राजुराम राउत
विकासको क्रम सुक्ष्म अध्ययन गर्ने हो भने, मानव सभ्यता पुस्ताबाट पुस्तामा हस्तान्तरण हु“दै आएको छ । हरेक पुस्ताले आफ्ना खास विशेषता बोकेर समाजलाई नया“ मोड दिएको देखिन्छ । पश्चिमी समाजले यस किसिमका पुस्तालाई नामाकरण गरेर विश्लेषण गर्ने परम्परा बनाएको छ । हराएको पुस्ता, महान पुस्ता, मौन पुस्ता हु“दै आजको ईन्टरनेट पुस्ता । यो ईन्टरनेट पुस्ता नेपालमै पनि आफ्नै शैलीमा प्रतिविम्बित छ । यदि हामीले यी पुस्तालाई नेपाल र नेपालीको इतिहाससंग जोडेर हेर्ने हो भने एउटा फरक कथा पाउछौं ।
हराएका पुस्ता (सन १८८३–१९००)
यो पुस्ता नेपालमा राणा शासनको चरम समयमा हुर्केको पुस्ता देखिन्छ । जनतासंग शिक्षा, स्वास्थ्य, अधिकारदेखि जनमुखी बिकास निर्माणको अधिकार केही थिएन तर राज्यले बिभिन्न बहानामा कर असुली गरेको देखिन्छ ।
ॅहराएका’ भन्नु पश्चिमा सन्दर्भमा पहिलो विश्वयुद्धसंग सम्बन्धित भए पनि नेपालमा यो पुस्ता वास्तवमै आफ्नो अधिकार र अवसरबाट हराएको पुस्ता थियो । उदाहरणका लागि, तत्कालीन गाउ“मा जन्मिएका सामान्य जनताका छोराछोरी पढ्नै पाउ“दैनथे । क्रान्तिकारी विचार बोकेका युवाहरु भारततिर पलायन हुनुपर्थ्यो, नत्र कुन समयमा शरीर गिडिन्थ्यो पत्तो हुन्थेन ।
महान पुस्ता (सन १९०१–१९२७)
यस पुस्ता नेपालमा ॅमहान’ बन्ने अवसर त थिएन, तर काठमाडौंबाट टाढा जन्मिएका सयौं नेपाली युवा बिर्ता प्रणाली, राणा शासनको दमन र गरिबीका कारण बा“च्न संघर्षरत थिए । तर यही पुस्ताबाट गोर्खा सैनिक भएर विदेशी भूमिमा लड्ने नेपालीहरू निस्किए, जसले आफ्नो साहस र परिश्रमले नाम कमाए । उनीहरूले ल्याएको आम्दानी र अनुभवले धेरै गाउ“मा जीवनस्तर सुधार गर्न मद्दत गर्यो । त्यसैले यो पुस्तालाई नेपाली सन्दर्भमा ॅत्यागी पुस्ता’ भन्न सकिन्छ ।
मौन पुस्ता (सन १९२८–१९४५)
यो पुस्ता नेपालमा राणा शासनको अन्त्यपूर्वको मौन प्रतिरोधमा समर्पित रह्यो । बोल्ने अधिकार थिएन, लेख्ने स्वतन्त्रता थिएन । तर मौन प्रतिरोध चलिरह्यो । गुप्तरूपमा प्रजातान्त्रिक आन्दोलनका बीउ यसै पुस्ताले
रोपेका थिए । २००७ सालको क्रान्ति नजिकि“दै गर्दा मौन देखिएका नेपाली युवाहरू आन्दोलनमा सक्रिय भए ।
बूमर पुस्ता (सन १९४६–१९६४)
नेपालमा यो पुस्ता २००७ सालपछिको पुस्ता हो । प्रजातन्त्र आएको थियो । तर
राजनीतिक अस्थिरता र दरबार–पार्टी संघर्षले देशलाई घेरिरहेको थियो । पश्चिमी मुलुकमा यस पुस्ता समृद्धिको प्रतीक मानिन्छ, तर नेपालमा भने यस पुस्ताले लोकतन्त्र गुमाएको पीडा भोग्यो । बि.सं. २०१७ सालको महाअभियानपछि पञ्चायत आयो, विद्यालय र विश्वविद्यालय विस्तार भए । तर अभिव्यक्ति स्वतन्त्रता खोसियो । यस पुस्ताले राजनीतिक वादविवाद र निराशा दुवै अनुभव प्रत्यक्षरुपमा गर्यो ।
स्वतन्त्र खोजी गर्ने पुस्ता (सन १९६५–१९८०)
यो पुस्ता नेपालमा पञ्चायती व्यवस्थासंगै हुर्कियो । पश्चिमी समाजमा यो पुस्ता व्यवहा–रिक र स्वतन्त्र मानिन्छ भने नेपालमा पनि केही हदसम्म यही देखिन्छ । गाउ“बाट शहरतिर जनसंख्या पलायन बढ्यो । उच्च शिक्षा लिन भारत र विदेश जाने युवाहरू बढे । यस पुस्ताले रेडियो, टेलिभिजन, स्कुल–कलेज र बिद्यार्थी
राजनीति देख्यो । तर, बीचमा हराएको पुस्ता जस्तै यो पुस्ताले न लोकतान्त्रिक अधिकार पायो, न स्थिर रोजगारी ।
डिजिटल सुरुआतको पुस्ता (सन १९८१–१९९६)
नेपालमा यो पुस्ता ९० को दशकको पुस्ता हो । बहुदल आएको, नागरिक स्वतन्त्रता फिर्ता भएको तर युद्धले गा“जेको अवस्था । यस पुस्ता काठमाडौंमा इन्टरनेट प्रवेश गर्न पाउ“दा उत्साहित थियो भने गाउ“का युवाहरू खाडी मुलुक र मलेसिया धाउन बाध्य थिए । उनीहरूले मोबाइल र कम्प्युटरलाई आफ्नो जीवनमा भित्र्याए । अरू देशका मिलेनियल्सले सामाजिक सञ्जाल मार्फत् उद्यमसिलता सिके भने नेपाली मिलेनियल्सले प्रायः विदेशमा पसिना बेचेर
परिवार धाने ।
इन्टरनेट पुस्ता (सन १९९७–२०१२)
यो पुस्ता जन्म“दै गर्दा मोबाइल र इन्ट–रनेट नेपालभर फैलिन थालेको थियो । विद्यालयमा पढ्दा–पढ्दै फेसबुक, टिकटक, युट्युबमा रमाउन थाले । सामाजिक आन्दोलनमा समेत यो पुस्ता डिजिटल प्लेटफर्ममार्फत् जोडियो । २०७२ सालको भूकम्प र त्यसपछिका राजनीतिक आन्दोलनमा न्भल श् का युवाहरू सक्रिय रहे । तर, रोजगारी र भविष्यप्रतिको अनिश्चितताले उनीहरू निराश पनि देखिए ।
शुद्ध डिजिटल पुस्ता (सन २०१३–२०२४)
नेपालमा अहिले हुर्किरहेका बालबालिका नै यो पुस्ता हुन् । स्मार्टफोन, अनलाइन क्लास, एआइ, कार्टुन–गेमसहित उनीहरूको बाल्यकाल बितिरहेको छ । घरायसी जीवनदेखि
शिक्षा, स्वास्थ्यसम्म डिजिटल प्लेटफर्ममा भर परिरहेका छन् । उनीहरू नेपाली समाजको पहिलो पूर्ण डिजिटल पुस्ता हुन् । तर समस्यामा समेत छन्, फिजिकल खेलकुद घट्दैछ, सामाजिक मेलमिलाप सीमित हु“दैछ ।
भविष्यको प्राविधिक पुस्ता (सन् २०२५–२०३९)
अहिले जन्मिंदै गरेका बालबालिका भोलि न्भल द्यभतब हुनेछन् । नेपालले यो पुस्तालाई कस्तो समाज दिन्छ भन्ने अझै प्रश्न छ । यदि अहिलेको शिक्षा, रोजगारी, राजनीति सुधार भएन भने यो पुस्ता पनि विदेश पलायनमै केन्द्रित हुने जोखिम छ । तर प्रविधि र कृत्रिम बुद्धिमत्तासंगै हुर्किएका उनीहरूले नेपालको सम्भावना नया“ ढंगले उपयोग गर्न सक्ने आशा देखिन्छ ।
मानव–मेशिन सहजिवन र विश्व परिवर्तक पुस्ता (सन २०४०–२०५४) र (सन २०५५–२०६९)
यी पुस्ता अझै कल्पनामा मात्र छन् । तर अनुमान गर्न सकिन्छ । नेपालमा यस पुस्ताले जलवायु परिवर्तन, प्रविधि, अन्तरिक्ष विज्ञान र विश्व अर्थतन्त्रसंग ठक्कर खानेछन् । सम्भवतः उनीहरूले नेपालमै बसेर विश्वसंग प्रतिस्पर्धा गर्ने बाटो रोज्नेछन्, यदि अहिलेका पुस्ताले आधार तयार गर्न सके भने ।
नेपालको सामाजिक–सांस्कृतिक परिप्रेक्ष्य
पश्चिमी नामकरणसंगै नेपाली पुस्तालाई हेर्दा, फरक ऐतिहासिक मार्ग देखिन्छ । जहा“ पश्चिममा पुस्ता आर्थिक समृद्धि र प्रविधि–विकाससंग जोडिन्छ, नेपालमा पुस्ता राजनीतिक अस्थिरता, संघर्ष, गरिबी र पलायनसंग जोडिन्छ ।
८ ीयकत र क्ष्भिलत न्भलभचबतष्यल नेपालमा दमन र मौन प्रतिरोधको कथा हुन् ।
८ द्यययmभचक र न्भल ह् निराशा र खोजीमा
बिते ।
८ :ष्ििभललष्बकि र न्भल श् विदेश पलायन, डिजिटल प्रवेश र अवसर अभावको कथा ।
८ ब्उिजब र द्यभतब भविष्यको आशा र चुनौतीका प्रतीक हुन् ।
वास्वतमै नेपालका पुस्ताले पश्चिमी पुस्ता जस्तो आर्थिक समृद्धिको अनुभव गर्न पाएनन् । तर हरेक पुस्ताले संघर्ष गर्दै नया“ बाटो खोल्यो । कसैले स्वतन्त्रताको बीउ रोप्यो, कसैले शिक्षा फैलायो, कसैले विदेशमा पसिना बगाएर परिवार धाने । अबको प्रश्न भनेको, न्भल ब्उिजब र द्यभतब लाई हामीले के दिन सक्छौं ? उनीहरूलाई केवल प्रविधि होइन, अवसर, समावेशिता, रोजगारी र न्यायपूर्ण समाज पनि दिन सक्नुपर्छ । नत्र यो पुस्ता पनि ॅहराएको पुस्ता’ बन्नेछ ।









