राजुराम राउत
पञ्चायती निरंकुशताको कालो घेराभित्र देश झुम्मिएको बेलामा, हजारौं युवाहरूले आफूलाई, परिवारलाई र आफ्ना सपना–संघर्षलाई कुल्चेर आन्दोलनको हवनकुण्डमा होमिएका थिए । त्यो समयमा त्याग थियो, समर्पण थियो र स्पष्ट दिशाबोध पनि । दल निर्माण, संगठन विस्तार र लोकतन्त्र प्राप्तिको महान यात्रामा नेतादेखि साधारण कार्यकर्ता सबैको भूमिका पवित्र र प्रेरणा दायी थियो ।
तर, आज त्यो यात्राको गन्तव्य लोकतन्त्र स्थापनासंगै सकिएको हो कि ? किनभने अहिले
राजनीति साधन होइन, साध्य बनेको देखिन्छ । सेवा होइन, सुविधा खोज्ने प्रतिस्पर्धा चलेको छ । जनताका नारा लगाएर आफ्नै संसार सजाउने होड चलेको छ । हिजो संगठनको नाममा गरिने समर्पण आज पद र पहु“चको प्रतिस्पर्धामा हराउ“दैछ ।
पञ्चायती व्यवस्थाले थिचेको बेला राजनीति भनेको आत्मबलिदान थियो । कार्यकर्ताहरू गाउ“गाउ“मा पार्टीको पर्चा फैलाउने, प्रचारका लागि लखतरान हुने, जेलिने, यातना सहने गर्थे । जिल्ला, नगर, गाउ“ क्षेत्रबाट थुप्रै युवा विद्यार्थी राज्यको निरंकुश डण्डा छलेर, झुठा मुद्दा, राज्यद्रोहको कालो पञ्जा छल्न, आफुलाई गुमनाम अ“ध्यारोमा पार्दै, लुकीछिपी राजधानी पुग्थे । उनीहरूका बाबु आमा थुनामा पर्थे, परिवार बिचल्ली हुन्थे,
अझै पनि कतिपयको सपना त्यही“ ध्वस्त भएको छ । तर, उनीहरू हार मान्दैनथे । किनभने विश्वास थियो–देश बदलिन्छ र जनताको व्यवस्था फेरिन्छ र जनताको ब्यवस्था आउछ । पार्टी नै देश हो, नेता नै भगवान् हो भन्ने भावनाले उर्जा दिन्थ्यो । राजशाहीविरुद्धको आन्दोलनमा संगठनबद्ध भएर काम नगरेको भए न प्रजातन्त्र आउ“थ्यो, न बहुदलीय व्यवस्था नै स्थापित हुन्थ्यो ।
अहिलेको राजनीति हेर्दा लाग्छ–संगठन होइन, व्यक्तिवादी अवसरवाद हावी छ । पार्टीहरु अझै पनि कार्यकर्ता निर्माणको नारामा अल्झिएका छन्, तर, ती कार्यकर्ताको मूल्य न योजना बनाउ“दा गरिन्छ, न निर्णयमा । अहिले त हरेक जिल्ला सदरमुकाममै राजनैतिक दलभित्र एकै वडामा पा“च–पा“च गुट बनेको देखिन्छ । त्यो गुटको नाम सिफारिसको सूचीमा मात्र देखिन्छ, जनतास“ग उसको सम्बन्ध शून्य । यस्ता गुटियाहरूले सच्चा कार्यकर्तालाई पछाडि पारिरहेका छन् । हजारौं कार्यकर्ताको बलिदानीको सि“ढी टेक्दै केही
नेताहरू सुविधाको शिखर चढेपछि बा“की कार्यकर्तालाई भुले । न त तिनीहरूलाई स्याबासी छ, न सहानुभूति ।
८/१० जना कार्यकर्ताले सुविधा पाउ“छन्, बा“की हजारौं निर्वाचनमा झण्डा बोक्ने, खट्ने अनि पछि गुनासो गर्ने पात्र बन्छन् । त्यसैले अब कार्यकर्ताको धैर्य चर्किन थालेको छ, राजनीति भनेको हलि र बलि बन्ने पि“ढी हो र ? जुन पार्टी सत्ता नजिक हुन्छ, त्यही पार्टीमा गुटहरू धेरै देखिन्छन् । कार्यकर्ताभन्दा विश्वासपात्रको खोजी हुन्छ, समर्पणभन्दा चाप्लुसीको मोल बढी हुन्छ । हिजो शत्रु देखिने समूह भोलि भागीदार बन्छ, र कार्यकर्ता मौन अवलोकनकर्तामात्र रहन्छ । एक जुझारु कार्यकर्ता, जो २०४६ सालदेखि पार्टीका लागि समर्पित छन्, हाल आफ्नै टोलको योजनामा आफ्नो सिफारिस हुन नसक्दा निराश छन् । भन्छन्, हामीले त रगत बगायौ“, उ त चिन्ता लागेझै“ आएर योजना बोकेर जान्छ ।’ यस्ता पीडा केवल उनको होइन, हजारौ“ कार्यकर्ताको सामुहिक पीडा बन्न गएको छ ।
नेताहरू निर्वाचनताका वाचा गर्छन्– तपाईंहरू पार्टीका मेरुदण्ड, परिवर्तनका वाहक हुनुहुन्छ ।’ तर निर्वाचन जितेपछि उनीहरू मन्त्री, सल्लाहकार, बोर्ड सदस्य नियुक्तिमा आफ्ना नातेदार, आसे– पासेलाई प्राथमिकता दिन्छन् । कार्यकर्ताले भने गाउ“ फर्केर मुख फुटाउछन्, ॅकाम छैन रे’ योजनामा अवसर छैन, सिफारिसमा प्राथमिकता छैन, नेतृत्वमा सुन्ने कान छैन । यस्तो अपहेलना कार्यकर्तामा वितृष्णा जन्माइरहेको छ । त्यसैले अबको कोर्समा संगठन बलियो बनाउनेभन्दा पहिले नेतृत्वले ईमानदा–रीपूर्वक आफू सुध्रिनु पर्ने देखिन्छ ।
अब नेतृत्वले बाटो बदल्नुपर्छ । संगठन निर्माणको नाममा हजारौं कार्यकर्तालाई उपयोग गरेर ८/१० जनालाई मात्र अवसर दिने परिपाटीले राजनीति प्रतिगमनतर्फ जान्छ । अब कार्यकर्ता निर्माण मात्र होइन, जनताको मन जित्ने कोर्समा लाग्नुपर्छ ।कार्यकर्ताले आफूलाई जनता र देशको सेवामा समर्पण गर्न सक्ने स्थितिमा ल्याउने वाताव–रण तयार पार्नुपर्छ । जसका लागि पारदर्शी छनोट, क्षमताको मुल्यांकन, सार्वजनिक मापदण्ड र जवाफदेहिताको संस्कृति स्थापना अनिवार्य छ । पार्टीमा काम गर्नेको मात्र होइन, राम्रो बोलेरै चम्कनेको नियन्त्रण गर्न सक्ने संयन्त्र चाहिन्छ ।
अब पार्टीभित्र समर्पणशिलताको खोजी गर्नु जोखिमपूर्ण भएको छ । समर्पण कार्यकर्ताबाट होइन, जनताको मनबाट फिर्ता आयो भने संगठन सड्न थाल्छ । त्यसैले, गाउ“–घरको आममतदाताको मन जित्न सक्ने नीतिहरू बनाउनुपर्छ, पात्र छनौट हुनुपर्छ । हेटौंडामात्र होईन, थाहा, पालुङ, बागमती, बकैया वा भीमफेदी, ईन्द्रसरोबर जस्ता दुर दराजका जनतासंग संवाद बढाउनुहोस् । उनीहरूको आवाज सुन्ने, अपेक्षालाई प्राथमिकता दिने नीति ल्याउनुहोस् । केवल चुनावताका भोट माग्ने होइन, विकासको अवधारणासहित उपस्थित हुनुहोस् ।
रोजगारी, शिक्षा, स्वास्थ्य, न्याय र इमानदारी नीतिमा प्रतिबद्धता देखियो भने कार्यकर्ताले पनि आशा गर्न थाल्छन् । जनताको भरोसा भनेको नेता परिवर्तन हु“दा पनि अडिग रहने शक्ति हो, जुन समर्पण कार्यकर्ताको भन्दा दीर्घकालीन हुन्छ । समय परिबर्तनशिल छ । अबको राजनीति पुनः जनसेवामा फर्कनुपर्छ भन्नेमा सबै एकमत हु“दैछन् ।
राजनीति अब व्यवसाय जस्तो हुन थालेकोमा धेरैलाई चित्त दुःखेको छ । उमेर पुगेका पूराना कार्यकर्ता आज आफ्ना छोराछोरी राजनीतिमा ल्याउन चाह“दैनन् । किनभने तिनीहरूलाई थाहा छ– पार्टीमा हैसियत बिना मूल्य हु“दैन, समर्पण बिना अवसर पाइदैन । अब पार्टीहरूले राजनीतिलाई पुनः सेवाको कर्मभूमि बनाउने संकल्प लिनुपर्छ, नत्र लोकतन्त्र केवल निर्वाचन जित्ने तरिका र पद बा“डफा“डको साधन बनेर रहन्छ ।
पक्कै पनि संगठन निर्माण हिजोको आवश्यकता थियो, अब जनताको भरोसा निर्माण आजको आवश्यकता हो । समर्पणशील कार्यकर्ताले देशका लागि दिएको बलिदान अब बिर्सन मिल्दैन, तर त्यसलाई सम्झन मात्र होइन, अवलम्बन गर्न पनि नेतृत्वले सामर्थ्य देखाउनु पर्छ । हजारौं कार्यकर्ताको श्रममा आधारित पार्टीले अब उनीहरूलाई सुविधा दिन नसके पनि इज्जत र विश्वास त अवश्य दिनैपर्छ ।
अन्ततः पार्टी टिक्नुपर्ने भनेको न गुटले, न पदले, न पैसाले, त्यो टिक्छ जनताको मन र मतमा । अबको राजनीति गुटको घेराबाट बाहिर आएर आममतदाताको मन जित्ने बाटोमा लागोस् । ताकि राजनीति पुनः जनसेवामा फर्कियोस्, न कि व्यक्तिगत व्यवसायमा ।









