हेटौंडा/बागमती प्रदेशमा बागमती प्रज्ञाप्रतिष्ठान र बागमती चलचित्र विकास बोर्ड गठनको माग गरिएको छ । स“स्कृतिकर्मी, स्रष्टा तथा प्राज्ञिक समुदायले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानिया“लाई यसबारे सोमबार औपचारिक मागपत्र बुझाएका हुन् । उनीहरुले स“स्कृति, भाषा, साहित्य, कला, संगीत, नाट्य र चलचित्र प्रवद्र्धन तथा संरक्षणका लागि भन्दै यस्तो माग गरेका छन् ।
समुदाय अध्यक्ष तीर्थबहादुर थापाको नेतृत्वमा बुझाइएको मागपत्रमा स“स्कृतिलाई समाजको आत्मा भनिएको छ । मागपत्रमा भनिएको छ— गीत, संगीत, नृत्य, नाटक, चलचित्रमात्र स“स्कृति होइनन् । स“स्कृति भनेको हाम्रो स“स्कार, परम्परा, भाषा, धर्म, कला, भेषभुषा, साहित्य, दर्शन र सामाजिक जीवनपद्धतिको समष्टीगत् स्वरुप हो । यसको प्रवद्र्धन र सम्मानबिना राष्ट्रको समृद्धि सम्भव छैन ।
सा“स्कृतिकर्मीहरुले राष्ट्रनिर्माणको आधारभुत खम्बा रहेको भन्दै स“स्कृति तथा यस क्षेत्रमा समर्पित व्यक्तित्वहरुको संरक्षण र सशक्तीकरणको आवश्यकतामा जोड दिएका छन् । अन्य प्रदेशमा स्थापना भइसकेको तर बागमतीमा प्रक्रिया नै सुरु नभएकोमा उनीहरुको गुनासो छ । मागपत्रमा गण्डकी, मधेश र सुदूरपश्चिम प्रदेशले गण्डकी प्रज्ञाप्रतिष्ठान, मधेश प्रज्ञाप्रतिष्ठान र सुदूरपश्चिम प्रज्ञाप्रतिष्ठान जस्ता संस्थाहरु गठन गरिसकेको सन्दर्भ दि“दै बागमती प्रदेश सरकारले पनि भाषा–साहित्य, ललितकला, संगीत तथा नाट्य विधा समेट्ने गरी बागमती प्रज्ञाप्रतिष्ठान यथाशीघ्र गठन गर्न माग गरिएको छ ।
नेपाल चलचित्र विकास बोर्डजस्तै बागमती प्रदेशमातहत बागमती चलचित्र विकास बोर्ड गठनको माग पनि गरिएको छ । मागपत्रमा चलचित्रलाई स“स्कृति, सम्पदा, पर्यटन र ऐतिहासिक पहिचान प्रवद्र्धन गर्ने सशक्त माध्यमका रुपमा चिनाउ“दै यस क्षेत्रका सिर्जनाकर्मीहरुको सम्मान र भविष्य सुरक्षाको आवश्यकता औंल्याइएको छ । मागपत्रमा भनिएको छ—२१ औं शताब्दीको गतिमा सुसज्जित प्रदेश निर्माणमा यस्ता संस्थागत् संरचना अपरिहार्य छन् । कर्मशील र दुरदर्शी नेतृत्वमा प्रदेशले सा“स्कृतिक पुनर्जागरणको नया“ अध्याय सुरु गर्नेमा विश्वास गरेका छौं । कार्यक्रमको समापनमा अध्यक्ष थापाले सा“स्कृतिक क्षेत्रमा कार्यरत् स्रष्टाहरुको योगदानप्रति प्रदेश सरकारले सम्मानजनक नीतिगत् पहल गर्नुपर्ने आवश्यकता रहेको बताए । मुख्यमन्त्री बानियाँले यस विषयमा सकारात्मक ध्यान दिने आश्वासन दिएका छन् ।









