10.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाजलवायु परिवर्तनसम्बन्धि छलफल
spot_img

जलवायु परिवर्तनसम्बन्धि छलफल

spot_img

हेटौंडा/हेटौंडामा जलवायु परिवर्तनसम्बन्धि छलफल तथा सुझाव संकलन कार्यक्रम गरिएको छ । संघीय वन तथा वातावरण मन्त्रालय र बागमती प्रदेशको वन तथा वातावरण मन्त्रालयको आयोजनामा जलवायु परिवर्तन तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजना तेस्रो मस्यौदा प्रतिवेदनको प्रदेशस्तरीय छलफल तथा सुझाव संकलन कार्यशाला हेटौंडामा भएको हो ।

कार्यक्रमको बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरतबहादुर केसीले उद्घाटन गरे । कार्यक्रममा उनले जलवायु परिवर्तनका कारण धेरै खालका समस्या बढ्दै गएकाले हरेकले आफ्‌नो क्षेत्रबाट काम गर्नुपर्ने बेला आएको बताए । मन्त्रालयका सचिव डा. केदार बरालको सभाध्यक्षता तथा वन निर्देशनालयका निर्देशक विद्यानाथ झालगायतको आतिथ्यतामा भएको कार्यक्रममा सहभागीहरुलाई स्वागत तथा कार्यक्रमको उद्धेश्यमाथि वन विभागका उपसचिव सुजल सुबेदीले प्रकाश पारेका थिए । कार्यक्रममा प्राविधिक प्रस्तुतिकरण, समूह कार्य, समूहमाथिको प्रस्तुतिपछि समापन गरिएको थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि