12.1 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाचार तस्कर पक्राउ गरी मुद्धा
spot_img

चार तस्कर पक्राउ गरी मुद्धा

spot_img

हेटौंडा/पशुसेवा कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा कार्यालय प्रमुख डा. व्रजकिशोर ठाकुरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

पत्रकार सम्मेलनमा डा. ठाकुरले विगत एक आर्थिक वर्षमा कार्यालयले गरेका काम, उपलब्धि तथा आर्थिक अवस्थाबारे जानकारी गराउ“दै कुल ३ लाख ३ हजार २ सय ४५ रुपिया“ राजस्व संकलन भएको जानकारी दिए । उक्त राजस्वमध्ये प्रशासनिक सेवा शुल्कबाट १ लाख ८४ हजार ६ सय ८५ रुपिया“, प्रशासनिक दण्ड–जरिवाना तथा जफतबाट १ लाख ८ सय रुपिया“ र बेरुजु असुलीबाट १७ हजार ७ सय ६० रुपिया“ संकलन भएको कार्यालयले जनाएको छ ।

- Advertisement - Ad Banner

डा. ठाकुरले गाईगोरु तस्करी नियन्त्रणका लागि कार्यालयले सशक्तरुपमा काम गरिरहेको बताए । उनका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा ४ जना तस्करलाई पक्राउ गरी मुद्धा दायर गरिएको छ । उच्च ओहोदाका व्यक्तिहरुसमेत तस्करी र भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेको बताउ“दै उनले भ्रष्टाचार नियन्त्रणका लागि ठूला राजनीतिक दल र समाजका अग्रज व्यक्तित्वबीच हातेमालो गरेर अघि बढ्नु आवश्यक रहेको उल्लेख गरे । उनले भने–गाईगोरु तस्करीमा संलग्न उच्चपदस्थ व्यक्तिहरुको पहिचान र नियन्त्रण आवश्यक छ । आफ्‌नालाई काखी च्याप्ने र अरुलाई पाखा फाल्ने प्रवृत्ति अन्त्य हुनुपर्छ ।

कार्यालय २०३७ सालमा बाख्रा विकास कार्यालय हेटौंडाका रुपमा स्थापना भएको हो । २०५२ देखि २०७२ सम्म यसले जिल्ला पशुसेवा कार्यालय मकवानपुरका रुपमा सेवा दिएको थियो । २०७५ असोज १४ गतेदेखि यसले भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका रुपमा कार्य गरेको र २०८० माघ २७ गतेदेखि हालसम्म पशुसेवा कार्यालय मकवानपुर नामले सेवा दिइरहेको छ । कार्यक्रममा कार्यालयका अधिकारी तथा सरोकारवालाको सहभागिता थियो ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि