हेटौंडा/भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा मृत्यु भइ शहीद सूचीमा परेका ४५ जना जेनजी तथा अमर प्रहरीको नाम जिल्ला प्रशासन कार्यालयमा राखिएको छ ।
गृह मन्त्रालयको निर्देशनअनुसार तीन दिनभित्र नामावली सार्वजनिक गर्न सूचना आएपछि मंसिर २३ गते जिल्ला प्रशासन कार्यालय मकवानपुरमा प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीको कार्यकक्षमा ४५ जनाको नामावली टा“सिएको अधिकारीले जानकारी दिए । गृहमन्त्रीस्तरीय निर्णयअनुसार उक्त प्रक्रिया निर्धारित समयमै पूरा गरिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए ।









