33 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाभरतपुरमा यातायात व्यवस्थापन अब प्रभावकारी
spot_img

भरतपुरमा यातायात व्यवस्थापन अब प्रभावकारी

spot_img

चितवन÷ जिल्लाको सदरमुकामसमेत रहेको भरतपुर महानगरपालिकामा पर्ने मुख्य बजार क्षेत्रको यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन विभिन्न निर्णय गरिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको सभाध्यक्षतामा शनिबार बसेको यातायात व्यवस्थापन समितिको बैठकले लामो तथा छोटो दुरीका सवारी सञ्चालन, मालबाहक सवारीको रुट व्यवस्थापन, ध्वनि प्रदुषण नियन्त्रण, पार्किङ, टिकट काउन्टर व्यवस्थापन र सडक पूर्वाधार सुधारसम्बन्धि निर्णय गर्दै कार्यान्वयनमा ल्याइने जनाइएको छ ।

निर्णयअनुसार पूर्वी जिल्लाबाट काठमाडौं तथा पोखरा जाने यात्रुबाहक बस, मिनीबस, माइक्रोलगायत सवारीले अनिवार्यरुपमा केन्द्रीय बसपार्कमा पिक एण्ड ड्रप गरी केन्द्रीय बसपार्क चोक हु“दै बाइपास सडक प्रयोग गरी आ“पटारी चोकबाट बाहिरिनुपर्नेछ । पूर्वी जिल्लाबाट पश्चिमतर्फ जाने सवारीले केन्द्रीय बसपार्कमा पिक एण्ड ड्रप गरी चौबीसकोठी, लायन्सचोक हु“दै पुल्चोकबाट बाहिरिनुपर्नेछ ।

- Advertisement - Ad Banner

पश्चिम क्षेत्रबाट पूर्व तथा काठमाडौंतर्फ जाने यात्रुबाहक सवारीले केन्द्रीय बसपार्कमा पिक एण्ड ड्रप गरी केन्द्रीय बसपार्क चोक हु“दै गन्तव्यतर्फ जानुपर्नेछ । बागलुङ, पोखरा तथा काठमाडौंबाट पूर्व वा पश्चिम जाने सवारीले आ“पटारीबाट बाइपास सडक हु“दै केन्द्रीय बसपार्कमा पिक एण्ड ड्रप गरी गन्तव्यतर्फ जानुपर्नेछ ।

जिल्लाबाट पूर्व तथा पश्चिम जाने लामो दुरीका सवारीले अनिवार्यरुपमा केन्द्रीय बसपार्कबाट मात्र यात्रु लिनुपर्नेछ । चितवनबाट बागलुङ, पर्वत, पोखरा, स्यांजा, गोरखा र लमजुङ जाने बस तथा मिनीबस नारायणगढ (पोखरा) बसपार्कबाट क्यु लिइ आ“पटारी हु“दै बाहिरिनुपर्नेछ । महानगर क्षेत्रभित्र जथाभावी यात्रु चढाउने तथा ओराल्ने प्रयोजनका लागि सवारी रोक्न नपाइने निर्णय गरिएको छ । केन्द्रीय बसपार्क (पारस बसपार्क) र नारायणगढ (पोखरा) बसपार्कबाट क्यु लिइ सञ्चालन हुने बस तथा मिनीबसले रातिको पार्किङ सोही बसपार्कमा गर्नुपर्नेछ ।

भरतपुर महानगर क्षेत्रको रिङरोडमा चल्ने म्याजिकको क्यु र पार्किङ सम्बन्धित समितिले व्यवस्थापन गरेका स्थानमा हुनेछ र त्यसको जानकारी महानगर तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई दिनुपर्नेछ । भरतपुरबाट टा“डी, पर्सा, भण्डारा, लोथर जाने तथा त्यहा“बाट आउने बस र म्याजिकको क्यु तथा पार्किङ केन्द्रीय बसपार्कमा हुनेछ भने अन्तिम विन्दु लायन्सचोक तोकिएको छ ।

नारायणगढबाट कावासोती, डन्डा, हेटौंडा र वीरगञ्ज जाने बस तथा मिनीबसको क्यु लिने स्थान केन्द्रीय बसपार्क हुनेछ । सम्बन्धित बसपार्कबाट छुटेका मिनीबस तथा म्याजिकले तोकिएका स्थानबाहेक अन्यत्र पिक एण्ड ड्रप तथा पार्किङ गर्न पाउने छैनन् । स्थानीय सवारीको पिक एण्ड ड्रप स्थान महानगर, सडक डिभिजन कार्यालय, ट्राफिक प्रहरी र यातायात समितिको संयुक्त अनुगमनपछि निर्धारण गरिनेछ । भरतपुरबाट पश्चिम चितवनतर्फ जाने बस तथा म्याजिक चौबीसकोठी हु“दै लायन्सचोकबाट घुमाउनुपर्नेछ । सम्बन्धित स्थलबाट छुटेका सवारी तोकिएको अन्तिम स्थानसम्म अनिवार्य पुग्नुपर्नेछ ।

जिल्लाभित्र चल्ने लोकल मिनीबस, म्याजिक र अटो आआफ्नो क्यु छुट्ने पार्कबाट रुट नम्बरका आधारमा सञ्चालन गर्नुपर्नेछ । रुट नम्बर स्टिकर सम्बन्धित यातायात प्रालिले व्यवस्थित गर्नुपर्नेछ । भरतपुर महानगर क्षेत्रमा चल्ने अटो अनिवार्यरुपमा प्रालिमा दर्ता भइ सोही प्रालिको लोगो लगाएरमात्र सञ्चालन गर्नुपर्नेछ । लोगो नभएका अटो सञ्चालनमा रोक लगाइनेछ । अटो नवीकरण सम्बन्धित प्रालिको सिफारिसमा मात्र हुनेछ । अटोको रुट, सेक्टर विभाजन तथा रङ निर्धारण महानगरपालिका, यातायात व्यवस्था कार्यालय, ट्राफिक प्रहरी र सम्बन्धित प्रालिको सहकार्यमा गरिनेछ । रुट मार्किङ तथा स्टिकर व्यवस्था गरी तोकिएको रुटबाहेक अन्यत्र सञ्चालन निषेध गरिनेछ । तीनपांग्रे साना सवारीलाई बजार क्षेत्रको राजमार्ग प्रयोगमा पूर्ण रोक लगाइएको छ ।

नारायणगढ बजारको पुल्चोकदेखि पोखरा बसपार्कतर्फ जाने सडकमा विहान ८ देखि बेलुका ८ बजेसम्म ठूला मालबाहक तथा लामो दुरीका सवारी प्रवेश निषेध गरिएको छ । काठमाडौं तथा पोखराबाट आउने यस्ता सवारीलाई पनि सोही अवधिमा बजार प्रवेशमा रोक लगाइ बाइपास सडक प्रयोग अनिवार्य गरिएको छ । विहान ९ देखि बेलुका ७ बजेसम्म बजार क्षेत्रमा मालबाहक सवारीले लोडअनलोड गर्न पाउने छैनन् ।

गोन्द्राङदेखि पुल्चोक हु“दै आ“पटारीसम्म जथाभावी हर्न बजाउन निषेध गरिएको छ । पूर्वपश्चिम राजमार्ग, पुल्चोक–आ“पटारी सडक तथा बाइपास सडकको दाया“बाया“ भागमा निजी तथा भाडाका सवारी पार्किङ निषेध गरिएको छ । पुल्चोक, सहिदचोक, लायन्सचोक, चौबीसकोठी चोक र केन्द्रीय बसपार्क चोकलगायत स्थानमा रहेका विभिन्न यातायात प्रालिका टिकट काउन्टर, बसपार्क प्रयोग तथा कवाडी शुल्क उठाउने काउन्टर सात दिनभित्र हटाइ सम्बन्धित बसपार्कमा राख्नुपर्नेछ ।

केन्द्रीय बसपार्क चोकदेखि आ“पटारीसम्मको बाइपास सडकखण्डका जोखिमयुक्त मिडियन क्रसिङ सडक डिभिजन कार्यालयले बन्द गराउने निर्णय गरिएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् गोन्द्राङदेखि पुल्चोकसम्मको सर्भिस लेनलाई एकतर्फी बनाइ ट्राफिक व्यवस्थापन गरिनेछ । निर्णय कार्यान्वयनका लागि आवश्यक सामग्रीको बजेट भरतपुर महानगरपालिकाले सुनिश्चित गर्ने र आफ्नो कार्यक्षेत्रभित्रका सडक पूर्वाधार सडक डिभिजन कार्यालयले व्यवस्थापन गर्ने जनाएको छ ।

बैठकमा भरतपुर महानगरपालिका कार्यबाहक नगर प्रमुख चित्रसेन अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती, जिल्लास्थित सुरक्षा निकायका प्रमुख, सम्बन्धित कार्यालय प्रमुख, महानगरका कर्मचारी, विभिन्न यातायात प्रालिका प्रतिनिधि, उद्योग वाणिज्य संघ, यातायात व्यवस्था कार्यालय तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो । उनीहरुले निर्णय कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुका साथै आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । कार्यबाहक नगर प्रमुख अधिकारीले यातयात व्यवस्थापनको समस्या सामूहिकरुपमा समाधान गर्दै व्यवस्थित सहरीकरणमार्फत् भरतपुरलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी अर्यालले चितवन तथा भरतपुर देशकै मध्यभागमा रहेको हुनाले यातायात व्यवस्थापनलाई अनुशासित र प्रभावकारी बनाउन निर्णय कडाइसाथ कार्यान्वयन गरिने जानकारी दिए । महानगर प्रमुख प्रशासकीय अधिकृत भारतीले बजार क्षेत्रमा देखिएको पार्किङ समस्या समाधानका लागि बहुउद्धेश्यीय भवन निर्माण र सार्वजनिक–निजी पार्किङ क्षेत्रको प्रवद्र्धन आवश्यक रहेको उल्लेख गरे । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख अनिल थापाले जिल्लामा भएका सवारी दुर्घटनाको वर्तमान अवस्था, ट्राफिक व्यवस्थापनका चुनौती, सवारी व्यवस्थापनमा देखिएका कठिनाइ तथा सुधारका लागि आवश्यक योजना र निर्णयबारे जानकारी गराए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि