हेटौंडा/मकवानपुरको कैलाश गाउ“पालिकामा रहेका माध्यमिक विद्यालयस्तरीय सञ्चालन भएको पा“चौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको शिल्ड कैलाश–३ मा रहेको भवानी माध्यमिक विद्यालयले कब्जा गरेको छ । लगातार तीन पटकसम्म सर्वाधिक पदक विजेता भवानीले राष्ट्रपति रनिङ शिल्ड कब्जामा पारेको हो ।
प्रतियोगितामा भवानी मावि ८ स्वर्ण, ६ कास्य र ३ रजत पदक प्राप्त गर्दै प्रथम भएको हो । ५ स्वर्ण, ५ कास्य र ५ रजत पदक प्राप्त गर्दै कैलाश–१० को रत्नज्योति मावि द्वितीय भएको पालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख समीर जोशीले बताए । ४ स्वर्ण ४ कास्य र ५ रजत पदकस“गै कैलाश–९ को कालिका मावि तृतीय भयो ।
एथ्लेटिक्सतर्फ विभिन्न खेलका प्रतियोगिता गरिनुका साथै छात्रछात्रा भलिबलसमेत प्रतिस्पर्धा गरिएको थियो । छात्रतर्फको भलिबल प्रतियोगितामा रत्नज्योति माविले कमलादेवी माविलाई १९–२५, २५–२३, १५–११ मा पराजित गर्दै विजेता भएको थियो भने तृतीय स्थानमा भवानी मावि भएको थियो । छात्रातर्फ कमलादेवी मावि प्रथम, भवानी मावि द्वितीय र कालिका मावि तृतीय भएका थिए ।
एक्लेटिक्सतर्फ सय मिटर दौडमा कालिका माविका अमित प्रजा प्रथम, भवानी माविका आमोश प्रजा द्वितीय र रत्नज्योति माविका अनक मोक्तान तृतीय भए । छात्रातर्फ कमलादेवी माविकी प्रकृति सुबेदी प्रथम, रत्नज्योति माविकी सम्रता स्यांतान द्वितीय र धुवाङ माविकी सलिना मोक्तान तृतीय भएकी छन् ।
२ सय मिटर दौडमा भवानीका आमोश प्रजा प्रथम, कालिकाका अमित प्रजा र रत्नज्योतिका दिनेश सुनार तृतीय भए भने छात्रातर्फ धुवाङकी रेशमा स्यांबो प्रथम, व्यास माविकी मनिषा गुरुङ द्वितीय र भवानीकी अम्बिका स्यांबो तृतीय भए । ८ सय मिटर दौडमा रत्नज्योतिका अनक मुक्तान प्रथम, भवानीका सुनील चेपाङ द्वितीय र व्यासका सुजित बिष्ट तृतीय भएका छन् भने छात्रातर्फ भवानीकी बबिता प्रजा प्रथम, रत्नज्योतिकी नवीना दोङ दोस्रो र व्यासका अञ्जली थोकर तृतीय भएका छन् । ४ गुणा एक सय रिले दौडमा रत्नज्योति मावि प्रथम, कालिका मावि द्वितीय र भवानी मावि तृतीय भएका छन् भने छात्रातर्फ भवानी मावि प्रथम, व्यास मावि द्वितीय र धुवाङ मावि तृतीय भएको छ ।
लङजम्पतर्फ भवानी माविका आमोश प्रजा प्रथम, कालिकाका समर थिङ द्वितीय, रत्नज्योतिका दिवाकर प्रजा तृतीय भए भने छात्रातर्फ भवानीकी समुना मल्ल प्रथम, धुवाङकी रेशमा स्यांबो द्वितीय र कालिकाकी गोमा बर्तौला तृतीय भए । हाइजम्पतर्फ कालिकाका नवीन बिक प्रथम, भवानीका नवराज मुक्तान द्वितीय र रत्नज्योतिका विवेक जिम्बा तृतीय भए भने छात्रातर्फ कालिकाकी गोमा बर्तौला प्रथम, रत्नज्योतिकी सम्रता स्यांतान दोस्रो र कमलादेवीकी सदीक्षा गुरुङ तृतीय भए ।
ट्रिपलजम्प खेलमा रत्नज्योतिका अनक मोक्तान प्रथम, भवानीका अञ्जित थिङ द्वितीय र कालिकाका नेमा थिङ तृतीय भए भने छात्रातर्फ भवानीकी समुना मल्ल प्रथम र कालिकाकी शितल बर्तौला द्वितीय भए । सटपुटतर्फ भवानीका अञ्जित थिङ प्रथम, रत्नज्योतिका अदय मुक्तान र कालिकाका महेश थिङ तृतीय भए भने छात्रातर्फ भवानीकी सुस्मिता थिङ प्रथम, रत्नज्योतिकी दीपशिखा प्रजा द्वितीय र कालिकाकी सरिना थिङ तृतीय भए । ज्याभलिन थ्रोमा रत्नज्योतिका दिवाकर प्रजा प्रथम, भवानीका नवराज मोक्तान द्वितीय र व्यासका दरेश ब्लोन तृतीय भए भने छात्रातर्फ कालिकाकी उर्मिला मुक्तान प्रथम, कमलादेवीकी प्रिया थिङ द्वितीय र रत्नज्योतिकी प्रियातना थिङ तृतीय भए ।
भवानी माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज ओझाको सभाध्यक्षता तथा पालिका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम सञ्चालन भएको थियो । कार्यक्रममा अध्यक्ष मुक्तानले विद्यार्थी जीवनदेखि नै खेलतर्फ आर्कषण गर्न सके युवापुस्तामा खेलप्रति मोह जाग्ने बताए । विभिन्न विधामा प्रतियोगिता भएकाले विद्यार्थीहरुले आफूले सक्ने विधाका खेल खेलेर उत्कृष्टता देखाएको बताए ।
छनौट भएपछि जिल्लास्तरीय हु“दै प्रदेश र राष्ट्रियस्तरमा पनि खेल प्रदर्शन गर्न सकिन्छ । खेलकुदले विद्यार्थीलाई अनुशासनको दायरामा राख्नुका साथै शारीरिकरुपमा सुसंगठित बनाउने कार्य गर्ने उनले बताए । कार्यक्रममा पालिका उपाध्यक्ष बालकुमार मल्लले खेलकुदले विद्यार्थीहरुको पढाइस“गै जोडिएको एक माध्यम रहेको बताए । खेलकुदले शारीरिक र मानसिकरुपमा स्वस्थ्य बनाउन सहयोग पुग्नुका साथै खेलले विद्यार्थीलाई अनुशासनमा समेत राख्ने उपाध्यक्ष मल्लले बताए ।










