हेटौंडा/नेकपा एमालेको केन्द्रीय सदस्यमा मकवानपुरका ६ जनाले उम्मेद्वारी दर्ता गरेका छन् । सोमबार काठमाडौंमा जारी चुनावी प्रक्रियाअन्तर्गत् मकवानपुरबाट केन्द्रीय सदस्यका लागि ६ जनाले उम्मेद्वारी दर्ता गराएका हुन् ।
जिल्लाका ४ नेताले संस्थापन प्यानलबाट उम्मेद्वारी दिएका हुन् भने २ नेताले इतर प्यानलबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका हुन् । एमाले अध्यक्ष केपी शर्माओली प्यानलबाट रामेश्वर राना, महेशकुमार बर्तौला, भारती पाठक र एकालाल श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका हुन् भने इतर अर्थात् ईश्वर पोखरेलको प्यानलबाट कृष्णप्रसाद दाहाल र देवकृष्ण विकल केन्द्रीय सदस्य उम्मेद्वार बनेका हुन् ।
रानाले बागमती प्रदेश भुगोलतर्फबाट खुला सदस्यमा उम्मेदवारी दिएका हुन् भने बर्तौलाले युवातर्फ खुला सदस्यमा उम्मेद्वारी दर्ता गराएका हुन् । भारती पाठकले खुला महिला कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराउ“दा श्रेष्ठले जनजाति कोटाबाट केन्द्रीय सदस्यमा उम्मेद्वारी दर्ता गराएका हुन् ।
ईश्वर प्यानलबाट दाहाल खुला सदस्यतर्फका उम्मेद्वार हुन् भने विकल दलित कोटातर्फका उम्मेद्वार हुन् । दाहालले एमाले बागमती प्रदेश कमिटीको अध्यक्षमा पराजय भोगेका थिए । २०८० असोज ८ र ९ गते काठमाडौंमा सम्पन प्रदेश कमिटीको निर्वाचनमा कैलाश ढुंगेलस“ग पराजय भोगेका दाहाल पार्टीको इतर समूहको प्यानलबाट केन्द्रीय सदस्य उम्मेद्वार बनेका हुन् । एमाले अध्यक्ष ओलीनिकट ढुंगेलस“ग २ सय ५७ मतान्तरले पारजित भएका दाहाल पोखरेल प्यानलबाट केन्द्रीय सदस्यका लागि चुनावी मैदानमा होमिएका हुन् । दाहाल प्रतिनिधिसभाका पूर्वसांसद् हुन् । २०७४ को प्रतिनिधिसभा निर्वाचनमा उनी नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
ओली प्यानलबाट केन्द्रीय सदस्य उम्मेद्वार बनेका बर्तौला, राना र पाठक पुनः केन्द्रीय कमिटीमा दोहोरिन लागेका हुन् भने श्रेष्ठ एमाले प्रदेश कमिटीबाट केन्द्रीय सदस्य बन्न लागेका हुन् । ईश्वर प्यानलबाट केन्द्रीय सदस्य उम्मेद्वार बनेका दाहाल एमाले मकवानपुर पूर्वसहसचिव हुन् भने विकल जिल्ला सदस्य हुन् । महाधिवेशनबाट नया“ केन्द्रीय नेतृत्व चयन भएस“गै पार्टीले आगामी निर्वाचन, संगठन विस्तार र सरकारस“गको सम्बन्धलाई कसरी अघि बढाउ“छ भन्ने चासो व्यापक छ । मकवानपुरबाट कोको केन्द्रीय कमिटीमा प्रवेश गर्छन् भन्ने विषयले जिल्लाको भावी नेतृत्व संरचना र स्थानीय राजनीतिसमेत प्रभावित गर्ने देखिन्छ ।
नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यक्रम संशोधन गरिएको थियो । केन्द्रीय निर्वाचन आयोगले सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो । संशोधित तालिकाअनुसार उम्मेद्वारी दर्ता गर्ने समय दुई घण्टा थप गरिएको थियो । सूचनामा भनिएको छ–महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा सदस्यहरुको निर्वाचन प्रयोजनका लागि पार्टीको विधान, निर्वाचन नियमावलीसमेतको अधिनमा रही केन्द्रीय निर्वाचन आयोगको निर्णयानुसार यसअघि प्रकाशित सूचनामा संशोधन हुने भएकोले संशोधित निर्वाचन कार्यक्रम प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।
्
एमालेको नया“ नेतृत्व चयनका लागि आज (मंगलबार) विहान ११ बजेदेखि सा“झ ५ बजेसम्म अधिवेशनस्थलमा मतदान हुनेछ । यसअघि विहानदेखि मतदान हुने कार्यक्रम तय गरिएको थियो । उम्मेद्वारी दर्तामा ढिलाइ भएपछि मतदानको समय सारिएको निर्वाचन आयोगले जनाएको छ । मतदान सम्पन्नपश्चात् मतगणना हुने बताइएको छ ।









