राजुराम रावत
यदि आजको सामाजिक परिस्थितिमा भानुभक्त आचार्य जन्मिएका भए– उनले रामायण होइन, कुनै कम्पनीको प्रमोसनल कन्टेन्ट लेखिरहनु पर्ने हुन्थ्यो होला । लक्ष्मीप्रसाद देवकोटा ॅमुनामदन’ होइन, शायद कुनै उत्पादनको ब्राण्ड एम्बेसडर बनेर बिज्ञापन लेखिरहेका हुन्थे होला । भृकुटी त तिब्बत गएर होइन, युट्युबमा ॅनेपाल–चीन लभ स्टोरी’ नामको भिडिओ अपलोड गरेर ॅभ्युज’ गनिरहेकी हुन्थिन् होला । राजकुमार सिद्धार्थ ? बुद्धत्व प्राप्त गर्नुको सट्टा बैंक ब्यालेन्स बढाउन थाइल्याण्डमा स्टार्टअप बिजिनेश गर्थे कि ?
यही हो आजको समाजको यथार्थ, जहा“ चेतना होइन, चकचकेपनालाई महत्व दिइन्छ । यहा“ समाज सेवा, ज्ञान, सिर्जना र मानवता हास्य–
रसका पात्र भएका छन् । सामाजिक सञ्जालले टिकटक ज्ञान र इन्स्टा विज्ञतालाई धर्मशास्त्रभन्दा बढी विश्वासिलो बनाएको छ । विचार होइन, भिजिबिलिटीको मूल्य छ । तल्लो घरको गीता काकी नचिन्नेले जेनेरेशनले महान धर्मशास्त्र ॅगिता’ महशुस गर्ने कुरै भएन ।
बुद्धि र बौद्धिकता उपहासको विषय :
कसैले देशका लागि सोच्यो, बनायो, प्रयास गर्यो । तर, घरको छतमा सिसाको कोठा छैन भने ऊ काम नलाग्ने बुद्धिजीवी घोषित हुन्छ । महाबिर पुनः आज प्रविधिमा आधारभूत क्रान्ति ल्याउन लागि परेका छन्, तर, समाजमा उनका कुरा किताब बेच्नेसम्म लिन्छ–उनको सपना नारामा मात्र सीमित ठानिन्छ । किन ? किनभने उनीस“ग निजी हेलिकप्टर छैन, उनी क्रिप्टो ट्रेण्डमा बोल्दैनन्, न त उनले अमेरिका भासिएर पैसा कमाएको सुनिन्छ । यही समाजले नारायण गोपाललाई अन्त्यसम्म आर्थिक अभावमै जीवन बिताउन दियो । तर, अहिले अटो ट्युन गाउने एक–डेढ/करोड भ्युजका गायकलाई समाजले संगीतको भविष्य मानिरहेको छ ।
सफलताको नयाँ मापदण्डः बैंक स्टेटमेन्ट :
सफलता भन्नासाथ नाम होइन, काम होइन– प्रोपर्टी कित्ता गनिन्छ । ॅबिनोद चौधरीस“ग कति अर्ब ?’ ॅअजय सुमार्गीको जग्गा कति ठाउ“मा ?’ प्रश्न यिनै छन् । समाजले अब मानिस नाप्ने मापदण्ड अरु केही छैन जस्तो देखिन्छ । साविकमा समाज सुधारक, शिक्षक, साहित्यकार वा कलाकार र गुरु भनेर सम्मान गरिन्थ्यो । अहिले त तपाईंले गीत लेख्नुभयो भने पनि प्रश्न हुन्छः ॅयसले पैसा कति कमाउ“छ त ?’ तपाईंले उपन्यास लेख्नुभयो भने ॅकति हजारप्रति बिक्यो ?’ तपाईंले विद्यालय खोल्नुभयो भने ॅफाइदा कति हुन्छ ?’ त्यति मात्र होइन, आजकल युवाहरू समाज सेवाको काम गर्नुभन्दा चा“डो रियल स्टेटको विज्ञापन गर्न तयार हुन्छन् । कारण स्पष्ट छ, सार्वजनिक इमेजभन्दा व्यक्तिगत इनकम ठूलो मूल्य बनिसक्यो ।
नक्कली गौरवको ट्रेण्ड :
ूक्गअअभकक ष्क लयत धजबत थयग मय, दगत धजबत यतजभचक दभष्भिखभ थयगुखभ मयलभ भन्ने एक मुर्धन्य अमेरिकि मनोवैज्ञानिकको भनाइ अहिले नेपाली समाजमा जिउ“दो झल्किन्छ । कागजमा दान दिएझैं गरेर फोटो खिच्न पाइयो भने समाजसेवी’ दुई दिनको सीप तालिम लिएर कोच भनियो भने युवा आइकन । एक जमाना थियो जब समाजले एउटा गुरु उत्पादन गर्थ्यो । अहिले समाजले गुरुजी नामको फेसबुक पेज खोल्ने व्यक्तिलाई प्रेरणास्रोत मानेको छ । यस्तो प्रवृत्तिले गर्दा सच्चा श्रमिक, सच्चा चिन्तक र सच्चा कर्मयोगी ओझेलमा पर्दै गएका छन् ।
समाजको उन्मुक्त पतन र रुपान्तरणको यात्रा :
त्यो समाज कसरी रुपान्तरण हुन्छ जहा“ ज्ञानभन्दा गाडी, बुद्धिभन्दा ब्राण्ड र कर्मभन्दा कम्पनीलाई महत्व दिइन्छ । जहा“ कोही शिक्षकले गाउ“मा निःशुल्क पढाउ“छ । तर, शहरका साथीहरू उसलाई ॅलाइफ वेस्टेड गाईज’ भन्छन् । जहा“ डाक्टरले कम शुल्कमा सेवा गर्छ, उसलाई ॅल्याक अफ बिजनेस माइण्ड’ भनेर अपहेलना गरिन्छ ।
समाज परिवर्तन तब मात्र सम्भव छ, जब मूल्याङ्कनको आधार बदलिन्छ । जब पैसाको होइन, पात्रतको मापन सुरु हुन्छ– बौद्धिकता पुनः सम्मानित हुन्छ । तब सेवा, सिर्जना र सत्यप्रति समाजको दृष्टिकोण फेरिन्छ ।
बौद्धिक मर्यादाको पुनर्स्थापनाका बाटाहरू :
१. शिक्षामा परिवर्तन :
स्कुलमा सेलिब्रेटी होइन, सेवाको आदर्श प्रस्तुत गरिनुपर्छ । एउटा शिक्षकले महात्मा गान्धी, बाबा आम्टे वा महाविर पुनः जस्ता आदर्शहरूको मूल्यको शिक्षा दिनुपर्छ ।
२. मिडिया र सामाजिक सञ्जालको भूमिका :
सञ्चार माध्यमले धन कमाउनेहरूको होड होइन, मूल्य र योगदान बोकेकाहरूको कथा देखाउन आवश्यक छ । फेसबुक–टिकटकमा करोडौं खर्चेको लाइभस्टाइल देखाउनेलाई होइन, लुकी–छिपि असल काम गर्ने व्यक्तिलाई हाइलाइट गरौं ।
३. सोचको समीक्षा :
व्यक्तिगतरूपमा पनि हामीले विचार गर्नुपर्छ, के हामी मानिसलाई उसले बनाएको विचारबाट मूल्यांकन गर्छौं कि उसको घरबाट ? के हामी योगदानलाई चिन्छौं कि खर्च प्रबृत्तिलाई ?
४. समुदायस्तरमा बौद्धिक मञ्चहरू खडा गर्नेः चिन्तनशिल मञ्चहरू, बहसका कार्यक्रम, सिर्जनशिल कक्षा र लेखन/वाचन गतिविधिहरू आवश्यक छन् जसले बालबालिका र युवालाई पैसाभन्दा विचारमा केन्द्रित बनाउने प्रेरणा दिन्छ ।
५. सकारात्मक अभ्यासको प्रोत्साहन :
समाजले बोल्नेभन्दा बढी गर्नेहरूलाई सम्मान गर्न सुरु गर्नुपर्छ । ॅछोरा विदेश गयो’ भन्दा ॅछोराले गाउ“मै कृषि उद्यम गर्यो’ भन्ने कुरा गर्वको विषय बनाईनु पर्दछ । सिद्धान्त, सेवा र समर्पणको मूल्य झर्ने क्रममा हामीले प्रगति होइन–भ्रम उत्पादन गरि–रहेका छौं । बुद्धत्वभन्दा ब्राण्ड, प्रतिभाभन्दा पैसा र सत्यभन्दा स्टाटसले ठाउ“ पाएको समाज– दीर्घकालीनरुपमा रूपान्तरणको बाटोमा होइन, आत्मविनाशको दिशामा अघि बढिरहेको छ । यदि हामी सा“च्चै परिवर्तन चाहन्छौं भने, ॅकति कमायौं तिमीले ?’ भन्दा पहिले ॅतिमीले के नयां बनायौं थालनी गर्यौ ?’ भन्ने प्रश्नको संस्कृति विकास गर्न जरुरी भएको छं । अनि मात्र भोलिका भानुभक्त, देवकोटा, भृकुटी र बुद्धहरूले यो भूमि फेरि रोज्ने छन् र नेपाली जेनजि युवाहरुले पनि आफुलाई आदर्शबादी ब्यक्तित्व बन्न अघि बढ्नेछन्
समाप्त :









