10.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडारिद्धिसिद्धिले पायो राष्ट्रिय वनको २१.६३ हेक्टर
spot_img

रिद्धिसिद्धिले पायो राष्ट्रिय वनको २१.६३ हेक्टर

spot_img

हेटौंडा/रिद्धिसिद्धि सिमेन्ट लिमिटेडले मकवानपुरको भीमफेदी गाउ“पालिका–७ मा रहेको राष्ट्रिय वनको २१.६३ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति पाएको छ । बाबा माइन्स एण्ड मिनिरल्सले मकवानपुरकै भीमफेदी गाउ“पालिका–५ मा रहेको राष्ट्रिय वनको ४.९९ हेक्टर जग्गा पंयोग अनुमति पाएको छ ।

सार्वजनिक भएको मन्त्रिपरिषद्को निर्णयअनुसार बिगप्लस मिनिरल्स प्रालिलाई ग्रेनाइट उत्खनन्‌का लागि मकवानपुरको भीमफेदी गाउ“पालिका–५ मा रहेको राष्ट्रिय वनको ४.४८ हेक्टर जग्गा र अन्नपूर्ण मिनिरल्स प्रालिलाई फलाम उत्खनन्‌का लागि मकवानपुरको बागमती गाउ“पालिका–६ मा रहेको राष्ट्रिय वनको ४.९६ हेक्टर जग्गा प्रयोगको स्वीकृति दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

- Advertisement - Ad Banner

पा“च कम्पनीले चुनढुंगा उत्खनन्‌का लागि राष्ट्रिय वनभित्रको जग्गा प्रयोग गर्ने स्वीकृत पाएका हुन् । मंसिर १५ गते बसेको मन्त्रिपरिषद् बैठकले ५ कम्पनीलाई चुनढुंगा उत्खनन्‌का लागि राष्ट्रिय वनभित्रको जग्गा प्रयोग गर्न दिने स्वीकृति दिएको हो । राष्ट्रिय वनको जग्गा प्रयोग गर्न स्वीकृति पाउने कम्पनीमा शक्ति मिनिरल्स प्रालि, त्रिशक्ति होल्डिङ्ग्स प्रालि, रिद्धिसिद्धि सिमेन्ट, बाबा माइन्स एण्ड मिनिरल्स प्रालि, केके लाइम्स एण्ड इन्डस्ट्रिज प्रालि छन् । स्वीकृति पाएको शक्ति मिनिरल्स प्रालिले चुनढुंगा उत्खनन्‌का लागि पाल्पाको माथागढी गाउ“पालिका–७, धनुषामा रहेको राष्ट्रिय वनको २१.४१ हेक्टर जग्गा प्रयोग गर्न पाउने छ ।

त्रिशक्ति होल्डिङ्सले चितवनको राप्ती नगरपालिका–१३ मा रहेको राष्ट्रिय वनको २०.१४ हेक्टर र केके लाइम्स एण्ड इन्डष्ट्रिजले उदयपुरको चौदण्डीगढी नगरपालिका–८ मा रहेको राष्ट्रिय वनको २ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति पाएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि