9.6 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडापूर्वकार्यकर्ताहरुलाई पुरानो घर फर्कन आग्रह
spot_img

पूर्वकार्यकर्ताहरुलाई पुरानो घर फर्कन आग्रह

spot_img

हेटौंडा/नेकपा एमाले मकवानपुरले पार्टी विभाजनका क्रममा एकीकृत समाजवादीतर्फ गएका आफ्‌ना पूर्वकार्यकर्ताहरुलाई पुनः पुरानो घर फर्कन आग्रह गरेको छ । पार्टी उपाध्यक्ष हिदम लामाद्वारा जारी अपिलमा हालको राष्ट्रिय राजनीतिक परिवेश, पार्टीमाथि देखिएका प्रहारहरु तथा राष्ट्रिय स्वाधीनता र समृद्धिको नेतृत्वकर्ताका रुपमा एमालेको भूमिकालाई स्मरण गर्दै पूर्वकार्यकर्ताहरुलाई पुनः संगठित भएर जुट्न आह्‌वान गरिएको छ ।
्‌
्‌पिलमा भनिएको छ–नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाह नेकपा एमाले नै राष्ट्रिय स्वाधीनता, विकास र समृद्धिको नेतृत्वकर्ता हो भन्ने तथ्य र परिणामहरुले हामीलाई गर्ववोधको अनुभूति हुन्छ । भदौ २३ र २४ गतेको जेनजी आन्दोलन तथा त्यसमा भएको घुसपैठले मच्चाएको विध्वंसको विश्लेषण गर्दा एमालेको पार्टी कार्यालय र नेतृत्वको निवासलाई नै प्रहारको लक्ष्य बनाइएको स्पष्ट देखिएको उल्लेख विज्ञप्तिमा गरिएको छ ।

एमालेलाई कमजोर पारेरमात्र नेपालको राष्ट्रिय स्वाधीनताको पक्षमा धक्का दिने र समृद्धिको सपना क्षीण बनाउने देशीविदेशी शक्तिहरु सक्रिय रहेको परिस्थिति छर्लंग भएको अपिलमा उल्लेख छ । हालको राजनीतिक परिदृष्यमा दलभित्र गठन, पुनर्गठन र विघटनका तरंगहरु देखिएको उल्लेख गर्दै लामो समय पार्टी निर्माणमा योगदान दिएकामध्ये मकवानपुरका केही कार्यकर्ताहरु विभाजनका बेला एकीकृत समाजवादीतर्फ गएको स्मरण गरिएको छ । अपिलमा भनिएको छ–विद्यमान परिस्थितिमा तपाईहरुको योगदानको निरन्तरता, राजनीतिक सक्रियता र सुनिश्चित गन्तव्य आफ्‌नो पुरानो घर नेकपा एमाले नै हुनसक्छ भन्ने हाम्रो विश्वास छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि