31.9 C
Makwānpur
Homeमुख्य समाचारहेटौंडा-१२ मा ६९ प्रतिशत् भोट

हेटौंडा-१२ मा ६९ प्रतिशत् भोट

हेटौंडा/स्थानीय तह उपनिर्वाचनअन्तर्गत् हेटौंडा-१२ मा मतदान प्रक्रिया सम्पन्न भएको छ । विहान ७ बजे सुरु भएको मतदान प्रक्रिया साँझ ५ बजेसम्म सञ्चालन भएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल ८ हजार ५३ मतदाता रहेको वडामा ५ हजार ४ सय ८६ मत खसेको हो । करिब ६९ प्रतिशत् भोट खसेको छ । वडाको विष्णुज्योति आधारभुत विद्यालय र प्रतिभा आविका ९ केन्द्रमा मतदान भएको थियो । विष्णुज्योति आधारभुत विद्यालयमा ४ र प्रतिभामा ५ वटा मतदानकेन्द्र थिए ।

स्थानीय तह उपनिर्वाचनअन्तर्गत् हेटौंडा उपमहानगरपालिका-१२ का १ सय २ वर्षका गोबिन्द लामिछानेले मतदान गरेका छन् । आइतबार वडाध्यक्षका लागि भएको मतदानमा उनी सहभागी भएका हुन् । उनले वडाको भोर्लेस्थित विष्णुज्योति आधारभुत विद्यालय मतदानकेन्द्रबाट मतदान गरेका हुन् । विहान ७ बजेदेखि सुरु मतदान कार्यक्रममा मतदाताको उत्साहजनक उपस्थिति देखियो ।

विहानी चिसोमा एक हातमा लौरो र भोटकार्ड बोकेर ९१ वर्षीया वीरमाया थिङ पनि मतदानस्थल पुगिन् । घरबाट आधा घण्टा हिँडेर बुहारी विन्दुको साथमा आएकी वीरमाया भोट हाल्नुपर्छ भनेर छोराबुहारी भनेको कारण आएको बताइ्न् । जन्मँदै शारीरिक अशक्तता भएका ४४ वर्षका लोकबहादुर थिङ आमा सानु थिङका सहारामा मतदान गर्न विष्णुज्योति आविस्थित मतदानकेन्द्रमा पुगेका थिए ।

२०७९ को स्थानीय तह निर्वाचनको तुलनामा उपनिर्वाचनमा १ हजार ५ सय ८८ मतदाता थपिएका छन् । मतदातामध्ये ४ हजार ४ सय २८ पुरुष र ३ हजार ६ सय २५ महिला छन् । मतदाताका लागि दुई स्थानमा मतदानको व्यवस्था गरिएको थियो ।

सिग्रेनीस्थित प्रतिभा आधारभुत विद्यालय मतदानकेन्द्रमा महिला १ हजार ६ सय ३६, पुरुष १ हजार ३ सय ७२, अल्पसंख्यक १ र खामबन्दी ३ गरी ३ हजार १२ मत खसेको छ । त्यहाँ ४ हजार ४ सय २८ मतदाता थिए । भोर्लेस्थित विष्णुज्योति आधारभुत विद्यालय मतदानकेन्द्रमा महिला १ हजार २ सय ९१, पुरुष १ हजार १ सय ८३ गरी २ हजार ४ सय ६४ मत खसेको छ । त्यहाँ ३ हजार ६ सय २५ मतदाता थिए ।

मतपेटिका ढुवानी गरी हेटौंडा-२ स्थित मतगणनास्थल सिद्धार्थ मावि ल्याइएको छ । सर्वदलीय बैठक बसेर रातिबाट मतगणना कार्य सुरु गरिएको मुख्य निर्वाचन अधिकृत अवनी मैनाली भट्टराई जनाएकी छन् । वडा अध्यक्षका लागि १२ उम्मेद्वार छन् । जसमध्ये ९ जना दलहरुबाट र ३ स्वतन्त्र उम्मेद्वार छन् । वडा अध्यक्षमा एमालेबाट राजेश नगरकोटी, कांग्रेसबाट अर्जुनप्रसाद तिवारी, माओबादी केन्द्रबाट रविन प्रधान, रास्वपाबाट आशावीर बल, राप्रपाबाट प्रेमबहादुर भोलन, जसपाबाट छविलाल वाइबा, मंगोल नेसनल अर्गनाइजेसनबाट दीपा लामा, नेमकिपाबाट फूलमाया तितुङ र एकीकृत समाजवादीबाट बलराम बल उम्मेद्वार छन् । वडा अध्यक्षका लागि स्वतन्त्रबाट अर्जुन घलान, गीताकुमारी नेवार र छत्रप्रकाश अधिकारी पनि उम्मेद्वार छन् । यसअघि माओबादीबाट विजयी ललित घलान जिल्ला समन्वय समितिका प्रमुख भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो ।

ताजा सन्देश

Leave a reply

Please enter your comment!
Please enter your name here