Homeमुख्य समाचारसेवासुबिधामा अब्बल बनाउँदै अब्बलडाँडा टोल

सेवासुबिधामा अब्बल बनाउँदै अब्बलडाँडा टोल

हेटौंडा/टोल अर्थात् सानासाना बस्तीलाई प्रशासनिक एकाईं मानेर आवश्यकता, उपलब्ध साधन र अवसरबीच समन्वय गरी समस्या समाधान खोज्ने बहुप्रचलित प्रक्रियामा संस्था लागेको हेटौंडा-५ स्थित अब्बलडाँडा शान्तिपथ टोलविकास संस्थाले बताएको छ ।

‘विभिन्न निकायबाट प्रवाह हुने सेवामा टोलबासीको पहुँच वृद्धि गर्ने, उद्यम सिर्जना, विकास र प्रवद्र्धन, समानता, समता, सद्भाव, समझदारी, समन्वय र मेलमिलाप कायम गराउने, टोलबासीलाई निणर्य प्रक्रियामा अवसर र अधिकार प्रदान, टोलविकासको सामाजिक कार्यमा पारदर्शिता र सुशासनलाई बढाबा दिने कार्यमा लागेका छौं,’ शनिबार २३ औं वार्षिक साधारणसभामा टोलविकास अध्यक्ष अभिमन्यु गौतमले भने-सबै संस्थाको प्रवेशद्वारका रुपमा तथा संस्थागत् विकास कार्यक्रममा सहयोग, सहभागितात्मक योजना तर्जुमा, अनुगमन एवम् मूल्यांकन प्रक्रियामा सहभागी, टोलका सदस्यको वर्गीकरण र अभिलेख व्यवस्थित, टोलको समग्र विकासका लागि कार्यक्रम तय र वातावरणमैत्री तथा बालमैत्री नगर घोषणा गर्न आवश्यक सहयोग गर्ने हाम्रो लक्ष्य छ ।

अब्बलडाँडा शान्तिपथ टोलविकास संस्थाको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको हो । अब्बलडाँडा टोलविकास समिति अध्यक्ष गौतमको सभाध्यक्षमा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा-५ का अध्यक्ष सुशील घिमिरेको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा संस्था अध्यक्षद्वारा संस्थाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति विवरण पेश गरिएको थियो भने वार्षिक आर्थिक प्रगति विवरण कोषाध्यक्ष विष्णु ढुंगानाबाट र वार्षिक लेखा सुपरीवेक्षण प्रतिवेदन लेखा संयोजक बिनिता तिमल्सिनाबाट प्रस्तुत गरिएको थियो ।

सभामा टोलविकासमा रहिरहँदा भविष्यमा थोरै पनि आर्थिक संकट निम्तिनासाथ समाजमा बस्न चुनौती हुने हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख गंगाकुमारी चौलागाईंले बताइन् । टोलविकास संस्थाको महत्व समाजमा दर्शाउनु उत्तिकै महत्व भएको उनको भनाइ थियो । उनले स्थानीयस्तरको कार्यलाई वातावरणीय विकासनिर्माणसँग जोड्न टोलविकासले ध्यान दिनु आवश्यक भएको बताइन् ।

कार्यक्रममा ज्येष्ठ नागरिकतर्फ पुरुषोत्तम पराजुली र टीका गौतमलाई सम्मान गरिएको थियो भने संस्थागत् उत्कृष्ट बालबचततर्फ ऋृणा ढुंगेललाई सम्मानित गरिएको थियो । संस्थाले सञ्चालन गरेको बचत तथा ऋण कारोबारमा असल कारोबारतर्फ कुवेर पराजुली, २०८० को एसईईमा उत्कृष्ट जीपीए ल्याउने दीक्षान्त श्रेष्ठ, भुक्कु बोगटी, क्रिष्टिना सापकोटा, सँस्कार श्रेष्ठ, श्रृषा श्रेष्ठलगायतलाई कार्यक्रमा सम्मान गरिएको थियो ।

कार्यक्रममा टोलविकास संस्था वडा समन्वय समिति अध्यक्ष टीका खड्का, नगर समन्वय समिति सदस्य केशबप्रसाद अर्याल, टोलविकास संस्था नगर समन्वय उपाध्यक्ष विष्णु ढुंगाना, ज्ञानदीप शिक्षा निकेतनका प्राचार्य ईश्वर लामिछाने र जागृति बाल समूह अध्यक्ष सान्बी ढुंगेललगायतको उपस्थिति थियो ।

टोलविकास संस्था टोलबस्तीको समग्र विकासका लागि निश्चित भौगोलिक क्षेत्रका अधिकांश घरधुरीका प्रतिनिधिहरुको उपस्थितिमा विकासनिर्माण, सेवाप्रवाह र सामाजिक परिचालनको क्षेत्रमा काम गर्ने उद्धेश्यले गठन भइ वडा कार्यालयमा सूचीकृत भएको सामुदायिक संस्था हुन् । सहर बजारमा स्वस्फुर्तरुपमा बनेका टोल बस्तीलाई औपचारिकरुपले मान्यता दिने प्रचलन स्वायत्त शासन ऐन, २०५५ र स्वायत्त शासन नियमावली, २०५६ पछि सुरु भएको हो । नगरपालिकामा टोल सुधार समितिका नाममा संस्था गठन हुन थाले । २०६० तिर पूर्वाधार विकास, स्वस्थ्य वातावरण निर्माण, सेवासुबिधामा पहुँच वृद्धि जस्ता काममा टोल सुधार समितिहरु सक्रिय देखिएर यस अभ्यासले निरन्तरता पाउँदै आयो ।

मानिसमात्र होइन, सबै प्राणी समूह बनाएर बस्न चाहन्छन् । यो जन्मजात स्वभाव हो । बेग्लाबेग्लै घरमा बसेका जातजाति, भाषा, लिंग, धर्म, सँस्कृति, पेसा-व्यवसाय, शक्ति, सामथ्र्य, रुचि, प्रवृत्तिलगायत थुप्रै विविधता भएका मानिसहरु बसेका मानिसको समूह समाज हो । यस्तो विविधतामा वंशज र वातावरणको प्रभाव हुन्छ ।

ताजा सन्देश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here