हेटौंडा/नेकपा एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टीको ११ औं महाधिवेशनका लागि प्रतिनिधि बन्न उम्मेद्वारी दर्ता गराएका छन् । सवारी दुर्घटनामा परेर सात महिनादेखि उपचाररत् पोखरेलले बुधबार पार्टी कार्यालय हेटौंडामा वारेसनामामार्फत् आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन् ।
काठमाडौंमा उपचाररत् पोखरेलले टेलिफोनमा भने–आउ“दो महाधिवेशनमा सामूहिक नेतृत्व र व्यक्तिगत् जिम्मेवारीबहन गर्दै मैले प्रतिनिधिमा उम्मेद्वारी दर्ता गराएको छु । अध्यक्ष पोखरेलले स्वास्थ्य सुधारोन्मुख भइरहेको जानकारी गराउ“दै छिट्टै पार्टी काममा फर्किने पनि बताए । उनका अनुसार केही दिनमा शल्यक्रियाको तयारी भइरहेको छ । त्यसअघि परिवारका सदस्यको पनि शल्यक्रिया रहेकाले आफू अस्पतालमा रहिरहेको जानकारी दिए ।
मकवानपुरको क्षेत्र नम्बर–१ र २ बाट १६ जना प्रतिनिधि चयनका लागि ८० जनाले निर्वाचन प्रक्रियामा भाग लिन उम्मेद्वारी दर्ता गराउ“दा पोखरेलले १ नम्बर क्षेत्रबाट मनोनयन गराएका हुन् । प्रतिनिधि चयनका लागि सर्वसम्मत्को प्रयास भइरहेको र सर्वसम्मत्को अवस्था नआए १३ मंसिरमा मतदानमार्फत् प्रतिनिधि चयन हुने जनाइएको छ ।









