हेटौंडा/अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटीले क्याम्पस प्रमुखलाई ८ ब“ुदे मागसहित ज्ञापनपत्र बुझाएको छ । बुधबार विहान अनेरास्ववियु हेटौंडा क्याम्पस कमिटी अध्यक्ष नितेश भण्डारीको नेतृत्वमा क्याम्पस प्रमुख बालकृष्ण शर्मालाई ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्रमा विषयगत् विषयमा देखिएका समस्यालाई तत्काल हल गरी विषयस“ग सम्बन्धित सक्षम शिक्षक नियुक्ति गर्नुपर्ने, प्रत्येक कक्षाकोठालाई प्रविधिमैत्री बनाउनका लागि डिजिटल (स्मार्ट) बोर्डको व्यवस्था गर्नुपर्ने, ईलाइब्रेरीलाई व्यवस्थितरुपले सञ्चालन गर्नुपर्ने र भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा क्याम्पसमा अराजक गतिविधि गरी स्ववियु कार्यालय तोडफोडमा संलग्न व्यक्तिलाइ छानबिन गरी यथाशीघ्र कारबाही गर्नुपर्ने माग रहेको क्याम्पस कमिटी अध्यक्ष भण्डारीले बताए ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा अनेरास्ववियु जिल्ला कमिटी संयोजक नवराज पौडेल, जिल्ला सचिवालय सदस्य एवम् हेटौंडा क्याम्पस स्ववियु उपाध्यक्ष भरतमोहन देबकोटा, जिल्ला सचिवालय सदस्य विधान आचार्य, नगर सहसंयोजक रिजन जीसी, हेटौंडा क्याम्पस कमिटी सचिव निकेश सापकोटा, कमिटी सहसचिव सन्दीप घिमिरेलगायतको उपस्थिति थियो ।









