हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ नुवाकोटको बेलकोटगढी नगरपालिका–१३ र लिखु गाउ“पालिका–३ जोड्ने सुपारीखोल्ची पुलको शनिबार उद्घाटन गरेका छन् ।
उक्त पुल बागमती प्रदेश सरकारको आठ करोड ७८ लाख लगानीमा निर्माण गरिएको हो । विसं २०८१ असार १४ मा भएको सम्झौताअनुसार जयविष्णु निर्माण सेवा प्रालिले २०८२ असोज १३ मा काम सम्पन्न गर्न भनिएकोमा दुई महिनाअघि नै पूरा गर्दै पुल सञ्चालनमा ल्याएको थियो । (उयय)ि









