27.9 C
Makwānpur
Homeमुख्य समाचारहस्पिटलको बेडबाट मंगलको अनुरोध

हस्पिटलको बेडबाट मंगलको अनुरोध

बाजुरा/बाजुराको गौमुल गाउँपालिका वडा-२, मल्दुगनका मंगल रोकाया यतिबेला जीवनमरणको दोसाँधमा छन् । लामो समयदेखि अल्सरका बिरामी रोकाया यतिबेला उत्तराखण्डस्थित दहंश हस्पिटल भारतमा उपचाररत् छन् ।

‘हस्पिटलले अपरेसनका लागि पहिले काउन्टरमा रकम जम्मा गर्न भनेको छ । अस्पतालमा भर्ना भएको २७ दिन भयो, रकम जम्मा गर्न सकेको छैन । म बेडमै पल्टेको छु । डाक्टरले छिटो उपचार गर्नुपर्छ भन्छन्, मसँग कौडी पैसा छैन । कसरी जीवन बचाउने ?,’ उनले फेसबुक म्यासेन्जरमार्फत् म्यासेज गरेका छन् । दुब्लाउँदै गरेको शरीरको फोटो पोष्ट गर्दे उनले भने आन्द्रामा तीन वटा घाउ छन् । औषधि खाएर पहिलो अपरेसन गराएँ, ज्यान झन् घट्दै गएको छ । जिउ घटेर ३३ केजीमात्र छ,’ मंगलले भने ।

दिनको भारु तीन हजार आठ सय ७१ रुपियाँ उपचार खर्च हुन्छ । भएको सबै पैंसा सकियो उपचार भएको छैन । कोही दाताले ज्यान बचाइदिए हो । म त मृत्युसँग लडिरहेको छु,’ मंगलको दुःखेसो छ । नेपालमा महँगो उपचार खर्च बेहोर्न नसक्दा छोरीज्वाईंको सहारामा भारत आयौं । यहाँ उपचार राम्रो हुन्छ भन्ने सुनेका थियौं । छोराको हेरचाहले कतै काम गर्न पनि पाएको छैन । छोराको ज्यान बचाउनकै लागि भारत पुगेका छौं,’ मंगलका बुबा गोकणर्बहादुर रोकायाले भने ।

उनी सदरमुकाम मार्तडीमा किराना खुद्रा ब्यापार/व्यवसाय गर्दे आएका थिए । व्यवसायका लागि घरजग्गा बैंक र सहकारीमा धितो राखेका छन् । व्यापार पनि शून्य छ । घरजग्गा बेचर पनि उपचार गराउन खोज्दा किनिदिने मान्छे पनि भेटिँदैनन् । पैसा जम्मा गर्न नसके रिफर गरिदिने हस्पिटलले चेतावनी दिएको छ । ‘छोराको ज्यान बचाउने को दैव होला ?’ रोकायाले भने । हाल बिरामी मंगल रोकायाको फोटो सामाजिकसञ्जालमा छ । छोराको दयनीय अवस्था देखेर केही आफन्तजनले सहयोग त गरेका छन् । त्यसले पुग्ने अवस्था छैन ।

छोराको सहयोगका लागि मंगल रोकायाका नामको ग्लोबल आईएमई बैंकको खाता-११००७०१०००१२७४ सहित क्युआर कोड पनि सार्वजनिक गरेका छन् । ‘धेरै सामाजिक अभियन्तालाई अनुरोध गरें, मेरो ज्यान बचाउन पहल भएको छैन,’ मंगलले भने-म हार गुहार गर्छु मेरो उपचार भएभएको सम्पत्ति बेचेर सबैको ऋणचुक्ता गर्नेछु । मेरो ज्यान बचाइदिन सबैमा अनुरोध छ,’ हस्पिटल बेडबाट मंगलले अनुरोध गरेका छन् ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here