12.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडासक्रिय बनाइयो भूमिअधिकार मञ्च
spot_img

सक्रिय बनाइयो भूमिअधिकार मञ्च

spot_img

हेटौंडा/राष्ट्रिय भूमिअधिकार मञ्च तथा राष्ट्रिय भूमिअधिकार मञ्च नेपाल मकवानपुरको आयोजनामा हेटौंडामा जिल्ला, गाउ“ भूमिअधिकार मञ्चको सुदृढीकरण कार्यक्रम गरिएको छ ।
गाउ“, जिल्लामा रहेको निष्क्रिय मञ्चलाई घच्घच्याउने र सक्रियरुपमा काम गर्न सकोस् भन्ने उद्धेश्यले कार्यक्रम गरिएको मञ्चले जनाएको छ । मञ्च जिल्ला अध्यक्ष देवकृष्ण थोकरको सभाध्यक्षता तथा मञ्च केन्द्रीय कोषाध्यक्ष पार्वती थामीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि थामीले सक्रिय रहे मञ्च सक्रिय रहने र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको स्थायीरुपमा बसोबासको व्यवस्था हुने बताइन् ।

हेटौंडा–११, सिमल्टारमा भएको २ दिने कार्यक्रममा मञ्च केन्द्रीय अभियानकर्ता निहारिका चौधरीले मञ्चले गर्ने कामबारे बताएकी थिइन् । मञ्चले कार्यक्रमबीच नापी कार्यालयमा गएर भूमिहीनहरुले लालपूर्जा पाउनुपर्ने माग राख्दै ज्ञापनपत्रसमेत बुझाएका थिए । आत्मनिर्भर सेवाकेन्द्रको सहयोगमा भएको कार्यक्रममा मञ्च केन्द्रीय सदस्य यज्ञबहादुर श्रेष्ठ, जिल्ला तथा नगरका पदाधिकारीको उपस्थिति थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि