18.5 C
Makwānpur
Homeमुख्य समाचारपोलेको मकै बेचेर परिवारको जीविकोपार्जन
spot_img

पोलेको मकै बेचेर परिवारको जीविकोपार्जन

spot_img

मनिता राना

हेटौंडा÷जब खाजाखाने बेला हुन्छ, ३७ वर्षीया रञ्जना आलेको आवाज दोहोरिरहन्छ ।
आउनुहोस् हजुर, मकै खानुहोस्
रसिलो, पोषिलो, दूधिलो मकै
स्वादिलो नुन, खुर्सानी, टिमुर
खाए मकै, नखाए भोकै

- Advertisement - Ad Banner

हेटौंडा बजारनजिकको व्यस्त सडकमा सुनिने यस आवाजले पैदलयात्रुलाई मकैको ठेलासम्म तान्छ । सडक दायाँबायाँका व्यापारी र व्यवसायी पनि ठेलावरिपरि झुम्मिन्छन् । लाग्छ, उनको कुरा सबैले सुनिरहेका छन्, उनले भनेका कुरा मानिरहेका छन् । हेटौंडा हटियाकी आले ७ वर्षदेखि हेटौंडा–५, भैरवरोडस्थित नेपाल विद्युत् प्राधिकरण केन्द्रीय वर्कसपअगाडि मकै पोलेर आफ्ना परिवारको पेट पालिरहेकी छन् । उनले लामो समयदेखि यसरी जीविकोपार्जन गरिरहेकी हुन् । विहानभर घरमा पिसेर राखेको नुन खुर्सानी घोगाको खोस्टाबाट निकालेर कोइलामा मकै पोल्न व्यस्त छिन् आले ।

हरेक वर्ष मकैको सिजन सुरु भएपछि उनलाई मकै पोल्न भ्याइनभ्याइ हुन्छ । हाल हेटौंडा–१०, फरेष्ट्री नजिक २ वटा कोठा भाडामा लिइ १ छोरा, पति र आफू बसिरहेको उनी बताउँछिन् । हरेक दिन विहान छोरालाई स्कुल पठाएर दिउँसो फुर्सद्को समयमा आफू मकै पोलेर बस्ने गरेको उनी बताउँछिन् ।

‘विहान छोरालाई स्कुल पठाउँछु । अनि, फुर्सद्को समय यहाँ आएर मकै पोलेर बेच्ने गर्छु,’ उनले भनिन–काम सानै भए पनि आफंै काम काम गर्न सके कसैसामु हात फैलाउन जानुपर्दैन । हरियो मकै ठेकेदारले ल्याउने गरेको र उनीहरुबाट लिइ सडकछेउमा बसेर कोइलामा आगो फुकेर मकै बेच्न बस्ने गरेको उनले बताइन् । उनले सडकछेउमा मकै बेचेर दिनमा ५ सयदेखि ६ सयसम्म फाइदा हुने गरेको बताइन् ।

उनले पोलेको मकै दिउँसोको समयमा खाजाका लागि वरपरका कर्मचारी र बटुवाहरु आउने गरेको बताइन् । यसभन्दा पहिला बजारमा पनि ठेला राखेर मकै बेच्ने गरेको तर नगरपालिकाले बारम्बार दुःख दिन थालेपछि आफू प्राधिकरणनजिक बस्ने गरेको उनले बताइन् । ‘व्यापार गर्न त बजार एरिया नै सजिलो हुन्छ । तर, नगरपालिकाले बजारवरपर व्यापार गर्न दिँदैन । त्यही भएर यता बस्ने गरेकी छु’ उनले गुनासो सुनाइन् ।

लामो समयदेखि मकै बेच्ने गरेको र राम्रै कमाइ हुने गरेको उनले बताइन् । गर्मीमा घामको ताप, त्यसमाथि कोइलाको छेउमा बस्दा धेरै गाह्रो हुने र जाडो महिनामा अलि सहज हुने उनले बताइन् । चर्को घाम लागोस् वा गर्जेर पानी परोस्, उनलाई कुनै पर्वाह हुँदैन । सडकमा ठेला लिएर मकै बेच्न हिँड्दा ट्राफिक प्रहरीको खप्की सहनुपरेको उनले दुःखेसो गरिन् । पति ठेक्कापट्टा गर्ने भएकाले कहिले कमाइ हुने त कहिले नहुने हुँदा आप्mनै कमाइले घरमा नुन, तेलको जोहो भएको उनले बताइन् ।

आफूले पनि केही गरिदिँदा पतिलाई पनि सहज हुने उनी बताउँछिन् । ‘घर बसे पनि दिन कटाउन मुस्किल, बरु मकै बेचेर भए पनि केही आम्दानी त हुन्छ नि,’ भन्ने उनको आशय छ । पहिला पढ्न पाइनँ, भनेजस्तो जागिर गर्न पढाइ चाहिन्छ । अन्य काम गर्नका लागि सिप छैन । त्यसैले यही काम सहज लाग्ने गरेको छ,’ उनले भनिन् । दैनिक ६५ देखि ७० वटासम्म मकै बेच्न सके राम्रै आम्दानी हुने उनी बताउँछिन् ।

‘उमेरअनुसारको अन्य काम, पेसा÷व्यवसाय गर्न सकिँदैन । त्यसकारण यही पेसालाई निरन्तरता दिँदै आएकी छु । मैले पोलेको मकै सबैले असाध्यै मन पराउने हुँदा खुशी लाग्छ । सानै भए पनि स्वरोजगार हुँदा आफूलाई आवश्यक परेमा दुई–चार हजारका लागि अरुसँग हात थाप्नुपर्दैन,’ उनको भनाइ छ । बजारका अन्य खाजा खानुभन्दा स्वास्थ्यलाई पनि फाइदा हुने भन्दै मकै नै खान उनले आग्रह गर्दा आफू पनि हरेक दिन खाजा खाने समयमा उनले पोल्दै गरेको ठाउँमा आएर मकै खाने गरेको निर्मला लामाले बताइन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि