन जनालाई उपचारका लागि हेटौंडा अस्पताल ल्याएको थियो । कुटपिटबाट जेठो छोरा गम्भीर घाइते भएपछि कारबाहीबाट जोगिन भ्लोन दम्पत्तिले आ“खामा धुलो खुर्सानी छरेका कारण मान्छे चिन्न नसकेको बहाना बनाएका थिए । शुक्रबार सा“झ भ्लोन दम्पत्ति र छोरा भरतकुमारबीच झगडा भएको थियो । घरझगडा हु“दा बाबुआमाले कुटपिट गर्दा भरतकुमारको टाउको फुटेको र मस्तिष्कमा रगत जमेको कारण उनको मृत्यु भएको थियो । उनको शव माइला भाइ नवराज भ्लोनले बुझेर दाहसंस्कार गरिसकेका छन् ।