Homeमुख्य समाचारसिआनलाई जापानी नागरिकको ५० हजार

सिआनलाई जापानी नागरिकको ५० हजार

हेटौंडा/सिआन पुनस्र्थापन केन्द्रलाई जापानी एक नागरिक बिमरा वाकाइले ५० हजार सहयोग गरेकी छन् । सामाजिकसञ्जाल मार्फत् देखेर सिआनले गरेको कामबाट प्रभावित उनले नेपाल आएको बेला सिआन कार्यालय पुगेर सहयोग गरेकी हुन् ।

आइतबार सिआन पुनस्र्थापना केन्द्र सञ्चालक तथा निर्देशक सौजन डीसीलाई उनले रकम हस्तान्तरण गरेकी थिइन् । करिब ३० वर्षअघि उनी नेपाल आएकी थिइन् । आफ्नो नेपाल भ्रमण यो दोस्रो पटक रहेको उनले बताइन् ।

२०७३ सालमा सञ्चालनमा आएको पुनस्र्थापन केन्द्रले लागुऔषधको दलदलमा फसेकामात्र नभइ मानसिक अवस्था ठीक नभएका बिरामीको समेत उपचार गरिरहेको र केहीलाई निको बनाइ पठाइसकिएको डीसीले बताए । हाल सिआनमा ६३ जना छन् । सिआन पुनस्र्थापन केन्द्रले केही महिनाअघि महिला पुनस्र्थापना केन्द्रसमेत सञ्चालनमा ल्याइएको छ ।

सिआनलाई जापानी नागरिकको ५० हजार सिआन एक स्वर्गीय बालकको सम्झनामा स्थापित भएको समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम हो । दुव्र्यसनमा फसेका युवालाई परामर्श तथा उपचार र सशक्तीकरणमा सक्रिय सिआन देशभरमा उत्कृष्ट काम गरेको भन्दै गृह मन्त्रालयले छनौट गरेको छ । गृह मन्त्रालयले अन्तर्राष्ट्रिय लागुऔषधविरुद्ध दिवसको अवसरमा असार १२ गते एक लाख पुरस्कार वितरण गरेको छ । सिआन पुनस्र्थापना केन्द्रमा हाल ६३ जनाले उपचारात्मक सेवा लिइरहेको सिआन सञ्चालक डीसीले जानकारी दिए । सिआनले उपचार र परामर्शसँगै जीविकोपार्जनका विभिन्न क्रियाकलाप सञ्चालन गरी युवा सशक्तीकरणको काम गरिरहेको छ ।

सेवाग्राहीले तिरेको मासिक १८ हजार रुपियाँ शुल्कबाट केन्द्र चलेको छ । केन्द्रले वार्षिक दुई जनालाई निःशुल्क ६ महिने आवासीय सेवा उपलब्ध गराउने गरेको पनि गरेको छ । यहाँ बसेर लागुऔषधको लत छुटाएकाहरु पछि सरकारी सेवामा प्रवेश गरेका छन् भने कोही निजी विद्यालयका सञ्चालकसमेत बनेका छन् । हाल ११ जना पूर्व सेवनकर्ताले त यहीं रोजगारी पाएका छन् । कृषि तथा हस्तकलाका विभिन्न कार्यक्रमहरु सञ्चालन गरी सिआनमा उपचाररत् युवालाई आर्थिक उपार्जनको क्षेत्रमा सक्रिय बनाउने काम गरिरहेको उनको भनाइ छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here