18.5 C
Makwānpur
Homeमुख्य समाचारचन्दन स्वीट्सलाई ५० हजार जरिवाना
spot_img

चन्दन स्वीट्सलाई ५० हजार जरिवाना

spot_img

हेटौंडा/हेटौंडा उपमहानगरपालिका-४, कान्तिलोकपथस्थित चन्दन स्वीट्स एण्ड बेकरीलाई ५० हजार जरिवाना गराइएको छ । प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालको नेतृत्वको बजार अनुगमन टोलीले नियमविपरीत कार्य गर्ने चन्दन स्वीट्स एण्ड बेकरीलाई ५० हजार जरिवाना गराएको हो ।

उक्त मिठाइ पसलले लेवल नभएको घिउ बिक्री गरेको, उत्पादकको विवरण नखुलेको पाउरोटी, गुँदपाकलगायत खाद्य पदार्थ बिक्री गरेको पाइएकाले कारबाहीस्वरुप जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी चिलुवालको बताए । अनुगमनका क्रममा हिमालयन स्वीट्सलाई प्रयोगमा आइसकेको तेललाई बारम्बार प्रयोग नर्गन निर्देशन दिइएको थियो । सामान्य कैफियत देखिएको दाजुभाइ स्वीट्सलाई सुधार गर्न निर्देशन दिइएको अनुगमन टोलीले जनाएको छ ।

- Advertisement - Ad Banner

अनुगमन टोलीले जमादार फुड प्रालिलाई म्याद गुज्रिएको सामग्री राख्ने स्थान व्यवस्थित गर्न निर्देशन दिएको छ । आइतबार हेटौंडा बजार क्षेत्रका होटल, मिठाइ पसल, डिपार्टमेन्टल स्टोरलगायत अनुगमन गरिएको थियो । तिहारको समयमा अधिक खपत हुने भाइमसला, मिठाइलगायत दैनिक उपभोग्य बस्तुमा स्वस्थ्यता कायम राख्न अनुगमन गरिएको प्रमुख जिल्ला अधिकारी चिलुवालले बताए ।

प्रमुख जिल्ला अधिकारीसहितको संयुक्त बजार अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्का, सशस्त्र प्रहरी उपरीक्षक ज्ञानप्रसाद भुर्तेल, उद्योग तथा वाणिज्य कार्यालय प्रमुख रामप्रसाद भुसाल, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख काशीनाथ घिमिरेको सहभागिता थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि