27.9 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाक्षतिको पुनर्निर्माण गरी सेवाप्रवाहलाई यथाशीघ्र
spot_img

क्षतिको पुनर्निर्माण गरी सेवाप्रवाहलाई यथाशीघ्र

spot_img
हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले केही दिनअघिको आन्दोलनमा भएको क्षतिको पुनर्निर्माण गरी दैनिक सेवाप्रवाहलाई यथाशीघ्र नियमित गर्ने बताएका छन् । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा मुख्यमन्त्री बानिया“ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । घाइतेहरुको उपचारको व्यवस्था प्रदेश सरकारले गर्ने मुख्यमन्त्री बानिया“ले जानकारी दिएका छन् ।
मुख्यमन्त्री बानिया“ले आन्दोलनका क्रममा सार्वजनिक र व्यक्तिको सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दैै नेपालको संविधान नेपाली जनताको लामो संघर्ष र आन्दोलनबाट प्राप्त भएको स्मरण गराएका छन् । संविधानबाट आर्जित महत्वपूर्ण उपलब्धि रक्षाका निम्ति संविधानको सफल कार्यान्वयन आवश्यक रहेको बानिया“ले बताए ।
प्रदेश सरकारलाई मितव्ययी बनाइ नागरिकलाई अधिकतम् सेवासुबिधा प्रदान गर्न प्रदेश सरकारअन्तर्गत् सबै निकायका फजुल खर्च कटौती गर्ने प्रक्रिया सुरु भइसकेको जानकारी दि“दै मुख्यमन्त्री बानिया“ले डिजिटल युग र नया“पुस्ताको सोचबमोजिम सेवाप्रवाह र निर्णय प्रक्रियालाई छिटोछरितो र परिणाममुखी बनाउने तयारी आफूले गरेको बताए ।
आगामी फागुनमा निर्वाचन घोषणा भइसकेकाले निर्वाचनलाई शान्तिपूर्णरुपमा सम्पन्न गर्न सबैले सहयोग गर्नुपर्ने मुख्यमन्त्रीको भनाइ थियो । संविधान दिवसको अवसरमा नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिको आयोजनामा कांग्रेस बागमती प्रदेश सभापति तथा मुख्यमन्त्री बानिया“को प्रमुख आतिथ्यतामा हेटौंडा अस्पतालमा रहेका बिरामीहरुलाई फलफूल वितरण गरिएको थियो ।
उता, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देबकोटाले संविधान दिवसको अवसरमा शुभकामना सन्देश दि“दै संविधानको रक्षा र कार्यान्वयनको लागि सबै एक भएर अघि बढ्नुपर्ने बताएका छन् । उनले देशको वर्तमान परिस्थिति उल्लासपूर्ण नरहेको शुभकामना सन्देशमा उल्लेख गरेका छन् । उनले केही दिनअघिको आन्दोलनबाट भएका सबै प्रकारका क्षतिलाई परिपूर्ति गर्ने गरी आगामी कदम चाल्न पनि आग्रह गरेका छन् ।
नेपालको संविधानले सबै प्रकारको विभेद अन्त्य गरेको स्पष्ट पार्दै प्रदेश प्रमुख देबकोटाले नेपाली समाजलाई बृहत् राष्ट्रिय एकतामा आवद्ध गर्ने काम संविधानले गरेको पनि उल्लेख गरेका छन् । संविधानमा लिपिवद्ध हकअधिकार कार्यान्वयनका लागि उनले आह्‌वान गरेका छन् ।
संविधान कार्यान्वयनमार्फत् राष्ट्रिय समृद्धि हासिल गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रका आधारभुत मूल्यमान्यता र प्रणालीलाई राष्ट्रिय जीवनपद्धति बनाउन संविधान दिवसले सबैमा उत्साह प्रदान गरोस् भन्ने चाहना प्रदेश प्रमुखले व्यक्त गरेका छन् ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि