10.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाहेटौंडामा एन्फा प्रेसिडेन्ट लिग
spot_img

हेटौंडामा एन्फा प्रेसिडेन्ट लिग

spot_img

हेटौंडा/अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा एन्फा प्रेसिडेन्ट लिग २०२५ हेटौंडा–६ स्थित गौरीटार रंगशाला र हेटौंडा–११ स्थित सिमलटार खेलमैदानमा कार्तिक १९ गतेदेखि मंसिर २ गतेसम्म आयोजना हुने भएको छ ।

प्रतियोगितामा देशभरका जिल्ला लिग च्याम्पियन र प्रदेश लिगबाट छनौट भएका १० टिम सहभागी हुनेछन् । लिगकम नकआउट ढा“चामा खेलाइने प्रतियोगिता विजेता टोलीले १० लाख र ट्रफी प्राप्त गर्नेछ । मकवानपुर जिल्ला फुटबल संघ स्थानीय आयोजक रहने प्रतियोगिताका सम्पूर्ण खेल एन्फाको आधिकारिक सोसल मिडियाबाट प्रत्यक्ष प्रसारण गरिने एन्फाले जनाएको छ ।

- Advertisement - Ad Banner

एन्फाका प्रवक्ता सुरेश शाहले प्रेसिडेन्ट लिगमा दश टोलीले प्रतिस्पर्धा गर्ने जानकारी दिए । जसमा गाईघाट फुटबल क्लब (उदयपुर), जनजागृति युवा क्लब (बर्दिया), देउराली युथ क्लब (धनकुटा), का“क्रेविहार युथ क्लब (सुर्खेत), नवजनजागृति (बारा), विजय स्पोट्र्स क्लब (कैलाली), चित्लाङ फुटबल क्लब (काठमाडौं), हैरान्स क्लब (तनहु“), टाइगर्स टिम टीकाताथल (दोलखा) र लालीगुरा“स एसोसिएसन क्लब कास्की छन् । सेमिफाइनलका चार टोली राष्ट्रिय लिगका लागि छनौट हुनेछन् ।

प्रतियोगिताको फेयर प्ले टिम र मोष्ट भ्यालुएबल प्लेयरलाई जनही ५० हजार र ट्रफी, हाइस्कोरर र उत्कृष्ट रक्षकलाई जनही २५ हजार र ट्रफी तथा प्लेयर अफ दी म्याचलाई ५ हजार र ट्रफी प्रदान गरिनेछ । सहभागी टिमलाई तयारी खर्चस्वरुप ७ लाख प्रदान गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि १ करोड ५४ लाख ५४ हजार बजेट रहेको प्रवक्ता शाहले बताए । हेटौंडामा ६ वर्षपछि प्रतियोगिता सञ्चालन हुन लागेको जानकारी दिइएको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि