18.5 C
Makwānpur
Homeमुख्य समाचारगुप्तेश्वर-मकवानपुर क्याम्पस सम्झौता
spot_img

गुप्तेश्वर-मकवानपुर क्याम्पस सम्झौता

spot_img

हेटौंडा/गण्डकी प्रदेशकै उत्कृष्ट क्याम्पस गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखरा र वागमती प्रदेशको उत्कृष्ट क्याम्पस मकवानपुर बहुमुखी क्याम्पस हेटौडाबीच बिहीबार दुवै क्याम्पसले सहकार्य गर्नेसम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

कार्यक्रमका अध्यक्ष तथा गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस प्रमुख धर्मराज बरालले क्याम्पसमा कार्यरत् शिक्षक तथा कर्मचारी एवम् विद्यार्थीहरुका अनुभव आदानप्रदान गर्ने, अनुसन्धान कार्यमा सहकार्य गर्ने जस्ता क्रियाकलापले क्याम्पसको गुणस्तरीय शिक्षामा थप बल पुग्ने बताए । कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पस प्रमुख डा. यमबहादुर सिलवालले गुणस्तरीय शिक्षाका लागि गर्ने सहकार्य व्यवहारिकरुपमा फलदायी हुने बताए ।

- Advertisement - Ad Banner

कार्यक्रममा दुवै क्याम्पस प्रमुखले अनुसन्धान कार्यमा सहकार्य गर्ने, विद्यार्थी, शिक्षक तथा कर्मचारीका अनुभवहरु साटासाट गर्ने, शैक्षिक गुणस्तर वृद्धिका लागि विभिन्न सहकार्य गर्ने जस्ता विषयको सम्झौतापत्रमा हस्ताक्षर गरे । कार्यक्रममा विशेष अतिथि आदिकवि भानुभक्त क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले शुभकामना व्यक्त गरेका थिए भने मकवानपुर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख उत्तम अर्यालले मन्तव्य राखेका थिए ।

गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस, पोखराको सभाहलमा भएको कार्यक्रमको सञ्चालन आईक्युएसी प्रमुख राजकुमार सुबेदीले गरेका थिए भने अनुसन्धान समिति संयोजक तथा सहायक क्याम्पस प्रमुख मोहन भण्डारीले स्वागत मन्तव्य राखेका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि