हेटौंडा/वागेश्वरी टोल विकास संस्थाको आयोजनामा हेटौंडा–११ मा रहेको हेटौंडा एकेडेमीको खेलमैदानमा शनिबार सम्पन्न सहिद स्मारक प्रिमियर लिग नवलपुर टाइटन्सले जितेको छ ।
सम्पन्न फाइनल खेलमा नवलपुर टाइटन्सले गोल्फिन्टार किङ्ग्सलाई ८ विकेटले पराजित गरेको छ । टस जितेर नवलपुर टाइटन्सले पहिला फिल्डिङ रोजेपछि गोल्फिन्टार किङ्ग्सले १९ ओभरमा १० विकेट क्षतिमा ९१ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको नवलपुर टाइटन्सले १० ओभरमा २ विकेट क्षतिमा विजयी लक्ष्य पूरा गरेको हो । फाइनलमा म्यान अफ दी म्याच नवलपुर टाइटन्सका असिम श्रेष्ठ घोषित भए । उनले नगद १ हजार प्राप्त गरे ।
प्रतियोगितामा विजेता टोली नवलपुर टाइटन्सले नगद ५० हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको गोल्फिन्टार किङ्ग्सले २५ हजार, शिल्ड, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगिताका वेष्ट बलर थानाभर्याङ म्याब्रिक्सका अहमद राजा र वेष्ट ब्याट्सम्यान नवलपुर टाइटन्सका युबिन बुढाथोकीले नगद ५/५ हजार प्राप्त गरे भने म्यान अफ दी सिरिज ह“ुदै गोल्फिन्टार किङ्ग्सका रमेश लुईंटेलले १० हजार प्राप्त गरे । लिगमा गोल्फिन्टार किङ्ग्स, बागथली वारियर्स, नवलपुर टाइटन्स र थानाभर्याङ म्याब्रिक्स र हेटौंडा एकेडेमी गरी पा“च क्लबको सहभागिता थियो । सहिद स्मारक प्रिमियर लिग हेटौंडा एकेडेमीको खेलमैदानमा मंसिर २० गतेबाट सञ्चालन भएको थियो ।









