हेटौंडा/नेपाली कांग्रेसका नेता कुन्दनराज काफ्लेले केन्द्रीय समितिमा रहेकाहरु स्वतः प्रतिनिधि हुने व्यवस्था खारेज गर्न माग गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य काफ्लेले यस्तो व्यवस्था लोकतन्त्रको मान्यताविपरीत भएको बताए ।
लोकतन्त्रमा हरेक पद, हरेक प्रतिनिधि र हरेक जिम्मेवारीको समयसीमा हुन्छ । यो आवधिक हुन्छ । यो पुनः अनुमोदन हुनुपर्ने हुन्छ । तर, लोकतन्त्रको खसोखास गरिमा र सौन्दर्यको पर्याय हाम्रो दल नेपाली कांग्रेसमा केन्द्रीय संरचनामा छानिएका र तानिएका हिस्सेदारहरु स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था हाम्रो दलको चरित्रस“ग मिल्दो छैन,’ कांग्रेस नेता काफ्लेले भने–सीधा भन्दा कुनै पनि व्यक्ति पार्टीको महाधिवेशनमा स्वतः प्रतिनिधि हुने प्रावधान खारेज हुनुपर्छ । जोसुकै होस्, जहा“को होस्, जे पदको होस् । उसले महाधिवेशन प्रतिनिधि बन्नका लागि जनअनुमोदनको प्रक्रिया छिचोल्न पर्छ । नया“ महाधिवेशनअघि यस्तो विरोधाभाषपूर्ण प्रावधान खारेज होस् भन्ने माग सकल कांग्रेससमक्ष राख्न चाहन्छु ।









