प्रथम बकैया धनेश्वर कप विहीबारबाट सुरु
हेटौंडा/ पूर्बि मकवानपुर बकैया गाउँपालिका वडा नम्बर ७ हात्तीखाेला मिनि रंगशालामा भाेलि श्रावण ३० बाट कात्तिक ३ गतेसम्म पालिका स्तरीय प्रथम धनेश्वर गाेलकप सुरु हुने भएको छ ।
धनेश्वर युवा क्लब द्वारा आयाेजित खेलमा २१ टिमकाे सहभागीता रहेकाे छ । खेलमा प्रथम पुरस्कार नगद ३० हजार, द्वितीय पुरस्कार नगद १५ हजार ट्रफी,मेडेल र प्रमाणत्र साथै विधागत पुरस्कारहरु पनि रहेकाे छ ।