12.5 C
Makwānpur
Homeमकवानपुर विशेषहेटौँडाकांग्रेस कार्यकर्तालाई अनुशासनमा बस्न आग्रह
spot_img

कांग्रेस कार्यकर्तालाई अनुशासनमा बस्न आग्रह

spot_img

हेटौंडा/नेपाली कांग्रेस मकवानपुरले आफ्‌ना कार्यकर्ताहरुलाई अनुशासनमा बस्न आग्रह गरेको छ । हेटौंडामा आयोजित तहगत् सभापतिहरुको विशेष पुनर्ताजगी कार्यक्रममा नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् मुख्यमन्त्री इन्द्रबहादुर बानिया“ले पार्टीभित्रको आन्तरिक विषयमा कार्यकर्ताले सामाजिकसञ्जाल र सार्वजनिकस्थलमा अनावश्यक टीकाटिप्पणी गर्दा पार्टीप्रति आमनागरिकमा नकारात्मक धारणा विकास भइरहेको भन्दै कार्यकर्ताहरुलाई अनुशासनमा बस्न आग्रह गरे ।

ॅहाल कांग्रेस पार्टीभित्र र बाहिर विभिन्न विषयमा अनुशासनका प्रश्नहरु उठिरहेका छन् । हरेक पार्टीभित्र आन्तरिक चुनौतीहरु स्पष्टरुपमा देखिएका छन् । तर, हाम्रो पार्टीको नेतृत्व तहमा रहेकाबाटै गैरजिम्मेवार अझिव्यक्ति र अनुशासनहित क्रियाकलाप हु“दा समस्या भइरहेको छ,’ उनले कांग्रेसको गौरवमय इतिहास राणाशासन अन्त्यदेखि लोकतान्त्रिक गणतन्त्र स्थापनासम्मका आन्दोलनहरुस“ग जोडिएको बताए ।

- Advertisement - Ad Banner

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर अनुशासन विभाग संयोजक प्रभातकुमार दाहालले कांग्रेस लामो विरासत बोकेको सबभन्दा ठूलो प्रजातान्त्रिक पार्टी भएको बताए । ॅपार्टीभित्र स्वस्थ्य बहस गर्न पाइन्छ । तर, अराजक हुन पाइन्न,’ दाहालले पार्टीको मर्यादा र गरिमा कायम राख्न जोड दिए । उनले अनुशासनहीनताका साथै युवाहरुको घट्दो आकर्षण पनि कांग्रेसका लागि अर्को ठूलो चुनौती बनेको बताए । युवालाई पार्टीका काममा सक्रिय हुन नेता दाहालले आग्रह गर्दै कांग्रेसको नेतृत्वमा मात्र देशले आर्थिक र सामाजिकरुपमा समृद्धि हासिल गर्ने बताए ।

नेपाली कांग्रेस मकवानपुर सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस मकवानपुर उपाध्यक्ष धर्मराज लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कांग्रेस जिल्ला सचिव भीमसेन महतले क्रियाशील सदस्यताको वितरण, सचिव ईश्वर पाठकले तरुण दलको निर्वाचन, सहसचिव इन्दिरा न्यौपानेले महिला संघको निर्वाचनको विषयमा आफ्‌ना धारणा राखेका थिए ।

spot_img
Basanta Ad

प्रतिक्रिया दिनुहोस

spot_img
spot_img

ताजा सन्देश

spot_img
spot_img

यो पनि