9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेरेर बस्ने बानी नै छैन हेटौंडामा यौनधन्दा, हनीट्रयाप र कर दादागिरी
spot_img

हेरेर बस्ने बानी नै छैन हेटौंडामा यौनधन्दा, हनीट्रयाप र कर दादागिरी

spot_img

हेटौंडा/हेटौंडामा मौलाएको बेथिति अन्त्यका लागि उपभोक्तावादी, सुधारवादीको सक्रियता नदेखिएको गुनासो बढेको छ । हेटौंडाबाहिर हेर्दा चमकधमकले बागमती प्रदेशको राजधानी बनेर सबैको ध्यान केन्द्रित भइरह“दा भित्रभित्रै विकृति पनि उस्तै झांगिएको पाइएपछि अनुगमन शुरु भएको छ ।

हेटौंडा बसपार्कका केही होटलमा यौनधन्दा चलेको चर्चापछि स्थानीय प्रशासनले अनुसन्धान गर्दा अनेक तथ्य भेटिएका छन् । जुन सुन्दै रोचक र यस्तोसम्म हु“दोरहेछ भनेर अरुले पनि सचेत हुनुपर्ने भएको छ । पढाइ र जागिरको गन्तव्य हेटौंडा भएकाले धेरैले छोराछोरी, पति, पत्नीलाई हेटौंडामा निर्धक्क छाडिदिएका छन् । थाहा छैन, कुन दिन अप्रिय खबरमा परिवारका सदस्य जोडिने पो हुन् कि । कात्तिक १० गतेको एउटा घटनाले हेटौंडामा प्रहरीको ध्यान खिच्यो । हेटौंडा बसपार्कनजिक एक घाइते इन्तु न चिन्तु भएर लडिरेहका भेटिए । उनीमाथि कुटपिटमा संलग्नहरु खोज्न मकवानपुर प्रहरीले बसपार्कका चारैतिरका सीसीटीभी फुटेज हेर्‍यो । घटनामा संलग्न पनि भेटिए ।

- Advertisement - Ad Banner

प्रहरीमा उजुरी नपरेको घटनामा पर्वत, कास्की, चितवन र मकवानपुरका चार जना जोडिएका थिए । पर्वत, मोती–२ का सरोज लामिछाने पोखराबाट का“कडभिट्टा जान बस चढेका थिए । घरमा त उनी भारतको आसाम, सिक्किम जाने भनेर हि“डेको बुझिएको छ । उनै लामिछाने हेटौंडामा बेहोस भेटिए । हेटौंडा अस्पतालमा दुई दिन उपचारपछि चितवन लगियो । पहिलो दिन त उनी होसमा नभएकाले केही विवरण आएन ।

उनलाई कुटपिट गरेको आरोपमा चितवनको कालिकाका १७ वर्षीय सुवास आलेमगर र तनहु“, भानु–४ का आर्जेन तामाङलाई प्रहरीले समात्यो । मकवानपुर भीमफेदी–२ कि सन्ध्या पाख्रिन पनि घटनामा संलग्न भएको र मकवानपुर प्रहरीमा पटके पक्राउको पात्र भएको तथ्य फेला पर्‍यो । मादकपदार्थ सेवनपछि उनीहरु झगडामा उत्रिए । सबैको पहिलो भेट, एकैपटक रक्सी खाएर अनि त्यसमा महिला पनि संलग्न । कुटपिट र घाउजा“चका कुरामात्र पुलिसले बतायो ।

का“कडभिट्टा हि“डेका लामिछाने, तनहु“ र चितवनका १७ वर्षमुनिका किशोरहरु हनीट्रयापमा त परेनन् भनेर प्रहरीले चासै दिएन । बरु छारे रोगले ग्रस्त सन्ध्याले प्रहरीले भेट्नेबित्तिकै रगत छादिदिने, अस्वभाविक गतिविधि देखाउने भनेर छाड्ने गरेको पाइयो । पटके घटनामा जोडिरहने उनलाई जिम्मा लिने मान्छे नभएको भन्दै प्रहरीले पक्रनै छाडेको थियो ।

भर्खर मकवानपुर आएका प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरालाई एकैपटक दुई फरक समूह भेटिनु, झगडा गर्नु, दुवै प्रहरी र अस्पतालमा पुग्नु तर मूलपात्र छाडिनुको विषयबारे अनुसन्धानमा संलग्नहरुले केही खुलाएनन् । एक युवतीले हेटौंडा बसपार्कमा युवक बोलाउने, फसाउने काम भएको विषयले १७ वर्षमुनिका दुई किशोर तनहु“देखि आएर प्रहरीमा थुनिए । अर्का का“कडभिट्टा हि“डेकामा हेटौंडा बसपार्कमै युवतीका पछि लाग्दा पिटिए । प्रहरीमा उनले उजुरीसमेत गरेका छैनन् । पोखराबाट का“कडभिट्टा हि“डेका युवक हेटौंडा बसपार्कमा भेटिएपछि र युवती तथा मादकपदार्थ जोडिएपछि प्रहरीमा जानु आफ्‌नै चारित्रिक क्षति बन्ने देखिएकाले उनी चुप लागेका रहेछन् ।

मंसिर पहिलो साता मकवानपुरका सीडीओ वसन्त अधिकारी आफैं राति हेटौंडा बसपार्कको एउटा होटलमा पुगे । ग्राहक विवरणको रजिष्टर नै बोकेर हि“डे । होटल सागरका सञ्चालकले पछिमात्र थाहा पाए लगबुक लैजाने सीडीओ हुन् भन्ने । ॅशुरुमा त उनले होटलमा भइरहेका गतिविधि स्वीकारेका थिएनन् । त्यो कोठा नम्बर १०६ एकदिन ६ पटक किन बेचेको त भनेर प्रश्न गरेपछि फतक्कै गलिहाले,’ सीडीओ अधिकारीले भने । आइन्दा यस्तो गर्दिन“ भनेर कागज गरेको र अरु होटलबारे पनि सूचना आएकाले सूक्ष्म अनुगमन भइरहेको अधिकारीले बताए ।

बसपार्कमा आउने सर्वसाधारणलाई यौनकार्यका लागि आकर्षित पार्न युवतीहरु परिचालन हुने, मोलमोलाइ हुने र त्यो होटलमा गएर यति नम्बरको कोठा लिनू, म आउ“छु भन्नेसम्मको सूचना पाएर प्रमुख जिल्ला अधिकारी आफैं होटल पुगेर रजिष्टर नै जफत गरिदिएपछि हेटौंडाका अन्य होटल सञ्चालकहरुलाई पनि तनाव भएको छ । ॅमोटरसाइकल हवल्दार साबले चलाउनु हुन्छ, पछि बसेर सामान्य भेषमा जान्छौं । आएको सूचना भरपर्दो नभएसम्म कसैलाई राति दुःख दिनु पनि छैन, आफूले दुःख पाउनु पनि छैन । तर, बदमासी रोक्न सकेसम्म प्रयास गरिरहेको छु,’ उनले भने ।

ढाटका ठेकेदारको गुहार
राति नै सिभिल ड्रेसमा पुगेका सीडीओ अधिकारीले हेटौंडा नगरपालिकाले उठाइरहेको ढाटको कर संकलन पनि रोकिदिएपछि बदमासी गर्न पाइएन भन्दै ठेकेदार र प्रतिनिधिहरु सोमबार हेटौंडा नगरपालिकामा गुहार लगाउन पुगेका छन् । आइतबार राति १२ बजेपछि ढाटमा पैसा नउठाउन अधिकारीले आग्रह गरेका थिए ।

ॅबाइपासमा गाडी नै रोकेर चालक, सहचालकलाई दुःख दिने काम भएको छ । भैंसेतिर जाने सवारीसाधनलाई पनि बसपार्क जाउ भनेर दुःख दिएका छन्,’ अधिकारीले भने–खाली ट्रकले कर तिरेन भनेर मोटरसाइकलमा पिछा गरेर नेवारपानीसम्म पुगेर चालकमाथि दुर्व्यवहार भएपछि एक्सन लिएको हु“ । नगरपालिकामा सीडीओले कर उठाउन दिएन भन्दै पुगेको खबर पाएको छु । हेटौंडा बजारमा आउजाउ गर्ने सवारीसाधनलाई पनि रोकेर बाइपासमा जान, भारतीय यात्रुहरु जो भीमफेदी हु“दै काठमाडौं जान चाहन्छन्, उनीहरुलाई पनि दुःख दिने काम भएको गुनासोपछि यस्तो एक्सन लिइएको अधिकारीले बताए ।

अस्पतालमा सेक्युरिटी गार्डको दादागिरी
राति नै हेटौंडा अस्पताल पुगेका सीडीओ अधिकारीले त्यहा“ झन् बदमासी भइरहेको देखे । सामान्य पोशाकमा सर्वसाधारण बनेर पुगेका उनकै अगाडि मादकपदार्थ सेवन गरेर एक जनाले बिरामीको प्रेस्क्रिप्सन नै च्यातिदिए । ॅपछि थाहा भयो, उनी अस्पतालकै सुरक्षा गार्ड रहेछन्, बिदाका दिन मादकपदार्थ सेवन गरेर अस्पताल आएर यस्तो हर्कत गरेका रहेछन् । म्याद थपेर केही दिन थुन्न भनेको छु,’ अधिकारीले भने–यस हदको बदमासी रोक्न कोही किन चासो लि“दैनन्, जसले जे गरे पनि हुन्छ भन्ने भइरहेको देखें ।

फार्मेसीमा विवरण छैन
यसपछि सीडीओ अधिकारी अस्पतालको सरकारी औषधी उपलब्ध हुने फार्मेसीमा पुगे । उनले भने–सरकारले दिने केही औषधी छ त ? सरकारी औषधी पसलमा रहेकी कर्मचारीले केही ट्याब्लेट झिकेर दिइन् । अधिकारीले भने–मेरो नाम, विवरण, औषधी लगेको जानकारी राख्नुपर्ला नि ? ती कर्मचारीले जवाफ दिइन्‌–तपाईं जानु न, हामी मिलाउ“ला विवरण । सीडीओ अधिकारीले अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. रामचन्द्र सापकोटालाई फोन गरे । तर, उनले यस्तो हु“दै नभएको भनेर जिद्धी गरे । ॅमैले यसरी औषधी लिएर आइसकें, फेरि यस्तो हु“दैन भन्नुहुन्छ,’ सीडीओ अधिकारीले भन्दा पनि सापकोटाले यस्तो बदमासी नभएको दाबी गरेको अधिकारीले बताए ।

पहिलो दिनै भिडियो
मकवानपुरमा सरुवा भएर आउ“दै गर्दा चाडपर्वको रौनक थियो । अधिकारीका लागि मकवानपुर नया“ हैन । उनी २०७४ मा संघीयता कार्यान्वयन क्रममा बनेको प्रदेश–३ (बागमती) सरकारका आर्थिक मन्त्रालयका पहिलो सचिव थिए । उनलाई मकवानपुरबारे धेरै जानकारी थियो । बाटोमा यति धेरै ओभरटेक गरेर सवारीसाधन हुइ“किए कि सीडीओ आफैं त्यो अव्यवस्थित जाममा परे । यसपछि उनले ओभरटेक गर्ने १९ वटा सवारीसाधनको भिडियो खिचेर कार्यालयमा हाजिर नहु“दै मकवानपुरका ट्राफिक प्रहरी निरीक्षकको मोबाइलमा ह्‌वाट्सएपमा पठाएका थिए । चाडपर्व भएकाले प्रहरी निरीक्षक बिदामा थिए । ॅसकेको सुधार्ने हो,’ उनले भने–हेरेर बस्ने बानी नै छैन ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि