29.4 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाकैलाशका २५५ जनालाई एचपीभी खोप
spot_img

कैलाशका २५५ जनालाई एचपीभी खोप

spot_img

हेटौंडा/पाठेघरकोको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरसविरुद्ध एचपीभी खोप राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत् कैलाश गाउ“पालिकाले २ सय ५५ जनालाई एचपीभी खोप लगाउने भएको छ । पालिकास्तरीय खोप समन्वय समितिले बिहीबार अभिमुखीकरण कार्यक्रम गर्दै खोप सेवा सञ्चालन गरिने जनाएको हो ।

पालिका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माक“डेलको सभाध्यक्षतामा अभिमुखीकरण कार्यक्रम गरिएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शर्माले क्यान्सरजस्तो जटिल रोगको निदान गरिनुपर्ने भन्दै विद्यालयमा सहज वातावरण निर्माण गरी खोप कार्यक्रम सञ्चालन गर्न निर्देश दिएका छन् । कार्यतालिका बनाएर काम गर्न आग्रह गर्दै वडा तहबाट पनि आवश्यक समन्वय गरी लक्षित वर्गका किशोरीहरु पहिचान गरी खोप लगाउनुपर्ने उनले बताए । नेपालमा दैनिक सरदरमा ४ जनाको पाठेघरको क्यान्सरका कारण मृत्यु भइरहेको तथ्यांकहरुले प्रष्ट पारेका छन् ।

- Advertisement - Ad Banner

कार्यक्रममा वडा–९ का अध्यक्ष भुवनसिं घलानले गत वर्ष छुटेका किशोरीहरुलाई पनि समेट्दै खोप लगाउनुपर्ने बताए । उनले भौगोलिक विकटताले गर्दा विद्यालयबाहिर पनि लक्षित उमेर समूहका किशोरी रहेकाले वडातह र स्वास्थ्यकर्मीको साथमा विद्यालयले पनि सहयोग गरी खोप अभियान सञ्चालन गरिनुपर्ने बताए । यस वर्ष पालिकाभित्र २ सय ५५ जनामा खोप लगाइने स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतमले बताए । विद्यालयका दुई सय जना र गत वर्ष छुटनुका साथै विद्यालयबाहिरका ५५ जना गरी २ सय ५५ जनालाई खोप लगाइने गौतमले बताए ।

पालिकाको १० वटा सामुदायिक विद्यालयमा खोप अभियान सञ्चालन हुनेछ । जसमा वडा–१ मा ९ जना, वडा–२ मा २५ जना, वडा–३ मा ५४ जना, वडा–५ मा ९ जना, वडा–६ मा १९ जना, वडा–७ मा १९ जना र वडा–८ मा ८ जना, वडा–९ मा ३२ जना र वडा–१० मा २५ जना छात्रामा खोप लगाइने गौतमले बताए । विद्यालयका कक्षा–६ मा अध्ययनरत् छात्रालाई लगाइने खोप पाठेघरको मुखको क्यान्सरविरुद्ध हो । यसको रोकधाम गर्न प्राथमिक तहमा यस खोप दिने र यो खोप प्रारम्भिक किशोरावास्थामा दिनु बढी प्रभावकारी हुने भएकाले १० वर्षदेखि १४ वर्षसम्मका उमेरमा दिइने स्वास्थ्य प्रमुख गौतमले बताए ।

उनका अनुसार पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) सामान्य अवस्थाका महिलाहरुले भीआईए विधि (३० देखि ४९ उमेर समूह) हरेक ३ वर्षको अन्तराल र एचपीभी विधि ३० वर्ष उमेर माथिकाले हरेक ५ वर्षको अन्तरालमा गरिनुपर्ने बताए । क्यान्सर सुरुकै अवस्थामा निदान भयो भने उपचार गरेर निको हुने उनले बताए । गत वर्ष पालिकाभित्र एक हजार जनामा खोप लगाउने लक्ष्य राखे पनि ९ सय ५८ जनामा खोप लगाइएको गौतमले बताए । अभिमुखीकरण कार्यक्रममा वडा–९ का अध्यक्ष घलान, वडा–१० का अध्यक्ष सूर्यबहादुर ब्लोन, वडा–४ का अध्यक्ष तिलकबहादुर मोक्तान, स्वास्थ्य चौकी इञ्चार्ज, विभिन्न शाखाका प्रमुखहरुको उपस्थिति थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि