हेटौंडा/हेटौंडा–१६, हटियामा रहेको शिवम् सिमेन्ट उद्योग लिमिटेडमा कार्यरत् सुरक्षा गार्डको रोजगारीमा सम्झौता कम्पनीको बहानमा तीन दर्जन बढी सुरक्षा गार्डको पेटमा लात हान्ने काम गरेपछि सुरक्षा गार्ड आन्दोलनमा उत्रन बाध्य भएका छन् ।
त्यहा“ कार्यरत् सुरक्षा गार्डले शिवम् सिमेन्टको गेटमा धर्ना दिएर उद्योग बन्द गरेका छन् । त्यहा“ कार्यरत् सुरक्षा गार्ड १४ वर्षदेखि कार्यरत् थिए । बज्र सेक्युरिटी कम्पनीमार्फत् कार्यरत् रहेका सुरक्षा गार्डलाई निकालेर यतिबेला शिवम् सिमेन्टले गोर्खा सेक्युरिटी कम्पनीस“ग सम्झौता गरेको हो । धुलो/धु“वा/ध्वनि स्थानीयले खानुपर्ने अनि जागिर चाहिं बाहिरी मान्छेस“ग सम्झौता गर्ने भन्दै विरोध जनाइएको हो । आन्दोलित सुरक्षा गार्डले तत्काल समस्या समाधान नगरे स्थानीय समुदायस“ग सहकार्य गरेर थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।









