28.2 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडानेताहरुले गरे प्रतिबद्धता
spot_img

नेताहरुले गरे प्रतिबद्धता

spot_img

हेटौंडा/निर्वाचनका सन्दर्भमा बालअधिकार संरक्षणका लागि सरोकारवालाको भूमिकाबारे अन्तत्र्रिmया हेटौंडामा भएको छ । इन्सेक, सिजप र हिमाली नवीन समाजको संयुक्त आयोजना तथा चाइल्ड नेटवर्कको सहयोगमा कार्यक्रम गरिएको हो ।

इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेलको सभाध्यक्षतामा भएको कार्यक्रममा उपसभामुख अप्सरा चापागाईं प्रमुख अतिथि थिइन् । कार्यक्रममा उपसभामुख चापागाईंले बालअधिकार हनन् हुन नदिने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले फागुन २१ को चुनावमात्र नभइ नियमितरुपमा बालसंरक्षणका विषयमा ध्यान दिनु आवश्यक रहेको धारणा राखिन् ।

- Advertisement - Ad Banner

अन्तत्र्रिmयामा निर्वाचनमा बालअधिकार संरक्षणका लागि सरोकारवालाको भूमिकाबारे बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) का अध्यक्ष तिलोत्तम पौडेलले प्रस्तुतिकरण दिए । उनले विद्यमान कानुनी व्यवस्था, बालअधिकार, निर्वाचन आचारसंहिता २०८२ अन्तर्गत् पालना गर्नुपर्ने आचरण, बालबालिका स्वयम्‌को भूमिका, अभिभावक, निर्वाचन आयोग, राजनीतिक दल तथा उम्मेद्वारको जिम्मेवारीबारे प्रकाश पारे । खुला छलफलस“गै कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिले बालअधिकार संरक्षणमा प्रतिबद्धता जनाए । उनीहरुले यस्ता कार्यक्रम निर्वाचन लक्षितमात्र नभइ अन्य समयमा पनि सञ्चालन गरिनुपर्नेमा जोड दिए ।

हेटौंडा–११ स्थित सुधारगृहमा क्षमताभन्दा बढी बालकैदी राखिएको विषयमा समेत सहभागीले ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामा, नेपाली कांग्रेस जिल्ला प्रवक्ता अर्जुन चौलागाईं, नेकपा एमाले सचिव सीता बिष्ट, नेपाली कम्युनिष्ट पार्टी जिल्ला सदस्य प्रह्‌लाद लामिछाने, पत्रकार महासंघ बागमती प्रदेश अध्यक्ष कृष्ण सारुमगर, पत्रकार महासंघ जिल्ला अध्यक्ष बालकृष्ण अधिकारी, निर्वाचन कार्यालयका ताराप्रसाद आचार्य, सिविन प्रबन्धक झबिन्द्र ज्ञवाली, बालिका दुलही होइनन् अभियान अध्यक्ष प्रकाश खतिवडा, गैरसरकारी संस्था महासंघ बागमती प्रदेश अध्यक्ष कमलकुमार बिश्वकर्मा, मुख्य न्यायाधिवक्ता कार्यालयका सहन्यायाधिवक्ता राजेन्द्रमणि पौडेल, हिमाली नवीन समाज कार्यकारी निर्देशक रिजा महर्जन, केबी राना, मुख्यमन्त्री कार्यालयका कानुन अधिकृत बिनोद अमात्यलगायत मानवअधिकारकर्मीहरुले बालअधिकार संरक्षणका लागि प्रतिबद्धता व्यक्त गर्दै सरोकारवालाको भूमिकाबारे मन्तव्य राखेका थिए । निर्वाचनमा बालअधिकार संरक्षणमा दलका नेताले प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि