17.8 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाधमाधम फर्काइ“दै मन्त्रालयका सामग्री
spot_img

धमाधम फर्काइ“दै मन्त्रालयका सामग्री

spot_img
हेटौंडा/जेनजी आन्दोलनका क्रममा बागमती प्रदेशका विभिन्न मन्त्रालय र कार्यालयबाट चोरी तथा लुटपाटमा परेका सामानहरु प्रहरीले नियन्त्रणमा लिएर प्रक्रिया पूरा गरी कार्यालयको जिम्मा लगाउन थालेको छ । सरकारी कार्यालयहरुबाट लगिएका सामग्री प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत एकाईंमार्फत् नियन्त्रणमा लिइ सम्बन्धित कार्यालयका कर्मचारीलाई बुझाउन थालेको हो ।
प्रहरीले फिर्ता गरेका सामानमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटांैडाका कम्प्युटर सेट ४ थान, दराज ३ थान, प्रिन्टर ३ थान, हार्डडिस्क १ थान, फोटोकपी मेसिन १ थान, इन्भर्टर १ थान, कुर्सी ६ थान, स्पिकर सेट २ थान, कचौरा र प्लेट सेट ३१ थान, पंखा १ थान, ब्याट्री ४ थान र फ्रिज १ थान छन् ।
सामाजिक विकास मन्त्रालयको कम्प्युटर सेट ३ थान, ल्यापटप १ थान, कुर्सी ९ थान र इन्डक्सन चुलो १ थान फिर्ता गरिएको छ । स्वास्थ्य मन्त्रालयको कम्प्युटर सेट ५ थान, प्रिन्टर १ थान, कुर्सी ३ थान, र्‍याक १ थान र इलेक्ट्रिक जग १ थान पनि सम्बन्धित निकायलाई बुझाइएको प्रहरीले जनाएको छ । प्रहरीले अन्य लुटिएका सामानको खोजी तथा नियन्त्रण लिने कार्य जारी रहेको र क्रमशः फिर्ता प्रक्रिया अघि बढाइने प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले स्थानीय तहलाई हस्तान्तरणका लागि ल्याएको प्रिन्टर जेनजी आन्दोलनका समयमा चोरी भएको छ । भदौ २४ गतेको आन्दोलनका क्रममा जेननी समूहले स्थानीय तहलाई प्रदान गर्नका लागि ल्याइएको १० थान प्रिन्टरलगायत अन्य सामग्री चोरेर लगेका हुन् । आन्दोलनका क्रममा आगजनी र तोडफोडसमेत भएको छ । मन्त्रालयका विभिन्न महाशाखा तथा शाखामा रहेका कम्प्युटर, ल्यापटपदेखि कार्यालय सामग्रीसम्म लुटिएको मन्त्रालयले जनाएको छ । नया“–पुराना गरी २० थान कम्प्युटर, ल्यापटप, प्रिन्टर लगायत सामग्री चोरी भएका छन् ।
विपद् व्यवस्थापन महाशाखा, बैठक कक्ष, दुई वटा जिन्सी समानको स्टोरलगायत तल्लो तलामा रहेका अधिकांश कोठा पूर्णरुपमा ध्वस्त भएको छ । आन्दोलनकारीले आन्तरिक मामिला तथा कानुन मन्त्रीको कार्यकक्षमा रहेको टेलिभिजन सेट चोरेका छन् । आगजनीका क्रममा मन्त्रालयमा पार्किङ गरिएका ५ वटा स्कुटर र २ वटा मोटरसाइकल जलेर नष्ट भएका छन् । सञ्चार उपकरणका रुपमा प्रयोग हु“दै आएको डीएसएल क्यामेरा चोरी भएको छ । प्रारम्भिक मूल्यांकनअनुसार मन्त्रालयको करिब ७० लाख बराबरका जिन्सी सामग्री चोरी तथा आगजनीबाट नष्ट भएको अनुमान गरिएको छ ।
मन्त्रालयले सूचना जारी गर्दै आन्दोलनका क्रममा चोरी, लुटपाट गरिएका सामग्रीहरु फिर्ता गर्न आग्रह गरेको छ । विज्ञप्तिमा मन्त्रालयका सामानहरु लिएको वा कुनै माध्यमबाट प्राप्त गरिएको भए नजिकको प्रहरी कार्यालय वा मन्त्रालयमा फिर्ता गरी सहयोग गर्न आग्रह गरिएको छ ।
कार्यदल गठन
जेनजी आन्दोलनबाट प्रदेशको भौतिक संरचनामा भएको क्षतिको प्रारम्भिक अध्ययनका लागि सचिवस्तरीय ४ सदस्यीय कार्यदल गठन गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रदेशका प्रमुख सचिव भुपाल बरालको अध्यक्षतामा बसेको बैठकले प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठा संयोजक रहने गरी कार्यदल गठन गरेको हो । कार्यदलमा खानेपानी, ऊर्जा तथा सिचाईं मन्त्रालयका सचिव इन्द्रदेव भट्ट, उद्योग, वाणिज्य भूमि तथा प्रशासन मन्त्रालयका सचिव हेमराज भुषाल र स“स्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुबेदी सदस्य छन् ।
प्रदेश सरकारअन्तर्गत् भवन तथा भौतिक संरचनामा भएको क्षतिको प्रारम्भिक अध्ययन/विश्लेषण गरी पुनर्निर्माणसाथ सञ्चालन गर्न सकिने वा नसकिने अवस्था, सम्भावना र सोका लागि लाग्ने अनुमानित लागतलगायत विषय समेटी अविलम्ब संक्षिप्त प्रतिवेदन पेश गर्ने जिम्मेवारी उक्त कार्यदललाई दिइएको छ । पूर्णरुपमा क्षति पुगेका मन्त्रालय र कार्यालयहरुको विवरण संकलन गरेर ती क्षतिग्रस्त मन्त्रालय अन्यन्त्रबाट सञ्चालनका लागि प्रबन्ध मिलाउने निर्णय भएको छ । क्षतिग्रस्त मन्त्रालय, निकाय, कार्यालयबाट प्रवाह गरिने सेवा सुचारु गर्न सम्भाव्य स्थान पहिचान गरी मन्त्रालय, कार्यालय सञ्चालन गर्न तत्काल प्रबन्ध मिलाउने निर्णय गरिएको छ ।
आन्दोलनबाट मन्त्रालय/निकाय र मातहत कार्यालयहरुमा भएको क्षतिको मौद्रिक मूल्यसहित विवरण विषयगत् मन्त्रालयगत्‌रुपमा असोज ५ गतेभित्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अनिवार्यरुपमा पेश गर्ने निर्णय गरिएको छ । क्षतिग्रस्त मन्त्रालय र कार्यालयका सेवाहरु अवरुद्ध नहुने गरी वैकल्पिक स्थान पहिचान गरी तत्काल सेवा निरन्तरता दिने निर्णय बैठकले गरेको छ ।
भवन तथा संरचनामा क्षति हु“दा न्यूनतम्‌रुपमा भए पनि कार्यालय सञ्चालन गर्नसक्ने अवस्था बनाउन मर्मत र पुनर्निर्माणका लागि आवश्यक स्रोत व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित मन्त्रालयलाई दिइएको छ । यसका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयस“ग समन्वय गरिने बताइएको छ ।
उपमहानगरद्वारा आंशिक सेवा
जेनजी युवाको प्रदर्शनका क्रममा क्षति पुगेको हेटौंडा उपमहानगरपालिकाले सेवाप्रवाह सुचारु गरेको छ । प्रदर्शनकारीले गरेको तोडफोड र आगजनीका कारण क्षति बेहोरेको उपमहानगरपालिका बिस्तारै लयमा फर्कन थालेको हो । उपमहानगरपालिकाले केही कक्षहरु सरसफाइ गरी आंशिक सेवा प्रदान गरिरहेको छ । फर्निचरलगायत आवश्यक मर्मत कार्य थालिएको छ ।
उपमहानगरपालिकाको राजस्व शाखा, जिन्सी शाखा, योजना शाखा, न्यायिक समितिको कार्यालय, स्वास्थ्य शाखा, सूचनाप्रविधि शाखा, नगर प्रमुख तथा उपप्रमुखको कार्यालय र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष पूर्णरुपमा क्षति भएको प्रवक्ता सबिन न्यौपानेले जानकारी दिए । प्रदर्शनकारीले हेटौंडा उपमहानगरपालिकापरिसरमा रहेका २४ वटा दुईपांग्रे सवारीसाधन, ११ वटा हलुका सवारीसाधन, जेसीबी, ट्रिपर र निजी अटोलगायतमा पूर्णरुपमा क्षति पुर्‍याएका छन् ।
जनताको दैनिक जीवनस“ग उपमहानगरपालिकाको कार्य जोडिने भएकाले पूर्णरुपमा सेवाप्रवाह कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताए । क्षतिग्रस्त वडा कार्यालयबाट अत्यावश्यक सेवाप्रवाहको सूची बनाएर कार्यसञ्चालनको तयारी छ । नजिकि“दै गरेका चाडपर्वको समयमा कर्मचारीहरुको तलब सुबिधा, भुक्तानी गर्नुपर्ने रकम र त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको प्रवक्ता न्यौपानेले बताए ।
spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि