12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाबिभिन्न घटनामा ९ जनाको मृत्यु
spot_img

बिभिन्न घटनामा ९ जनाको मृत्यु

spot_img

हेटौंडा/मकवानपुरको बकैया–७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा भेटिएको छ । उक्त शव दोलखा घर भइ मकवानपुरको बकैया–७, हात्तीखोलामा कुखुरा पाल्दै आएका पूर्णबहादुर थापाको रहेको जनाइएको छ ।

लामो समयदेखि हात्तीखोलामा कुखुरापालन गर्दै आएका थापा कार्तिक १२ गतेदेखि परिवारको सम्पर्कबाहिर रहेका थिए । बेपत्ता भएको करिब ४ दिनपछि आइतबार विहान उनले सञ्चालन गरेको कुखुरा फार्म भन्दा करिब १ किलोमिटर टाढा हात्तीचरण सामुदायिक वनभित्र मृत अवस्थामा फेला परेको मकवानपुर प्रहरीले जनाएको छ । स्थानीयले वनमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

- Advertisement - Ad Banner

घटनास्थलमा इलाका प्रहरी कार्यालय फापरबारीबाट प्रहरी निरीक्षकको टोली पुगेर मुचुल्का गरेर शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको जनाइएको छ । अन्य शंकास्पद् केही हो वा आत्महत्या हो भन्नेबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिका–४, वीरेन्द्रबजारस्थित सडकमा सु.प्र.०१–००१ ख ३२८८ नम्बर बसले प्र.२–०१–००१ ह १२३० नम्बर अटोलाई शनिबार सा“झ ठक्कर दिइ दुर्घटना हु“दा अटोमा सवार गणेशमान चारनाथ नगरपालिका–१ बस्ने ४० वर्षीय धनबहादुर पूर्वछानेमगर, ३५ वर्षीया निशा मगर, ३५ वर्षीय शम्भु पूर्वछानेमगर र अटोचालक सोही ठाउ“ बस्ने ४० वर्षीय डमर राईको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका धनबहादुर र डमरको न्युरो अस्पताल जनकपुर तथा निशा र शम्भुको प्रादेशिक अस्पताल जनकपुरमा उपचार क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य २ जनाको न्युरो अस्पताल जनकपुरमा उपचार भइरहेको छ । बसचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुलीको सुनकोशी गाउ“पालिका–६, पुछीघाट पुलस्थित सडकमा ना. ६ त ६५४४ नम्बर ट्याक्टर अनियन्त्रित भइ शनिबार राति दुर्घटना हु“दा चालक रामेछाप खा“डादेवी गाउ“पालिका–४ बस्ने २२ वर्षीय डिलबहादुर माझीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शुभजीवन अस्पताल खुर्कोटमा उपचार क्रममा मृत्यु भएको हो ।

रुकुमपूर्वको भुमे गाउ“पालिका–१, स्याबालस्थित सडकमा रा.१ ह ६७९७ नम्बर अटो अनियन्त्रित भइ शनिबार सा“झ दुर्घटना हु“दा अटोमा सवार भुमे गाउ“पालिका–१, लुकुम बस्ने ३० वर्षीया रेजिना घर्ती र २५ वर्षीया सबिता घर्तीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पताल रुकुमकोटमा उपचार क्रममा मृत्यु भएको हो । प्रहरीले अटोचालकलाई नियन्त्रणमा लिएको छ ।

बाजुराको बुढीनन्दा नगरपालिका–७, स“स्थास्थित सडकमा सु.प.प्र.०१–००१ ख ३१८१ नम्बर बस शनिबार दिउ“सो अनियन्त्रित भइ दुर्घटना हु“दा बसका सहचालक बैतडी दशरथचन्द नगरपालिका–१ बस्ने २४ वर्षीय गणेश जोशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मार्तडीमा उपचार क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका बसमा सवार अन्य ८ जनाको नवजीवन अस्पताल धनगढी, ५ जनाको जिल्ला अस्पताल मार्तडी र १ जनाको कोल्टी अस्पताल बाजुरामा उपचार भइरहेको छ । हाल फरार बसचालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि