16.6 C
Makwānpur
Homeबिचारतुलसी र नीमको उच्चतम उपयोग    
spot_img

तुलसी र नीमको उच्चतम उपयोग    

spot_img
मानवको लागि तुलसी एक महत्वपर्ण वनस्पति हो । हिन्दुहरूमा तुलसीको महत्व ज्यादै छ । प्रायः हिन्दुहरूले आफ्‌नो घरको अँ“गनमा तुलसी रोप्ने गर्दछन् । नेपाल भारत मात्र होइन, कि विश्वको प्रायः हरेक राष्ट्रमा तुलसीलाई महत्व दिएको
छ । सबैले तुलसीको पुजाआजा गर्दछन् । ग्रीसको इष्टर्न नामक चर्चमा तुलसीको पुजा हुन्छ । सम्पूर्ण बृक्षमा तुलसीको सर्वाधिक धार्मिक, आध्यात्मिक, आरोग्य लक्ष्मी एवम् शोभाको दृष्टिकोणबाट तुलसीको मानव जीवनमा महत्वपूर्ण स्थान रहेको छ । तुलसी भगवान नारायणको अति महत्वपूर्ण बिरूवा हो । बृन्दा, विष्णुप्रिया, माधवी पनि तुलसीकै नाम हुन् । धार्मिक तथा आध्यात्मिक महत्व त यसको छंदैछ, आरोग्य हुनका लागि पनि यसको ठूलो महत्व छ । त्यसकारण यसलाई आरोग्यलक्ष्मी पनि भन्ने गरिन्छ । वायु शुद्व बनाउन पनि तुलसीले सहयोग पुर्‍याएको हुन्छ । प्राणघातक रोग निको पार्न पनि तुलसीको प्रयोग गरिन्छ । तुलसीको जरामा मच्छड भगाउने गुण पनि रहेको हुन्छ भने मलेरिया रोगलाई पनि नियन्त्रण गर्दछ । तुलसीको पात र कालो मरिच पिधेर खानाले ज्वरो पनि निको हुन्छ । तुलसीको पत्ता दहीमा मिलाएर खानाले तौल कम हुन्छ । शरीर चिलाउन कम हुन्छ र शरीर
राम्रो बन्छ भने थकाई मेटिन्छ । दिनभर शरीर फूर्तिलो रहन्छ, रगतको बृद्वि गर्न सहयोग दिन्छ । ब्लडप्रेसर कम गर्न, पाचनशतिm बलियो बनाउन, मानशिक रोगी लाई असाधारण सफलता मिल्दछ । मासुमा महा–रोग लाग्यो भने तुलसीले राम्रो गर्दछ । कालो तुलसी सौन्दर्यबर्धक हुन्छ । यसको सेवनबाट त्वचाका सबै रोगहरु नष्ट हुनेछ । तुलसीले खा“सी, विषदोष, श्वास, पाखुराको सूल, वात, कफ, शरीरको दुर्गन्ध हटाउन बढी उपयोगि हुन्छ ।
स्कन्धपुराण, पद्य्‌मपुराणको उत्ताखण्ड अनुसार जसको घरमा तुलसीको बिरूवा हुन्छ । उतm घर तीर्थसरह नै हुन्छ । व्याधारूपि यमदूत पनि घरमा आउन सक्दैनन् । तुलसीले किड्नीलाई पनि मजबुत पार्दछ । किड्नीमा भएको पत्थरीलाई पनि बलियो बनाउछ । प्रायः हरेक रोगलाई तुलसीले निको पार्ने क्षमता राख्दछ । ब्लडप्रेसरलाई तुलसीले कम पार्दछ । उकालो हिड्न नहुने मानिसलाई पनि नियमितरूपमा तुलसी सेवन गर्नाले सजिलैसंग हिड्न सहयोग पुग्न जान्छ ।
तुलसी पत्रको सेवनका साथै सूर्यको पनि नमस्कार गराएपछि स्वभावमा सुधार हुन सक्दछ । विभिन्न दाग, कुष्ठरोग तुलसीको प्रयोगबाट अद्भूत लाभ भएका प्रमाणहरू प्रशस्तै छन् । तुलसीको डँ“ठ कम्मरमा बाध्नाले गर्भवती स्त्रीलाई लाभ हुन जान्छ भने प्रसव वेदना पनि कम हुन्छ । तुलसीको पत्ता पिंधेर भातको माडसंग खाएमा प्रदररोग (एक किसिमको रोग) हराएर जान्छ । तुलसीको पत्तालाई पिसेर नीवको रसमा लगाउनाले दाद निको भएर जान्छ । तुलसीको पाउडर तथा सुकेको अमलाको पाउडर पानीमा मिलाएर बिहानी पख छानेर उतm पानीले टाउको धुनाले सेतो कपाल कालो भएर जानेछ भने कपाल पनि झर्नबाट पनि बच्छ । आरोग्य दान गर्नमा तुलसीको महत्व ठूलो छ । ठाउ“ ठाउ“मा तुलसीको खेति गरी वृन्दावनकोरूपमा विकास गर्दै जानु पर्दछ । जस्ले गर्दा वातावरणको शुद्वता र पवित्र बनाएर स्वस्थ्य बनाउन सहयोग
गर्दछ ।
नीम :
नीम एक उपयोगी बृक्ष हो । नीमको जरा, फलपत्ता, फल आदि सबै वस्तु औषधि बनाउन अति उपयोगि वस्तु हो । गरिव व्यतिmका लागि एकदम कल्पबृक्षको रूपमा प्रयोग गरिन्छ ।
नीमको महिमा : जरा :
–नीमको जरालाई पानीमा उमालेर पिउनाले ज्वरो निको भएर जान्छ ।
–नीमको बोक्रा :
नीमको बोक्रालाई पानीमा पिसेर लगाउनाले छालाको रोग निको हुन्छ । दाद तथा चर्मरोग ठीक पार्नका लागि नीमको प्रयोग गर्न सकिन्छ । सुख्खा लुतो निको पार्न पनि यसले सहयोग पुर्‍याउ“दछ । सुकेको बोक्रालाई सुकाएर सिधे नुनमा पिसेर प्रत्येक दिन बिहान दँ“त सफा गर्ने हो भने राम्रो हुन्छ । दँ“तसम्बन्धि सबै काम राम्रो हुन्छ । नीमको डँ“ठवाट दँ“त सफा गर्नाले गन्हाउने काम समाप्त हुन्छ । दँ“त बलियो हुन्छ । पाइरिया, मुख गन्हाउने, रगत आउने काम नीमको दतिवनबाट राम्रो हुन्छ ।
पात :
चैत महिनामा नीमको जुन कलिला पातहरू चपाएर खानाले रगत शुद्व पार्नमा सहयोग गर्दछ । मलेरिया ज्वरो पनि आउ“दैन । दिनमा सूर्यको किरणको उपस्थितिमा नीमको पातले अक्सिजन छोडेर हावालाई शुद्व पार्दछ । नीमको बोट मुनि सुत्नाले शीतलताको अनुभव हुन जान्छ । शरीर निरोगी रहन्छ । नीमको सुकेको धुलोमा एक ग्राम ज्वानु मिलाएर खानाले पेटको समस्याहरू हल भएर जानेछ । गाइ, भैसीको किरा परेमा नीमको पातलाई पिनेर नुनमा मिलाएर ४/५ दिन दिनाले किरा मरेर बाहिर आउ“दछ । नीमको पातलाई पानीमा उमालेर घाउ सफा गर्नाले घाउ निको हुुन्छ । किटाणुहरू मरेर जान्छ । दुर्गन्ध हटेर जान्छ भने पातलाई पानीमा उमालेर नुहाउनाले शरीरमा भएका सवै घाऊखटिराहरू नष्ट भएर जान्छ । नीमको पातलाई उमालेर २ चम्चा सक्खरमा मिसाएर एकाबिहानै खानाले पिलिया रोगवाट बचाउन सकिन्छ । रसमा अलिकति मिश्रि मिसाएर खानाले लाभ पुग्न जान्छ ।
पत्तिको उपयोग :
नीमको पत्तालाई मकै, गहु“ चामलमा घुन, ईली, खपरा केहि लाग्दैन । कम्बल बचाउन पनि नीमको प्रयोग गर्न सकिन्छ ।
फल :
नीमको फल खानाले पेटसम्वन्धि कुनै पनि रोग लाग्दैन । फललाई डढाएर गाजलको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।
निवोरिया :
निवोरिया निमको एक किसिमको फल हो । निवोरियाबाट तेल पनि निस्कन्छ । धेरै किसिमका रोगहरूलाई निको पार्न यसले सहयोग पुर्‍याउंछ । आगोले पोलेको ठाउ“मा नीमको तेल लगाउनाले घाऊ चाडै निको हुन्छ । नीमको पातवाट नीमको सावुन पनि बनाइन्छ । यो सावुनले छाला रोग, घाऊको लागि राम्रो गर्दछ । पिसाएर बांकी रहेको छोक्रा रूखको फेदमा हाल्नाले डिएपीको काम गर्दछ । जुन विरूवामा हालियो त्यो विरूवाले प्रशस्त मात्रामा खुराक पाउंछ या भनौ सम्पूर्ण किराहरू नष्ट पारीदिन्छ ।
नीमको रस :
निमको वोटबाट एककिसिमको रस निस्कन्छ । जसलाई मद भनिन्छ । रूवाको बत्ति बनाएर घाममा सुकाउनु पर्दछ । सुकेको बत्तिलाई सरसंयौको तेलमा राखेर वत्ति बाल्न सकिन्छ । नीमको गँ“जल बनाएर आ“खामा लगाउनाले आ“खाको ज्योति बढेर जानेछ ।
तना :
नीमको बोटमा घुन लाग्दैन । सींकः नाक, कान, प्वाल पारी सकेपछि तीन चार हप्ता, गरगहना लगाउनुभन्दा पहिले नीमको सींक लगाएपछि घाउ चाडै निको हुन्छ भने घाउमा किरा पर्दैन ।  छिमेकी राष्ट्र भारतमा घुम्न जा“दा सडकको दाया“ बाया“ ठूला ठूला नीमको बोट लगाइएको पाइएको छ । भारतीयहरू विशेषगरी नीमको डा“ठबाट दा“त सफा पार्न चाहन्छन् । नियमितरूपमा जस्ले नीमको डा“ठ प्रयोग गरि दा“त सफा पार्दछन् । उनीहरूमा दा“तको समस्या देखा पर्दैन । नियमित रूपमा ४ पत्ता नीमको पात सेवन गर्ने हो भने सुगर प्रेसर देखा पर्र्दैन ।
हामीले नबुझेर मात्र दुःख पाइरहेका छौ । नीमको बोटबाट राम्रो हावा पाउन सकिन्छ । नीमको महत्व छ, त्यस्तैगरी तुलसीको पनि महत्व छ । तुलसीको पात नियमितरूपमा सेवन गर्ने हो भने ज्वरो पनि आउदैन । नियमितरूपमा तुलसीको चिया पिउनाले पनि शरीरमा फाइदा पुग्न जान्छ । नगरपालिकाले गत वर्ष आफ्‌नो वडाभित्र बिभिन्न फलफुलका बिरुवा लगायो । पछिसम्म फाइदा– जनक हुने खालका बिरुवा तथा फूलहरु लगाएको भए राम्रो हुने थियो । नेपालमा राष्ट्रप्रेमी भावना भएका ब्यक्तिहरूको नेतृत्व तहमा नपुग्दा यस्तो अवस्था आएकोले जसले गर्दा हामीहरूले दुःख पाइरहेका छौ ।
ः समाप्त :
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि