हेटौंडा/होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशले रैथाने खाना महोत्सव गर्ने भएको छ । संघको बागमती प्रदेश कमिटीको तेस्रो पूर्ण बैठकले प्रदेशअन्तर्गत् १३ वटै जिल्लामा महोत्सव आयोजना गर्ने निर्णय गरेको अध्यक्ष दामोदर नेपालले जानकारी दिए ।
बैठकले व्यवसायी र प्रतिष्ठानमा कार्यरत् कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि आतिथ्यता व्यवस्थापन तालिम र डिजिटल क्षमता अभिवृद्धि तालिम आयोजना गर्नेलगायत निर्णय गरेको छ । सबै जिल्ला संघहरुलाई प्रविधिमैत्री बनाएर जिल्लाभित्रका पर्यटकीय, धार्मिक, ऐतिहासिक, पुरातात्विक, सा“स्कृतिक आदि सम्पदाको आन्तरिक तथा वाह्यरुपमा प्रचारप्रसार एवम् प्रवद्र्धन गर्ने उद्धेश्यसाथ सबै जिल्ला संघहरुका आआफ्ना वेबसाइट निर्माण गर्ने पनि निर्णय गरिएको छ ।









