9.6 C
Makwānpur
Homeबिचारऊ शान्तिको दृष्टिकोण सबै ब्रम्हचारी भए संसार कसरी चल्छ ?
spot_img

ऊ शान्तिको दृष्टिकोण सबै ब्रम्हचारी भए संसार कसरी चल्छ ?

spot_img

महात्मा गान्धि, रामकृष्ण परम्‌हंस, विवेकानन्दका विचारअनुसार विश्वका लागि महात्मा गान्धी एक महान् व्यतिmको रूपमा परिचित ब्यक्ति हुन् । भारतको सन् १९७७ को निर्वाचनमा भारतीय जनता पार्टी र काग्रेस पार्टी दुवैले परिवार नियोजनको विषयलाई आफ्‌नो चुनावको मख्य मुद्दा बनाएका थिए । परिणामपछि दुवै पार्टीहरू महात्मा गान्धीको समाधि स्थलमा गएर नतमस्तक भए ।

दुवै पार्टीले महात्मा गान्धीलाई महान् नेताकोरूपमा मान्दथे । उनीहरूले परिवार नियोजन किन अपनाउन चाहेनन् । महात्मा गान्धीले परिवार नियोजनलाई अपनाउनका लागि सिफारिस गरेका थिए । महात्मा गान्धीले कृतिम साधनको प्रयोगको सट्टा ब्रम्हचार्य जिवन बिताउन सल्लाह दिएका थिए ।

- Advertisement - Ad Banner

उनले वास्तवमा सत्य, अहिंसा, ब्रम्हचार्यको महत्व कार्यका लागि नभई नहुने तत्व हो । आजकाल मानिसहरू राम राज्य चाहन्छन् तर ब्रम्हचार्य जीवन बिताउन भने चाहंदैनन् । उनीहरू लाई यो कुरा थाहा छैन कि पवित्रता तथा ब्रम्हचार्य विनास भएर शान्तिमय राज्यको स्थापना गर्न सकिदैन । हामी यस लेखमा ब्रम्हचार्यको विषयमा महात्मा गान्धी, रामकृष्ण परम्‌हंस तथा विवेका– नन्दको विचारलाई प्रस्तुत गर्न गइरहेका छौ ।महात्मा गान्धीले सत्य, अहिंसा, ब्रम्हचार्यको पालनावाट ब्रिटिस साम्राज्यलाई हल्लाई दिएका थिए । वर्तमान दुषित परिस्थितिमा ब्रम्हचार्यको पालना गर्न सक्नाले सफलता सहजै हातमा आउन सक्दछ । महात्मा गान्धीका विचारअनुसार ब्रम्हचार्यको पालनाबाट संसार कसरी चल्न सक्छ ?

ब्रम्हचार्य जीवनको परिभाषा बुझनु पर्दछ । ब्रम्हचार्य के हो ? ब्रम्हचार्यको वास्तविक अर्थ यो हो कि पुरूष तथा महिला एक आपसमा कामवासनाबाट टाढा रहनु हो । स्वप्नमा पनि विकारको भावना उठ्नु हुंदैन । एकले अर्कोलाई भोग वासनाको रूपबाट हेरिनु हुंदैन । भगवानले हामीलाई जुन गुप्त शतिm प्रदान गरेका छन्, त्यो शतिmलाई हामीले बचाएर राख्नु पर्दछ । शारीरिक, मानशिक, आत्मिक तेजको माध्यम्‌बाट अगाडि बढ्न सकिन्छ ।

पुरूष, स्त्री, बुढा, तरूण, युवक, युवती बालक, बालिका यि सबै कामबासनामा जकडिएका हुन्छन् । वासनाबाट मानिस अन्धो हुन्छ । अन्धो भएको हुनाले ठीक बेठिक छुट्याउन सक्दैनन् । कामवासनाबाट ग्रसित केटा/केटीहरू अर्कै संसारमा भौतारी रहेका हुन्छन् । क्षणभरको आनन्दको लागि सञ्चित गरेर राखेको शतिm पनि नष्ट गरिन्छ । क्षणभरको आनन्दबाट शरीर कमजोर बन्दै जान्छ । दिमागले पनि राम्रो संग काम गर्दैन । काम विकारलाई अन्य विकारले पनि असर पारिहेको हुन्छ ।
काम विकारको मूल जड हो ?

अहंकार, क्रोध, भय, ईर्ष्या, आडम्वरको कारणबाट नै ब्रम्हचार्य जीवन भंग भएको हुन्छ । सबै मानिसहरू ब्रम्हचार्य जीवनमा रहने हो भने संसार कसरी चल्छ ? कसैले ब्रम्हचारी देखेको छ ? यदि सबै मानिस ब्रम्हचारी बन्ने हो भने कसरी संसार चल्छ ? विश्व नास भएर जानेछ । यसमा हामीले धार्मिक तवरले सोच्न हुंदैन कि सांसारिक दृष्टिले सोच्नु पर्दछ । यसमा हाम्रो कमजोरी नै छ । हामी ब्रम्हचार्य पालना गर्न चाहंदैनौ । ब्रम्हचार्य जीवनवाट संसारको नास हुन्छ । हामी ब्रम्हचार्य जीवन व्यथित गर्न चाहंदैनौ ।

हामी भगवान होइनौ । भगवानले मात्र संसार–को बारेमा सोच्ने गर्दछन् । जसले सृष्टिको रचना गरेका थिए । भगवानले नै संसारको रक्षा गर्नु हुन्छ । हामीले यसतर्फ गहिरो सोच्न जरुरी छैन । मानिसहरू ब्रम्हचार्य पालना गर्दछन् वा गर्दैनन् । सबै डाक्टर, वकील भए संसार कसरी चल्छ । यसतर्फ हामीले सोचेका छैनौ । जसले ब्रम्हचार्य जीवन बिताउन चाहन्छ । त्यस्ता मानिसले यसको जवाफ आफै सहजरुपमा पाउंदछन् । पति पत्नीमध्ये कुनै एकले अर्कोको स्वीकृति लिएर ब्रम्हचार्यको ब्रत लिएका हुन्छन् । स्वीकृति लिनु नै आवश्यकता पर्दैन । पत्नीलाई बुझाउन सकिदैन, त्यहँ“ द्वन्द देखा पर्न सक्दछ ।
विश्वमा अज्ञानताको कारणले त्रास फैलि रहेको पाउछौं । महिलाहरूलाई शिक्षावाट बञ्चित गर्दथे, म अविवाहित छु । केही दिनमा मेरो पनि विवाह हुन लागिरहेको छ । मैले जीवनलाई संयमित राखेर अघि बढ्न पर्दछ । जसबाट मलाई ज्ञात हुन्छ कि कसरी जीवन बिताउने । मलाई तपाईले यसको सही जवाफ दिनु पर्दछ र्।
महात्मा गान्धीको उत्तर :

दुबैजनाको सहमतिअनुसार ब्रम्हचार्य जीवन बिताउन पर्दछ । संयम्‌लाई आन्तरिकरूपमा नै नियन्त्रण गर्नु पर्दछ । संयम्‌को बल मन बलमा आधारित हुन्छ । संयम् ज्ञान प्रेममय हुन्छ । यसको असर बाहिरी वातावरणमा पनि पर्दछ । विरोधी पनि शान्त हुन थाल्दछन् । पति वा पत्नीको विषयमा यही भनिएको छ कि पत्नी तयार भईनन् भने पतिको के लाग्दछ ? पति पनि तयार नभएमा पत्नीले पनि रोकिन पर्ने हुन्छ । दुवै भोगविलासबाट टाढा हुन निकै कठिन छ । एकको संयम दोश्रोमा पनि पर्न सक्छ । अन्त्यमा छुट्न सक्छ ।

हाम्रो आफ्‌नै कमीकमजोरीबाट यस्तो देखा परेको हो । काम बासनामा एक अर्काको स्वीकृतिको आवश्यकता पर्दछ र साथसाथै संयम्‌ता पनि
राख्नु पर्दछ । जीवनमा ब्रम्हचार्यको पालना गर्नु पर्दछ ।

सबैले सम्झाउन थाल्दछन् कि ब्रम्हचार्यमा रहनु भनेको समुन्द्र मन्थन गर्नु सरह हो । ब्रम्हचार्यमा रहनेहरूलाई पनि अरूहरूले बिर्गान चाहन्छन् । जीवनमा ब्रम्हचार्यमा रहन नसक्नु नै सबैभन्दा ठूलो दण्ड हो । साम्राज्य पाउन लाग्दा पनि ब्रम्हचार्य छोड भन्ने हुंदैन । कसैको धम्कीले पनि केहि गर्न सक्दैन । काम स्वभाविक प्रक्रिया हो । भोगबिना मनुष्यहरूलाई विभिन्न प्रकारका रोगहरू लाग्न सक्दछ ।
अब गान्धिजी के भन्नुहुुन्छ । काम विकार प्राकृतिक होइन ?
काम भोग बिना रोग लाग्छ भन्नु गलत हो ।

यदि तपाई संयमलाई उच्च ठान्नु हुन्छ भने उतm कार्य पूरा गर्नका लागि कुनै न कुनै उपाय निकाल्न पर्दछ । यदि संयम्‌मा रहने हो भने आफ्‌नो वानी व्यहोरामा परिवर्तन ल्याउनु पर्दछ । यदी जनईन्द्रियलाई नियन्त्रण गरी राख्ने हो भने सबै इन्द्रियलाई बसमा राख्न सक्नु पर्दछ । जीवनमा मनुष्य अशान्ति, पसिना आउन, हिष्टिरिया, पागलपन जस्ता विशेषताहरू ब्रम्हचार्य बस्नेहरूमा देखा पर्दछ । केही इन्द्रियहरूलाई बसमा राख्न नसक्नाले नै त्यस्तो देखा परेको हो । कुनै व्यतिmले पाप कर्म गर्दछ भने उसले जीवनमा दण्ड भोग्नै पर्दछ । जनसंख्या नियन्त्रणका लागि परिवार नियोजन नै मुख्य उपाय हो । स्त्री पुरूषवाट सन्तान पैदा हुनु स्वभाविक नै हो । जसले गर्दा वर्तमान समयमा जनसंख्या नियन्त्रण गर्नका लागि अस्थायी साधनको प्रयोग हुन थालेको छ । जसबाट समाजको नास हुन थालेको छ ।
स्वामी रामकृष्ण तथा विवेकानन्दको विचार :

स्वामी विवेकानन्द गृहस्थाश्रममा प्रवेश गर्नु भएको छैन । सन् १८८६ मा उनी २३ वर्षको उमेरमा सन्याश्रममा लाग्नु भएको हो । उनी ब्रम्हचार्य जीवनलाई खुबै मान्नु हुन्छ । कामवासना बाट बच्ने शिक्षा प्रदान गर्नुहुन्छ । उनका गुरू स्वामी रामकृष्णले विवाह गरेर पनि ब्रम्हचार्य जीवनमा रहेका थिए । उनी हरेक नारीलाई माता समान व्यवहार गर्दथे । विवेकानन्दले न्ययोर्कको एक भाषणका क्रममा आफ्‌नो गुरूको बारेमा बोलेका शव्दहरू ॅस्वामी रामकृष्ण मन्दिरका पुजारी थिए । उनलाई आफन्तहरूले सानै उमेरमा नै विवाह गरी दिए । उनको बानी व्यहोरामा केही परिवर्तन आवोस भनेर नै हो । उनी फेरि आफ्‌नो काममा पुनः आउन भयो । यस विवाहको बारेमा मेरो गुरूले भुली सक्नु भएको थियो । उनको श्रीमती थिइन् कि थिइनन् ।

स्त्रीले भनिन् कि उनको पति धर्ममा लिप्त भएर गएको हो भन्ने विचार व्यतm गरिन् । कतिपय मानिसले उनलाई पागल पनि भन्न थाले । पत्नी पति भएको ठाउ“मा आइन । रामकृष्णले श्रीमतीको चरणमा परे । म हरेक महिलालाई आमाको रूपमा हेर्ने गर्दछु । म तिमीलाई पनि आमाको रूपमा देख्न चाहान्छु । उनले पनि आफ्‌नो पतिको सबै कुरा थाहा पाइन । म तपाईलाई बन्धनमा पार्न चाहन्न । म तपाईको नजिक रहंन त पाऊ । मैले तपाईको सेवा गर्ने मौका पाऊ । । मलाई आवश्यक पर्ने शिक्षा प्रदान गर्न अनुरोध गर्दछु । मेरो गुरूको सबैभन्दा प्रिय चेलामा उनी पनि एक हुन । धर्मपत्नीको सहयोगबाट आफ्‌ना विभिन्न प्रकारका बाधाहरू हल गरेको पाइन्छ ।
मानव भविष्य निर्माणमा महिलाको योगदान :

मानवको भविष्य निर्माणमा महिलाको भूमिका सर्वोपरि रहेको छ । मानव मात्रको जननीको हातमा भविष्यको बागडोर रहेको छ । उनले नै जीवनको रक्षा गरेका छन् । पालनपोषण पनि संगै गरेका हुन्छन । बालकलाई कस्तो अवस्थामा पुर्‍याउने महिलाको हातमा नै रहेको हुन्छ । महिलाले बालकलाई राम्रो नराम्रो दुबै बनाउन सक्दछिन् । का“चोमाटोबाट कालीगढले आवश्यकता
अनुसार सामान बनाउन सक्दछ । एकपटक सामान बनाइ सकेपछि त्यसलाई फुटाएर अर्कै सामान बनाउन सकिदैन ।

त्यसकारण पनि नारी पनि जननी हुन् । नारीको हातबाटै जीवन चलेकोे हुन्छ । आमाले बच्चापनमा दिएको शिक्षा तथा संस्कार बालकले जीवनभर सम्झि रहन्छ । त्यसकारण बालकको पहिलो गुरू भनेको नै आमा हो । बालकको पहिलो विद्यालय आफ्‌नै घर हो । बालकमा आमाको छाप रहने भएको हुनाले ऊ कस्तो परिवारबाट आएको थाहा लाग्दछ । शिवाजीको वीरतामा जीजावाइको उपदेशको ठूलो प्रभाव परेको हुन्छ । गान्धीजीको जीवनमा उनको माताले दिएको प्रभाव परेको देखिन्छ । देशको अवस्था बुझ्‌न परेमा त्यहाँको समाज तथा नारीको अवस्थामा बुझ्‌न आवश्यक छ । नारी जस्ता हुन्छन् समाजको अवस्था पनि त्यस्तै हुन्छ । नारी नै समाजको धुरी तथा संस्कृतिको संरक्षक हो । नारीले जब आफ्‌नो कर्तव्य बिर्सन्छन् । तब समाज बिग्रेर जान्छ । विश्व धरापमा पर्न सक्दछ । नारीको विद्वता, वीरता, चरित्र समाजको प्रकाश स्तम्भ बनेर सत्‌मार्ग देखाउने गर्दछ । महारानी लक्ष्मीवाइले दृढतापूर्वक अग्रेजको सामना गरिनु तब सारा भारतमा स्वतन्त्रताको लागि छुट्टै माहोल बन्यो ।

यदि मानवको सुन्दर भविष्यको कल्पना गर्दछौ । तब नारीले आफ्‌नो नैतिकस्तर उचो राख्नु पर्दछ । मातृ शतिmमा पुनःनवजागृति तथा नवचेतना जगाउनु पर्दछ । यदि नारी होशियार भइनन् भने विश्व अज्ञानताको निन्द्रामा पर्दछ । यसैगरी नवजात शिशु मातासंग सुुत्छन् । जब आमा सजग हुन्छिन्, तब विश्वमा परिवर्तन सम्भव भएको हुन्छ ।
समाप्त :

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि