10.9 C
Makwānpur
Homeमुख्य समाचारउपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार नै ९ जना
spot_img

उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार नै ९ जना

spot_img

सुनिता बिष्ट

हेटौंडा/आइतबार हुने उपनिर्वाचनमा दोलखाको गौरीशंखर गाउँपालिकाको उपाध्यक्षका लागि पनि निर्वाचन हुँदैछ । जसका लागि १६ जना उम्मेदवारहरु चुनावी मैदानमा छन् । पालिकाको उपाध्यक्षका लागि ७ राजनीतिक दलले आफ्नो दलगत् उम्मेदवार खडा गरेका छन् भने ९ जनाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् ।

- Advertisement - Ad Banner

दलका भन्दा स्वतन्त्र उम्मेदवारको संख्या धेरै रहेको गौरीशंखरमा माओबादी केन्द्रबाट निमलेकी शेर्पा, एमालेबाट उमा लुंगेली मगर शेर्पा, कांग्रेसबाट पासदिकी शेर्पा, रास्वपाबाट गोमा श्रेष्ठ, नेकपा (एस) बाट रबिना खड्का, राप्रपाबाट मनकुमारी श्रेष्ठ र जनता समाजवादी पार्टीबाट सपना कार्की खड्का उम्मेदवार छन् ।

स्वतन्त्रबाट अप्सरा बिश्वकर्मा, अम्बिका श्रेष्ठ, दीपक तामाङ, दिलबहादुर बस्नेत, द्वारिका बुढाथोकी, पुष्पा कार्की, मधुरा कार्की, शिवशम्भु तामाङ र सर्किमा शेर्पा छन् । प्रदेश निर्वाचन कार्यालय वागमती प्रदेश हेटौंडाका प्रदेश निर्वाचन अधिकारी हरिप्रसाद ढकालका अनुसार १६ जना उम्मेदवारलाई निर्वाचन चिह्नसमेत प्रदान गरिएको छ ।

जसमा राजनीतिह दलका उम्मेदवारहरुलाई आआफ्नो निर्वाचन चिह्न प्रदान गरिएको छ । एमालेका उम्मेदवार उमा मगर शेर्पालाई सूर्य चुनाव चिह्न प्रदान गरिएको छ भने माओबादीकी निम लेकीलाई गोलाकारभित्रको हँसिया हथौडा, कांग्रेसकी पासदिकी शेर्पालाई रुख, रास्वपाकी गोमा श्रेष्ठलाई घण्टी, राप्रपाकी मनकुमारी श्रेष्ठलाई हलो, नेकपा (एस) की रबिना खड्कालाई कलम र जसपाकी सपना कार्कीलाई गोलाकारभित्र मुठ्ठी चुनाव चिह्न प्रदान गरिएको प्रदेश निर्वाचन अधिकारी ढकालले जानकारी दिए ।

स्वतन्त्र उम्मेदवारहरु अप्सरा बिश्वकर्मालाई सेलरोटीको चाङ, अम्बिका श्रेष्ठलाई आँखीझ्याल, दीपक तामाङलाई हजारी, दिलबहादुर बस्नेतलाई कागजको फिर्पिmरे, द्वारिका बुढाथोकीलाई चिम्टा, पुष्पा कार्कीलाई क्याप, मधुरा कार्कीलाई डाडुपन्यु, शिवशम्भु तमाङलाई बिजुलीको खम्बा र सर्किमा शेर्पालाई कपप्लेट चुनाव चिह्न प्रदान गरिएको ढकालले जानकारी दिए ।

गौरीशंखर गाउँपालिकाका तत्कालीन उपाध्यक्ष श्यामसुन्दर तामाङको ३१ असार २०८० मा निधन भएको थियो । मुटुरोगी उपाध्यक्ष तामाङको गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचार क्रममा मृत्यु भएको थियो । उनी नेपाली कांग्रेसका तर्फबाट गौरीशंखर गाउँपालिका उपाध्यक्ष निर्वाचित भएका थिए । उनको निधनपछि रिक्त रहेको उपाध्यक्षमा उपनिर्वाचन हुन लागेको हो । आउँदो उपनिर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेकी पासदिकी स्व. तामाङकी पत्नी हुन् ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि