हेटौंडा/‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नारासाथ शुक्रबार हेटौंडा उपमहानगर वडा नम्बर-१९ लाई ‘बालमैत्री; वडा घोषणा गरिने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै वडा सम्पर्क व्यक्ति मीना देबकोटाले वडाको पन्द्रसोला खेलमैदानमा निकृष्ट बालश्रममुक्त, बालविवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्न लागिएको जानकारी दिइन् ।
्बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकमा अभ्यास गरी ४४ वटा सूचक सत्प्रतिशत् र १ वटा सूचक ९८ प्रतिशत्, ३ वटा सूचक ९५ प्रतिशत् र बाँकी ३ वटा सूचक क्रमशः ९०, ८५ र ८० प्रतिशत्सम्म नतिजा हासिल भएको देबकोटाले बताइन् ।
‘बालबालिका लगानीका आधार हुन् । भावी समाज सभ्य, सुसंस्कृत एवम् जिम्मेवार बनाउन हाल नै सम्पूणर् बालबालिकाको चौतर्फी विकासमा जोड दिनुपर्छ,’ वीय विकासको गति बढ्दैन, तबसम्म भौतिक संरचना विकासले दिने प्रतिफल गुणस्तरीय हुन नसक्ने उनको विचार छ । ‘यसर्थ, सबै सरकार र सरोकारवाला पक्षको साझा बुझाइ निर्माण गर्दै भावीपुस्ता विकासमा एकसाथ लाग्नुपर्ने हुन्छ,’ उनले भनिन् ।
वडामा घरधुरी तथ्यांक संकलन २०७९ अनुसार १८ वर्षमुनिका बालबालिकाको जनसंख्या ३ हजार ३ सय ५० छ । जसमा १ हजार ६ सय २३ बालिका छन् । कुल बालबालिकाको जनसंख्यालाई आधार मान्दा ४८.४४ प्रतिशत् बालिका छन् । वडामा सामुदायिक, संस्थागत् र बालविकास केन्द्रसहित १० विद्यालय सञ्चालनमा छन् । समुदायस्तरमा १८ वटा बालसमूह र १ वटा बालसञ्जाल छ । जसमा ४ सय ५० बालबालिका आवद्ध छन् ।
वडामा मुख्यतया बालविवाह र बालश्रम जस्ता समस्याहरु धेरै रहेको वडाअध्यक्ष नरनाथ सुबेदीले बताए । ‘बालमैत्री वडा घोषणापश्चात् हामी बालविवाह र बालश्रमको समस्या न्यूनीकरणमा विशेष पहल गर्नेछौं,’ उनले भने । ‘नेपाल सरकारले सबै स्थानीय तहलाई २०८७ सम्म बालमैत्री बनाउने लक्ष्य लिएको छ । स्थानीय तहको आवधिक तथा वार्षिक योजनामा बालअधिकारका सवाललाई प्राथमिकता दिने, समुचित विकासका लागि आवश्यक पर्ने सबै सेवा, सुबिधामा हरेक बालबालिकाको पहुँच सुनिश्चित गराउने उद्धेश्य बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ को छ,’ उनले स्थानीय तहमा बालबालिकासँग सम्बन्धित नीति, योजना र कानुन तर्जुमा गर्दा बालबालिकाको सहभागिता गराउने, स्थानीय तहमा निर्माण हुने सबै भौतिक पूर्वाधार बालमैत्री बनाउने तथा बालबालिकाको हितविरुद्ध हुने सबै प्रकारका हिंसाको उन्मूलन गर्ने उद्धेश्य रहेको बताए ।
‘बालबालिका भविष्यका कणर्धारमात्र होइनन्, वर्तमानका साझेदार पनि हुन् । विद्यालय र टोलमा गठन हुने बालसमूहमा उनीहरुलाई सचेत गराउने, जिम्मेवार बनाउने र क्षमतावान् बनाउने अतिरिक्त क्रियाकलाप सञ्चालनको व्यवस्था मिलाइएको छ,’ उनले थपे-समय-समयमा बालबालिकासँग सम्बन्धित स्थानीय समस्या केके हुन्, समस्याका कारण केके हुन् र न्यूनीकरणका लागि कसले के गर्न सकिन्छ भन्ने सन्दर्भमा बालसमूहसँग अभिभावक संस्थाले अन्तत्र्रिmया गरेका छन् ।
बालसमूहलाई सामूहिक सरसफाइ, वृक्षरोपण, सिकाइ आदानप्रदान कार्यक्रम, हानिकारक अभ्यासविरुद्ध सचेतना, बालप्रतिभा प्रष्फुटन कार्यक्रमजस्ता कार्यक्रम गर्न लगाइ आवश्यक सहजीकरण गरिएको छ । यसले उनीहरु स्वयम्मा चेतना जागृत गराउनुका साथै सक्षम र जिम्मेवार नागरिक बन्न उत्प्रेरित गर्ने वातावरण प्रदान गरेको उनको बुझाइ छ ।
वडामा बालअधिकार समिति, बालसमूहहरु, बालसमूह सञ्जाल, टोलविकास संस्थाहरु, युवा क्लब, आमा समूहका साथै विभिन्न सामुदायिक संस्था क्रियाशील छन् । यसअघि उक्त वडा पूणर्खोप वडा, पूणर्साक्षर वडा र खुला दिसामुक्त वडा घोषणा भइसकेको छ । यसअघि हेटौंडा-८, ७, ९, ४,१७, २, १०, १५ र ११ नम्बर वडालाई बालमैत्री वडा घोषणा गरिसकिएको छ ।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघबाट पारित भएको अन्तर्राष्ट्रिय बालअधिकार महासन्धिको मूल मर्मअनुरुप तय गरिएका बालअधिकारका चार क्षेत्र र संस्थागत् विकाससमेतका ५१ सूचकमा आधारित भइ हरेक स्थानीय तहले उपलब्धि हासिल गर्न सक्ने हो भने समग्र बालबालिकाको उज्ज्वल भविष्यसँगै नेपाली समाजको समेत रुपान्तरण हुनेमा विश्वास लिइएको छ ।